NEWS: बिबिसी नेपाली सेवा ::

Inside

गिरिजा बाबुलाई नजिकबाट हेर्दा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Saturday, 20 March 2010 04:49

नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता
बिशेष रिपोर्ट: जीवनी:
काठमाडौं- जिबन पर्यन्त नेपाली काङ्ग्रेसका सभापति रहेका गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात विसं १९८१ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाको कान्छा छोराको रुपमा भएको हो ।

Girija Prasad Koirala. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

त्यतिबेला कोइराला परिवारले जहानियाँ राणा शासनको विरोध गरेवाफ्त भारतको बिहार राज्यको टेडी सहर्षामा निर्वासित जीवन बिताइरहेको थियो ।

गिरिजाप्रसाद कोइराला: शब्द चित्र
(20 February, 1925-20 March 2010)

नाम: गिरिजाप्रसाद कोइराला (कान्छा छोरा)
जन्म मिति: १९८१ साल असार १८ गते
मृत्‍यु: बिसं २०६६ साल
शिक्षा: आइए
जन्मस्थान: सहस्रा टेडी, बिहार, भारत
पिता: कृष्णप्रसाद कोइराला
माता: दिव्या कोइराला (कृष्णप्रसाद कोइरालाकि कान्छी श्रीमती)
धर्मपत्नी: सुस्मा कोइराला (सन् १९८६ मा मृत्‍यु)
छोरी: सुजता कोइराला (हाल: उपप्रधानमन्त्री तथा परराश्ट्र मन्त्री)
शुष्माको पूर्वपतिको तर्फबाट जन्मेका छोरा: सुरेश कोइराला

प्रधानमन्त्री कार्यकाल: ४ पटक
प्रथम पटक: २०४८ साल जेठ १२-०५१ मंसीर १३ सम्म
(26 May 1991-29 November 1994)
दोश्रो पटक: २०५४ साल चैत ३० गते-०५५ पौष १० सम्म
(12 April 1998-December 25 1998)
तेश्रो पटक: २०५६ साल चैत ७ गते-०५८ साल साउन ४ सम्म
(20 March 2000-19 July 2001)
चौथो पटक: २०६३ साल वैशाख १२-०६५ साउन ३१ सम्म
(25 April 2006-15 August 2008)
Acting Head of State: 15 January 2007 -23 July 2008

Nepali Congress Party responsibility:
-President, Nepali Congress Party: 1991-until his death on March 20, 2010
नेकाको नवौँ महाधिवेशन (२०५३ साल वैशाख २६-२८) बाट सभापतिमा निर्बाचित- मृत्‍युपर्यन्त सभापति
-General Secretary, Nepali Congress Party: 1975-1991


उहाँ गर्भमा रहेका बेला उहाँका माता पिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो र सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । उहाँले भारतबाट अङ्ग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाउनुभयो र अल्पायुमा नै राजनीतिमा लाग्नुभयो । सन् १९५०-५१ को नेपालमा प्रजातन्त्र पुनर्बहालीको राजनीतिमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरस्थित जुटमीलको मजदुर हडतालमा सकि्रय सहभागी हुनुभयो ।

राणा शासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापति हुनुभयो । उहाँ नेपाल ट्रेड युनियन काङ्ग्रेस नेकाको मजदुर एकताका लागि खोलिएको भातृ संगठन को संस्थापक सदस्य एवं स्थापनाकालको अध्यक्ष हुनुभयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उहाँले तर्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेता गणेशमान िसंह कृष्णप्रसाद भट्टराई र अरु सैयौं नेतासँग नजरबन्द र त्यसपछि ७ वर्ष लगातार जेल सजाय भोग्नुभयो । २१ दिन भोक हड्ताल गरी उहाँ सन् १९६७ मा जेलबाट छुट्नुभयो ।

सन् १९८६ मा उहाँकी धर्मपत्नी सुस्मा कोइरालाको निधन भयो । कोइरालाले सन् १९७१ देखि भारतमा निर्वासन बिताउनुभयो । सन् १९७६ मा भारतको पटनामा भएको नेकाको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि उहाँ डेढ दशकसम्म २०३३-४७ सो पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री २०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म रहनुभयो । प्रधानमन्त्री नियुक्त हुँदा कोइराला नेपाली काङ्ग्रेसका महामन्त्री हुनुहुन्थ्यो ।

Former Prime Minister Bishweshwar Prasad Koirala, Girija P. Koirala's mentor and elder brother. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

कोइराला २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नं. १ सुनसरी क्षेत्र नं. ३ का साथै २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नं. १ र सुनसरीको क्षेत्र नं. ५ बाट निर्वाचित हुनुभयो । २०५३ साल वैशाख २६-२८ मा काठमाडौंमा भएको नेकाको नवौँ महाधिवेशनमा उहाँ पार्टी सभापति हुनुभयो । सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि प्रतिनिधिसभामा सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । २०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली काङ्ग्रेस प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको रुपमा स्थापित भयो ।

कोइराला नेतृत्वको सरकारमा पछि नेकपा एमाले  विभाजन भएपछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी माले सम्मिलित भयो । कोइराला नेपाली काङ्ग्रेसका सभापति तथा संसदिय दलका नेता हुनुहुन्थ्यो । अल्पमत सरकारका प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेपाली काङ्ग्रेस नेकपा एमालेलगायतको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रोपटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । काङ्ग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा विजयी भएपछि २०५६ साल चैत ७ गते चौथोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । उहाले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिनुभयो ।

Prime Minister Girija Prasad Koirala with former then king Gyanendra Bir Bikram Shah. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

जनआन्दोलन २ पछि २०६३ वैशाखमा उहाँ फेरि पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । संविधान सभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन िसंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ ।

Girija Prasad Koirala. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रित हुनुभयो ।

राजा ज्ञानेन्द्रले संकटकाल लगाई उहाँ लगायत अन्य संसदवादी दलका नेताहरुलाई नजरबन्द र गरफ्तार गरेपछि उहाँले २०६२ सालमा जनयुद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसँग राजतन्त्रबिरुद्ध सहमति गरेपछि काङ्ग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो ।  पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै हुनुभयो ।

कोइरालाकी एकमात्र छोरी सुजाता हाल एमाले नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्छ । नेपाली काङ्ग्रेसमा कोइरालावाद हावी भएको भन्दै कोइरालाले आलोचना पनि खेप्नु परेको थियो ।

निधन भएको बेलामा कोइराला काँग्रेस सभापति तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुनुहुन्थ्यो ।

Source: Nepali Congress Bulletin & other sources

-Compiled by Santa Bagam in Kathmandu

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

avatar Save nepal
0
 
 
नेता मर्दा र जनता मर्दा कति धेरै फरक हुन्छ हगी. अस्ति कर्णालीमा बस खस्दा ३१ जना मर्दा कसैलाई श्रधान्जली दिने कोहि भएन तर आज देश माथि सम्झौता गर्ने नेता मर्दा हजारौको भिड | देश माथि सम्झौता गरेर राजनीति गर्ने कोहि पनि राजनेता हुन सक्दैन र मेरो मनले मान्दैन पनि. धिक्कार छ, धिक्कार छ, धिक्कार छ, धिक्कार, धिक्कार, धिक्कार, मेरो देश |

व्यक्तिको मृत्युले देशलाई त्यति ठुलो असर पार्दैन तर बचेका नेताहरु जो छन् उनीहरुले देश र जनताको काम गर्ने सिलसिलामा हामी पनि भोलि यसै गरि मृत्यु बरण गर्नु पर्छ भन्ने कुरालाई भुल्नु भएन/ हरेक दिन देश र जनताको लागि काम गर्ने बेलामा मृत्युलाई पनि जादैन/सम्झेर काम गरे राम्रो/मर्दा कसैले पनि साथमा केहि लिएर जादैन /

जति दु:ख लागे पनि, बुढा जाँदा आसुँ चै आएन ..किन हो कोनि.. कतै मनले मेरो देशमा लागेको एउटा कालो ग्रहण अब विलायो भन्ने पो सक्झेको छ की??

गिरिजाले जे गरे बाहुनलाई मात्रै गरे , ब्राहमंवाद को उत्कर्सा उनकै पालो मा भएको हो , अब बाहुनको नेता कमै हुनेछन , माओबादी को सरकार आए पछी , किरात प्रदेश ले बाहुन छेत्री लाई निकालेको जस्तै यिनी हरु लै हरेक छेत्र सुविधा बाट बन्चित गराउनु पर्छा साथी हो , तल्लो जाति , भोटे भनेर सदियोउ देखि दबायेर राखे, घुष खाएर छोरा छोरि विदेश मा पदाये , आज अमेरिका मा सबै बाहुन घुशियाका चल्ला हरु पद्छान, देश को सेवा गर्न त आखिर हामी जनजाति नै तल्लो तह मा बसेर काम गर्नु पर्छा , यो कटु सत्य हो , बाहुनवाद मुर्दाबाद

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?