NEWS: बिबिसी नेपाली सेवा ::

Inside

"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral & Anand Gurung   
Monday, 02 November 2009 01:12
काठमाडौं- काँग्रेसको महासमिति बैठक आजबाट सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले आन्दोलन सुरु गरिहालेपनि वार्तामार्फत समस्या समाधान गर्न सकिने बताएका छन् ।
 
Nepali Congress Mahasamiti meeting. Photo: Anand 
 
आइतबार सुरु भएको नेपाली कांग्रसको महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति कोइरालाले उपरोक्त कुरा बताएका हुन् ।

उनको असहमतिका बाबजुद सुरु भएको महासमिति बैठकमा कोइराला अनुपस्थित हुने धेरैको अनुमान थियो । अझ पार्टीका सभापतिलाई सेरमोनियल बनाउने गरी विधान मस्यौदा प्रस्ताव पेश हुने कुराले उनी आक्रोसित थिए । अझ पछिल्लो समयमा बढेको अस्वस्थताले गर्दा उनी आउने आशा धेरैमा थिएन ।

यद्यपी असन्तुष्टिका बाबजद कोइरालाले महासमितिको बैठकमा भाग लिए । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पुग्दा स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १५ मिनेट अक्सिजन दिएर कार्यक्रम हलमा पुर्याइएको थियो । महासमिति बैठकको उदघाटन गर्दै कोइरालाले पार्टी सभापतिलाई कमजोर होइन, शक्तिशाली बनाउनुपर्ने मन्तब्य दिए ।

तर पार्टीको आन्तरिक जीवन भन्दा देशको राजनीतिका सम्बन्धमा उनले दिएको अभिव्यक्ति महत्वपूर्ण थियो । 'भरे भोलि नै प्रचण्डसँग कुरा गर्छु, राजनीतिक संयन्त्रबाट हामी सहमतिमा पुग्न सक्छौं' कोइरालाले भने- 'यो कुरामा प्रचण्डपनि सहमत भैसकेकाले अब हुने बैठकले संयन्त्र निर्माण गर्नेछ, त्यसपछि जटिल राजनीतिक परिस्थितिलाई सद्भावनामा परिणत हुनेछ ।'

आफू अस्वस्थ भएपनि निराश नभएको बताउँदै देशमा देखिएका समस्या समाधानकालागि आफूमा अझै साहस र आँट भएको कोइरालाको कथन थियो । 'हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन' कोइरालाले भने - 'हामी मिल्ने आधार भनेकै सहमति, सहकार्य र एकता हो ।' सहकार्य र एकताकालागि उनले सबै पार्टीलाई एकताकालागि आव्हानपनि गरेका थिए ।

संगठनको आमुल परिवर्तन राज्यको पुर्नसंरचना लगायतका विषयमा छलफल गर्न काँग्रेस महासमिति बैठक बसेको हो । 

काँग्रेसको विधान संसोधन गरेर सभापतिलाई सेरिमोनियल बनाउन लागेको तर्फ असन्तुष्टी जनाउँदै कोइरालाले सभापतिलाई कमजोर नबनाउन कार्यकर्तालाई आग्रह गर्नु भयो ।

केन्द्रीय समितिका पदाधिकारी र ८० प्रतिशत सदस्यको निर्वाचन गर्ने कि ५० प्रतिशत सदस्यको निर्वाचन र पदाधिकारी सभापतिले मनोनयन गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा एकमत हुन सकेको छैन ।

कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले पनि सभापतिलाई कमजोर बनाउन नहुने बताउनुभयो । उहाले सामुहिक नेतृत्व भनेकै संस्थागत नेतृत्व भएको स्पष्ट पार्दै पाटीमा भावनात्मक एकताको अभाव रहेको स्वीकार गर्नभयो ।

उद्घाटन समारोहलाई संबोधन गर्दै पार्टीका वरिष्ट नेता शेरबहादुर देउवाले सहमति र वार्ताको विकल्प नरहेको भन्दै वार्तामा आउन माओवादीलाई आग्रह गर्नुभयो । उहाले माओवादीका कि्रयाकलापले देशमा कुनै पनि दुर्घटना निम्तिएमा त्यसको जिम्मेवार माओवादी हुनुपर्ने चेतावनी दिनुभयो ।

काँग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले शान्ति सम्झौता र अन्तरिम संविधान विपरित आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै आपत्ति जनाउनु भयो ।

अर्का उपसभापति गोपालमान श्रेष्ठले माओवादीको उद्दण्डता र कि्रयाकलापले समयमै संविधान बन्नेमा आशंका उब्जिएको आरोप लगाउनुभयो । उहाले पार्टी एकल नभई संस्थागत आधारमा अघि बढ्ने पनि बताउनुभयो ।

कार्यक्रममा उपसभापति प्रकाशमान िसंह र महामन्त्री कुलबहादुर गुरुङले पार्टीले विगतमा गरेका कमिकमजोरीको समिक्षा गर्नु पर्ने बताउनु भयो । पर्शीसम्म चल्ने बैठकले पार्टीको विधान संसोधन, राजानीतिक प्रस्ताव तथा राज्य पुर्नसंरचनाको आधिकारिक धारणा तय गर्ने छ ।

बैठकमा १२ सय भन्दा बढी महासमिति सदस्यहरुको सहभागिता छ । यसैबीच, महासमितिको पूर्ण बैठकले आन्दोलनरत माओवादीलाई वार्तामा आउन आव्हान गरिएको प्रस्ताव पारित गरेको छ ।

-Sitaram Baral & Anand Gurung in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?