NEWS: बिबिसी नेपाली सेवा ::

Inside

सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको सत्तासिन काँग्रेस र एमाले कै बिरोध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 10 July 2009 06:00
'आफ्नो गाउँ आफै वनाउँ' बासी नारा भो रे !
काठमाण्डौ - सत्तारुढ नेकपा एमालेका सभासद्हरुले नै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । उता काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमालेले एक्लौटी किसिमले नीति तथा कार्यक्रमको ल्याएको प्रतिकृया दिएका छन् ।

नीति तथा कार्यक्रममा सार्वजनिक भएको भोलिपल्ट अर्थात असार २६ गते िसंहदरवारमा बसेको एमाले संसदीय दलको बैठकमा सभासद्हरुले नीति तथा कार्यक्रम महत्वाकांक्षी र पुरानो भएको भन्दै आलोचना गरेका हुन् ।

वैठकमा सभासदहरुले 'आफ्नो गाउँ आफै वनाउँ' जस्तो पुरानो नाराहरु दिएकोमा पनि विरोध जनाएका छन् । उनीहरुले अहिलेको सरकार नीति तथा कार्यक्रममा नयाँपन नभएको बताएका छन् । नीति तथा कार्यक्रममा रहेका महत्वकांक्षी योजनाहरु कार्यान्वयन हुन नसके एमालेको भविष्य समाप्त हुने भन्दै सभासद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

सभासदहरुको जवाफ िदंदै एमाले अध्यक्ष झलनाथ खनालले नीति तथा कार्यक्रम सामुहिक र लोकपि्रय रहेको वताएका थिए ।

सभासदहरुले देशको विग्रदो शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्ने सरकारको योजनाप्रति पनि जिज्ञासा राखेका थिए ।

सभासदहरुका प्रश्नको जवाफ िदंदै गृहमन्त्री भिम रावलले शान्ति सुरक्षाको लागि सरकार जुनसुकै चुनौतिको सामना गर्न पनि तयार रहेको भन्दै शान्ती सुरक्षा वहाल गर्न र अपराधिलाई दुरुत्साहीत गर्न निति तथा कार्यक्रम उपयोगी हुने दावी गरे  ।

सेना समायोजन, पुनस्थापना र नयाँ संविधान निमार्ण गर्नु सरकारको मुख्य दायीत्व भएको भन्दै उहाँले यसको निम्ति दलहरुको आपसी विस्वास अपरिहार्य हुने धारणा राख्नु भयो । 
 
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पनि नीति तथा कार्यक्रमप्रति असहमती जनाएको छ । काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमालेले एक्लौटी किसिमले नीति तथा कार्यक्रमको ल्याएको प्रतिकि्रया दिएका छन् ।

नीति तथा कार्यक्रममा गरिबसँग विश्वेश्वर, गणेशमान सि शान्ति अभियान जस्ता कार्यक्रम नसमेटिएको भन्दै पौडेल नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न गएका थिए ।
 
नीति तथा कार्यक्रममा ४ सभासद मात्रै उपस्थित रहेको प्रमुख प्रतिपक्षी एनेकपा माओवादी सभासद सुरेश आले मगरले आफ्नो पार्टीको नीति तथा कार्यक्रममा सैद्धान्तिक रुपमै असहमती रहेको बताएका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?