NEWS: बिबिसी नेपाली सेवा ::

Inside

"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 04 March 2010 13:29

'स्थिति सम्हाल्ने जिम्मेवारी अव तपाईंहरुलाई सुम्पेको छु, यो जिम्मेवारी पुरा गर्न सक्नु भएन भने मुलुकमा ठूलो ब्लडसेड हुनसक्छ'
काठमाडौं- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम अवस्था आएको संकेत दिएका छन् ।

राजनीतिक गतिरोध अन्त्यकालागि उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेका कोइरालाले आफ्नो अन्तिम अवस्थाका कारण संयन्त्रको बैठकमा आफू सहभागी हुन नसक्ने बताउँदै  राजनीतिक परिस्थिति सम्हाल्न तीनै ठूला पार्टीका नेताहरुर्लाइ आग्रहसमेत गरेका छन् ।

संयन्त्रको नेतृत्व गरेका कोइरालाको कमजोर स्वास्थ्यलाई ख्याल गर्दै यसअघि संयन्त्रको बैठक कोइराला निवास महाराजगन्जमा हुँदै आएको थियो । तर पछिल्ला दुई बैठक भने त्यहाँ भएनन् । मंगलबारको बैठक ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट र बुधबारको बैठक लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको थियो । श्रोतका अनुसार, कोइरालाले बैठकमा बस्न नसक्ने बताएपछि अन्य स्थानमा बैठकको प्रबन्ध गरिएको हो ।

गत विहीबार फागुन ११ गते संयन्त्रको औपचारिक बैठक सुरु हुनुअघि कोइरालाले बैठकमा भाग लिन गएका तीनै ठूला पार्टीका शीर्ष नेताहरुलाई आफ्नो बेडरुममा बोलाएका थिए । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल कोइरालाको बेडरुममा पुगे ।

सबै नेताहरु कोइरालाको बेडरुममा पुग्दा कोइरालाको नाकमा अक्सिजन मास्क लगाइएको थियो । सबै नेता आफ्नो कोठामा आइसकेपछि कोइराला बिस्तारै बोल्न सुरु गरेका थिए । 'मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन' कोइरालाले भने- 'यो कुरा तपाईंहरुले ख्यालु गर्नुस्, अब स्थिति तपाईंहरुले सम्हाल्नुस्, मैले यही कुरा भन्न तपाईंहरुलाई बोलाएको हुँ ।'

आफू अब अन्तिम अवस्थामा पुगिसकेको बताउँदै उनले अवपनि राजनीतिक गतिरोध अन्त्य र समयमै सम्बिधान निर्माण नभए मुलुकमा निकै ठूलो रक्तपात हुने चेतावनीपनि नेताहरुलाई दिएका थिए । 'स्थिति सम्हाल्ने जिम्मेवारी अव तपाईंहरुलाई सुम्पेको छु, यो जिम्मेवारी पुरा गर्न सक्नु भएन भने मुलुकमा ठूलो ब्लडसेड हुनसक्छ' उनले भने- 'रक्तपात रोक्ने कि नरोक्ने सबै कुरा तपाइर्हरुको जिम्मामा छ ।'

कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई संयन्त्र माओवादीकालागि गठन गरिएको स्मरण गराएका थिए । 'संयन्त्र बनेको मेरालागि होइन तपाइहरुकालागि हो' कोइरालाको भनाई थियो- 'यो कुरामा प्रचण्डजीले ख्याल गर्नुहोला ।' त्यसपछि उनले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे बिर्सन आग्रह गरेका थिए । उनको भनाई थियो- 'सक्नुहुन्छ भने राष्ट्रपतिले चालेको कदम बिर्सनुस्, त्यो सक्नुहुन्न भने माफी दिनुस् ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?