NEWS: बिबिसी नेपाली सेवा ::

Inside

छोरी सुजाताको पितृभोजका कारण स्व. कोइरालाको सार्वजनिक बृहद श्रद्धान्जली सभा दुई दिन पछि सर्यो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 23 March 2010 16:22

काठमाडौं- नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधनमा नेपालीमा कांग्रेसले आगामी १९ गते गर्ने भनेको बृहद श्रद्धान्जली सभा दुई दिनकालागि पर सारेको छ । कोइराला पुत्री सुजाता कोइरालाले यो कार्यक्रम सार्न अनुरोध गरेपछि मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।


कोइरालाको अन्त्येष्ठीपछि बसेको पदाधिकारी बैठकले १३ दिनको पुन्यतिथिमा राजधानीको शहीद मन्चमा श्रद्धान्जली सभा राख्ने निर्णय गरेको थियो । त्यो श्रद्धान्जली सभालाई अहिलेसम्मकै ठूलो सभा बनाउने निर्णयपनि बैठकले गरेको थियो । तर स्व. कोइरालाकी छोरी सुजाताले सोही दिन पिताको स्मृतिमा पितृभोज गर्ने भन्दै स्थगन गर्न अनुरोध गरेकी थिइन् ।

पशुपति क्षेत्रको मृगस्थली क्षेत्रमा सुजाताले पिताको स्मृतिमा पितृभोज कार्यक्रम आयोजना गर्दैछिन् । सो पितृभोज कार्यक्रमपनि निकै बृहद हुने बताइएको छ । व्यक्तिगत तवरमा गरिने सो कार्यक्रममार्फत सुजाताले कांग्रेसभित्र आफ्नो पकड बलियो पार्न खोजेको श्रोतको दावी छ । सुजाताको अनुरोधपछि कांग्रेसले कोइरालाको श्रद्धान्जली सभा २१ गतेलाई सारेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिका तर्फबाट राजधानीमा गरिने श्रद्धान्जली सभा दुई दिन सारिएपनि जिल्ला जिल्लामा गरिने भनिएको १९ गतेको श्रद्धान्जली सभाहरु भने यथावत राखिएका छन् । सबै जिल्लामा हुने श्रद्धान्जली सभामा कोइरालाको अस्तु नदीहरुमा विसर्जन गरिने कार्यक्रम छ । कोइरालाको अस्तु खरानी कांग्रेस केन्द्रीय कार्यालयले प्रत्येक जिल्ला समितिलाई बाँड्न सुरु गरिसकेको छ ।

-Sitaram Baral in Kathmandu

Read our related news:

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?