NEWS: बिबिसी नेपाली सेवा ::

Inside

शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Sunday, 21 March 2010 12:53

ईतिहासमै सबैभन्दा ठूलो शवयात्रा !
Exclusive report & photos:
काठमाडौं- नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी आइतबार साँझ साँढे सात बजे गरिएको छ । हजारौं शुभेच्छुकहरुले भरिएको पशुपति आर्यघाटमा उनकी छोरी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाले स्व. कोइरालाको पार्थिब शरीरमा दागबत्ती दिएपछि उनलाई हजारौं शुभेच्छुकहरुले अश्रुमिश्रित नयनकासाथ विदाई गरे ।


छोरी सुजाता कोइराला स्व गिरिजाप्रसाद कोइरालालाई दागबत्ती दिँदै. Daughter of GP Koirala and Deputy Prime Minister Sujata Koirala performing last rites. Photos: Sitaram

स्व. कोइरालाको शव यात्रामा दुई लाखभन्दा बढि नागरिकहरु सरिक भएका छन् । कोइरालाको शवयात्रा अहिलेसम्मकै सबैभन्दा ठूलो शवयात्रा भएको छ । यस्तै ठूलो शवयात्रा यसअघि नेकपा एमालेका महासचिव मदन भण्डारीको निधन हुँदा भएको थियो ।


पशुपति आर्यघाटमा उपस्थित जनसमूह


सुजाताले दागबत्ती दिएपछि पशुपति क्षेत्री गिरिजाबाबु जिन्दाबाद, राष्ट्रनायक गिरिजाप्रसाद कोइराला अमर रहुन् भन्ने नाराले गुन्जायमान भयो ।

कोइरालाको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दिएको थियो । सेनाको एक टुकडीले राष्ट्रिय गानका साथ उनलाई विदाई गरेको थियो । त्यो भावविव्हल कार्यक्रममा प्रधानमन्त्री माधब नेपाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड), माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायत सबै पार्टीका शीर्ष नेताहरु उपस्थित थिए । यसैगरी, विदेशी कुटनीतिक नियोगका प्रमुखहरु, मन्त्रीहरु लगायत विशिष्ठ व्यक्तित्वहरु कार्यक्रममा उपस्थित थिए ।


स्व कोइरालाप्रति फूलमाला चढाएर श्रद्धान्जली अर्पण गर्दै मुखर्जी, कृष्णा, मीराकुमार र राजनाथ सिँह. Photos: Sitaram

कोइरालाको अन्त्येष्टीमा भाग लिन आएका भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह, भाकपा (मा) पोलिटव्यूरो सदस्य सीताराम यचुरीलगायत भूटानी प्रतिनिधिपनि पशुपति आर्यघाटमा थिए ।

छोरी सुजाताले पिता कोइरालालाई दागबत्ती दिनासाथ सेनाको टुकडी राष्ट्रिय गानसहित १९ तोपको सलामी दिएको थियो । सुजाताले पिता कोइरालालाई दिएको दृष्य निकै भावबिव्हल देखिन्थ्यो । आर्यघाटमा कोइराला परिवारका सबैजसो सदस्यहरु उपस्थित भएका थिए । आर्यघाट पारिको मृगस्थली क्षेत्र मानिसहरुको भीडले भरिएको थियो ।



स्वर्गीय कोइरालाकी श्रीमति स्व. शुष्मा कोइरालाको कोखबाट छोरा सुरेशको जन्म भएपनि उनी स्व. शुष्माको पूर्वपतिको तर्फबाट जन्मेकाले छोरी सुजाताले कोइरालालाई दागबत्ती दिएकी हुन् । यद्यपी सुरेशको नागरिकतामा भने पिताको रुपमा गिरिजाप्रसाद कोइरालाको नै नाम लेखिएको छ । बनारसमा छँदा कोइरालाले स्व शुष्मासँग विहे गरेका थिए । पूर्व पतिलाई छाडेर छोरा सुरेशसहित स्व. शुष्माले गिरिजाप्रसाद कोइरालालाई आफ्नो दोश्रो पतिको रुपमा अंगालेकी थिइन् । कोइरालालेपनि सुरेशलाई आफ्नै छोराको दर्जा दिएका थिए ।

कोइरालालाई अन्तिम बिदाइकालागि शवयात्रामा हजारौं तथा मार्गको दुबैतिर लाखौं मानिसहरु सहभागी भएका कारण कोइरालाको अन्त्येष्टी कार्य निर्धारित समयभन्दा साँढे दुई घण्टा ढिला हुन पुग्यो । उनको शब राखिएको दशरथ रंगशालाबाट शवयात्रा दिउसो दुई बजे सुरु हुने भनिएपनि अपरान्ह तीन बजेमात्र सुरु हुन सकेको थियो ।


Photos: Sitaram

दिउसो दुई बजेसम्मपनि उत्तरतर्फ शहीद गेटसम्म र पूर्व तर्फ थापाथली पुलसम्म हजारौं मानिसहरु लाइनमा बसेका थिए । त्यसैकारण उनको शवयात्रा निर्धारित समयमा हुन सकेन । अपरान्ह तीन बजे शवयात्रा सुरु भएपनि उनको अन्तिम बिदाईकालागि सडकमा लाखौं मानिसहरु जम्मा भएकाकारण शवयात्रा निकै ढिलो अघि बढेको थियो ।

शवयात्रा मार्ग शहीदगेटदेखि पशुपति गौशालासम्म दिउसो बार्ह बजेदेखि नै हजारौं मानिसहरु जम्मा भैसकेका थिए । बेलुकी ४ बज्दासम्म रत्नपार्क-बागबजार-डिल्लीबजार- मैतिदेबी-पुरानो बानेश्वर- बत्तिसपुतली- गौशालासम्म लाखभन्दा बढि मानिसहरु कोइरालालाई पुष्पगुच्छा चढाएर बिदाई गर्न सडकमा लामबद्ध भएका थिए । मानिसहरुका अत्यधिक चापले गर्दा आइरहेको शव यात्रालाई नै अवरुद्ध पारेको थियो ।



यही कारण बत्तिसपुतलीमा आएपछि कोइरालाको शव करिव आधा घण्टा अवरुद्ध भएको थियो । शवलाई पशुपति आर्यघाटमा पुर्याउन मानिसहरुको भीडले गर्दा नसकिएपछि प्रहरीले लाठी चार्ज गरी भीड हटाएको थियो । बत्तिसपुतलीदेखि पशुपति आर्यघाटसम्म कोइरालाको शव राखिएको गाडीलाई पुर्याउन करिव १ घण्टा लागेको थियो । पशुपति क्षेत्र भने दिउसो दुई बजे नै भरिइसकेको थियो ।


Photos: Sitaram

स्थान अभावका कारणले दुई बजेदेखि नै प्रहरीले त्यस क्षेत्रमा प्रवेश गर्न अत्यन्त कडाई गरेको थियो । अत्याधिक चापका कारण कोइरालालाई सलामी दिन गएको सैनिक टुकडीलाईसमेत सलामीस्थलसम्म पुग्न हम्मे परेको थियो । सलामी स्थलमासमेत मानिसहरुको अत्याधिक भीडका कारण प्रहरीले लाठी चार्ज गर्नुपर् यो । भीडका कारण प्रहरीले लाठी चार्ज दिउसो रंगशालामापनि गरेको थियो ।

नेपाली राजनीतिका महानायक स्व. गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टीलाई छिमेकी मित्रराष्ट्र भारतले निकै ठूलो सम्मान र महत्व दिएको छ । कोइरालाको अन्त्येष्टीमा दुई दुई जना बरिष्ठ मन्त्री र लोकसभाकी अध्यक्षसहित भारतीय जनता पार्टी र भाकपा (मा) का बरिष्ठ नेताहरु सहभागी भए ।



Photos: Sitaram

प्रधानमन्त्री मनमोहन सिँहका उत्तराधिकारी मानिने अर्थमन्त्री प्रणब मुखर्जी र विदेशमन्त्री एसएम कृष्णा कोइरालाको अन्तिम बिदाई कार्यक्रममा उपस्थित भए । यसैगरी, भारतीय लोकसभाकी अध्यक्ष मीराकुमारपनि कोइरालालाई अन्तिम श्रद्धान्जली दिन आइन् । उनीहरु बिशेष बिमानमा कोइरालाको अन्तिम बिदाईमा आएका थिए ।

मुखर्जी, कृष्णा र मीराकुमारका अलवा कोइरालालाई श्रद्धान्जली दिन आएका भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह र भाकपा (मा) का पोलिटव्यूरो सदस्य सीताराम यचुरी त अन्तिम समयसम्म पशुपति आर्यघाटमा बसेका थिए । मुखर्जी, कृष्णा र मीराकुमार भने बेलुकी पाँचबजे नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?