NEWS: बिबिसी नेपाली सेवा ::

Inside

'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Monday, 08 March 2010 13:36

काठमाडौं- केही दिनएता अस्वस्थ रहेका नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई चौबिसै घण्टा अक्सिजन दिएर राखिएको छ ।

छातीको रोगले पीडित कोइरालालाई उनकै निबास महाराजगन्जमा अक्सिजन दिएर राखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

कोइरालाको स्वास्थ्य छिन-छिनमै परिवर्तन हुने गरेको काङ्ग्रेस नेता शेखर कोइरालाले जानकारी दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइराला केही दिनएता अस्वस्थ भएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकसमेत बस्न सकेको छैन । यसअघि कोइरालालाई सिङ्गापुर लगेर उपचार गरिएको थियो ।

यसैबीच, चिकित्सकसमेत रहेका राष्ट्रपति डाक्टर रामबरण यादवले आज विहान कोइराला निबास पुगेर कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिईएको छ ।

स्वास्थ्यकै कारण उच्चस्तरीय राजनीतिक संयन्त्रको जिम्मेवारी तीनै दलका शीर्ष नेताहरुलाई सुम्पेका कांग्रेस सभापति कोइराला पार्टीको जिम्मेवारीपनि पार्टीका तीन बरिष्ठ नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई सुम्पने तैयारीमा छन् ।

उनको स्वास्थ्यस्थिति अरु नराम्रो हुँदै गएपछि महाराजगन्जमा उनी बस्दै आएको घरबाट मण्डिखाटारमा छोरी सुजाता कोइरालाको निवासमा सर्ने तैयारीमा छन् । त्यहाँ उनकालागि उपचारसमेत गर्न सम्भव हुने गरी सुविधा सम्पन्न कोठाको निर्माण हुँदैछ । उपप्रधानमन्त्रीसमेत रहेकी छोरी सुजाता यूरोप भ्रमणबाट फर्केलगत्तै सभापति कोइरालालाई मण्डिखाटारमा सार्ने तैयारी भैरहेको छ । उनी दुई हप्ते भ्रमणका क्रममा यूरोपमा छिन् ।

आफै आफू धेरै गलिसकेको बताउँदै आएका सभापति कोइरालालाई भेट्न राष्ट्रपति यादब सोमवार कोइराला निवास महाराजगन्ज गएका थिए । कोइरालासँग भेटी उनले संक्षिप्त स्वास्थ्य अवस्थाबारे संक्षिप्त जानकारी लिएका छन् । यादवलाई कोइरालाको स्वास्थ्योपचारमा खटिएका चिकित्सकहरुले कोइरालाको स्वास्थ्यस्थितिबारे जानकारी दिएका थिए ।

श्रोतका अनुसार, करिव आधा घण्टा लामो भेटमा कोइरालाले शान्ति प्रकि्रया असफल हुन लागेको बताउँदै यसप्रति चिन्ता प्रकट गरेका थिए । यद्यपी शान्ति प्रकृयालाई सफल पार्न आफू जस्तोसुकै भूमिका खेल्न तैयार रहेको दृढतापनि कोइरालाले व्यक्त गरेका थिए । 'म बेडमै रहेरपनि शान्ति प्रकृयालाई सफल पार्न चाहन्छु' कोइरालाको भनाई थियो- 'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ ।'

-Santa Bagam & Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?