NEWS: बिबिसी नेपाली सेवा ::

Inside

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 08 January 2010 07:17

काठमाडौं- प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा पुस २४ गते तीन सदस्यीय संयन्त्र गठन भएको हो ।

संयन्त्रमा एनेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष झलनाथ खनाल रहेका छन् । पुस २२ गते बसेको तीन दलको वैठकले संयन्त्र बनाउने सहमति गरेको थियो ।

शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउने र नयाँ संविधान निर्धारित समयमै निर्माण गर्ने प्रमुख जिम्मेवारी रहेको माओवादी अध्यक्ष प्रचण्डले बताए । राजनीतिक संयन्त्र बनेपछि वर्तराजनीतिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

यसैवीच नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले उच्चस्तरीय संयन्त्रको स्वागत गरेको छ । नेपालका लागि महासचिवका प्रतिनिधि  करिन लेनग्रेनद्वारा वक्तव्यमा भनिएको छ -

'शान्ति प्रवि्रुयासँग सम्बन्धित मुद्दाहरु सम्बोधन गर्न बहुदलीय संवादका लागि उच्चस्तरिय राजनीतिक संयन्त्रको गठन भएकोमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अन्मिन हार्दिक स्वागत गर्छ ।'

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आफ्नो प्रस्ताव १८७९, २००९ जुलाई मा यस्तो संयन्त्रलगायतका उपायबाट राजनीतिक दलहरुबीच सुदृढ र दिगो साझा दृष्टिकोण सिर्जना गर्न प्रोत्साहन गरेको समेत विज्ञप्तीमा उल्लेख छ । नेपालको नयाँ संविधानलाई समयसीमा भीत्रै अन्तिम रुप दिन र माओवादी सेनाका सदस्यहरुको समायोजन र पुनस्र्थापना गर्नेजस्ता शान्ति प्रवि्रुयाका दुई महत्वपूर्ण कदम चाल्नका लागि दलहरुबीच सहमति अति महत्वपूर्ण भएको बेला नै यो उच्चस्तरिय राजनीतिक संयन्त्र गठन भएको अनमिनले जनाएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?