NEWS: बिबिसी नेपाली सेवा ::

Inside

सरकारले पूर्व एमाले सरकारको 'आफ्नो गाउँ आफै बनाउँ' कार्यक्रमलाई निरन्तरता दिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 09 July 2009 19:25
विदेशमा रहेका नेपालीहरुका लागि परिचय पत्रको व्यवस्था गरिने
माओवादीका २३८ मध्ये ४ सभासद मात्रै सहभागी
काठमाण्डौ - सरकारले नयाँ संविधान निर्माण र शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर्याउने कार्यलाई आफ्नो प्राथमिकतामा राखेको छ ।

व्यवस्थापिका संसदको वैठकमा सरकारको नीति तथा कार्यक्रम असार २५ गते प्रस्तुत गर्दै राष्ट्रपति डा. रामवरण यादवले संवाद सहमति र सहकार्यबाटै समस्याको समाधान गरिने बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा संविधान सभाको सबै भन्दा ठूलो दल एनेकपा माओवादीका २३८ मध्ये ४ सभासद मात्रै सहभागी भए । माओवादी सभासदहरु नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, भिक्षु आनन्द र हरि रोक्का वैठकमा सहभागी भएका थिए ।

सरकारले विगतको एमालेको ९ महिने सरकारले ल्याएको कार्यक्रमलाई समेत निरन्तरता दिने भएको छ । सरकारले 'आफ्नो गाउँ आफै बनाउँ' जस्ता बहुचर्चित कार्यक्रमलाई निरन्तरता दिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।
माओवादी नेतृत्वको सरकारले गरेका सकारात्मक कार्यक्रमलाई समेत अहिलेको सरकारले निरन्तरता दिने भएको छ।

माओवादी सरकारले ल्याएको आधारभुत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्थापित गरिने, साक्षरता अभियानलाई निरन्तरता दिने र गोर्खा पत्रमा प्रकाशित बुहभाषिक पृष्ठलाई विस्तार गरिने जस्ता विषयलाई वर्तमान सरकारले पनि निरन्तरता दिइने नीति तथा कार्यक्रममा जनाईएको छ ।

सरकारको ९४ बुँदे नीति तथा कार्यक्रममा पूर्व राजाको सम्पत्ति छानविन गरेर राष्ट्रिय हितमा प्रयोग गरिने विषय समेटिएको छ ।

यसैगरी विदेशमा रहेका नेपालीहरुका लागि परिचय पत्रको व्यवस्था गरिने भएको छ ।

यसैगरी, नयाँ संविधान जारी हुनुभन्दा पहिलेनै शान्ति सम्झौता अनुसार माओवादी जनमुक्ति सेनालाई समायोजन, व्यवस्थापन तथा पुर्नस्थपना गरिने नीति तथा कार्यक्रममा जनाईएको छ ।

सरकारबाट संयुक्त मधेशी मोर्चा तथा मधेशी जनअधिकार फोरम र सरकारवीच भएको सम्झौता कार्यान्वयन गरिने प्रतिबद्धता आएको छ ।

बन्दको नाममा हुने अति आवश्यकीय सेवा प्रभावित हुन नदिन सरकारले प्रभावकारी कदम चालिने विषय समेत सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

-Santa Bagam in Kathmandu
 
Read related news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?