NEWS: बिबिसी नेपाली सेवा ::

Inside

उच्चस्तरीय राजनीतिक संयन्त्रको धुँवादार बिरोधि नेताहरु नै अहिले नेत्रित्वको होडमा सामेल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 23 March 2010 16:23

काठमाडौं- उच्चस्तरीय राजनीतिक संयन्त्र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बन्दा त्यसको विरोध गरेका नेपाली कांग्रेसका नेताहरुले कोइरालाको निधनपछि संयन्त्रको नेतृत्व नेपाली कांग्रेसले नै पाउनुपर्ने दावी गर्न थालेका छन् ।


मंगलबार पार्टीको बैठक नै बसेर कांग्रेसले संयन्त्र नेतृत्वको दावी गरेको छ । उता एमालेलेसमेत संयन्त्रको नेतृत्वको दावी गर्न थालेको छ ।

कोइरालाको निधनपछि उत्पन्न परिस्थितिका सम्बन्धमा निर्णय गर्न मंगलबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा जारी शान्ति प्रकृया, सम्बिधान निर्माण लगायत उच्चस्तरीय राजनीतिक संयन्त्रको बारेमा पनि छलफल भएपछि रिक्त संयोजकको जिम्मेवारी आफूले पाउने दावी गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रबक्ता अर्जुननरसिँह केसीले भने- 'शान्ति प्रकृयामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण कांग्रेस सभापति स्व. कोइरालाले संयन्त्रको नेतृत्व गर्नु भएको थियो, त्यसैले कांग्रेसको भागमा परेको यो जिम्मेवारी फेरिपनि कांग्रेसले नै पाउनु पर्छ ।' यस्तै दावी कांग्रेस उपसभापति रामचन्द्र पौडेललेपनि गरे ।

श्रोतका अनुसार, सो बैठकले सभापति कोइरालाको निधनपछि संयन्त्र प्रमुखको जिम्मेवारी कार्यबाहक सभापति सुशील कोइरालाले पाउनुपर्ने निर्णयसमेत गरेको छ । तर रमाइलो कुरा के छ भने संयन्त्र गठन हुँदा कार्यबाहक सभापति सुशील कोइरालामात्र होइन रामचन्द्र पौडेललगायतका नेताहरुलेसमेत संयन्त्र अवैधानिक भएको भन्दै विरोध गरेका थिए ।

माओवादीले फेरि बिद्रोहको भाषा बोल्न थालेका बेला स्व. सभापति कोइरालाले संयन्त्र गठनको प्रस्ताव अघि सारेका थिए । संयन्त्रबाट राजनीतिक गतिरोध अन्त्य हुने विश्वास स्व. कोइरालाको थियो । तर सुशील, रामचन्द्र लगायतका नेताहरुले संयन्त्र गठनबाट माओवादीलाई फाइदा पुग्ने बताउँदै त्यसको विरोध गरेका थिए ।

पार्टीभित्रैको विरोध र अवरोधका कारण संयन्त्र गठनमा ढिलाई भएको थियो । तर आफूले चाहेको कुरा गरेरै छाड्ने कोइरालाको अडानका कारण पुष २४ गते संयन्त्र गठन हुन सकेको थियो । यद्यपी संयन्त्रलाई प्रभावकारी हुन नदिने प्रयास कांग्रेसका यी नेताहरुबाट भैरह्यो । तर कोइरालाको निधनपछि संयन्त्रको नेतृत्व हत्याउन संयन्त्र विरोधी नेताहरु कम्बर कसेर लागेका छन् ।

एमालेलेसमेत संयन्त्रको नेतृत्व आफूले गर्न पाउनुपर्ने दावी गरेको छ । तर उसले घुमाउरो भाषा प्रयोग गरी दावी गरेको छ । सम्बिधान लेखन, सेना समायोजन र शान्ति प्रकृयालाई सफल पार्न १२ बुँदे समझदारीदेखि नै आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेको दावी गर्दै परिआए संयन्त्रको नेतृत्वदायी भूमिका निभाउन आफु तयार रहेको बताएको छ।

श्रोतका अनुसार, बैठकमा संयन्त्रका विरोधी नेताहरु प्रम माधब नेपाल र अर्का नेता केपी शर्मा ओलीले संयन्त्रको नेतृत्वको दावी एमालेले गर्नुपर्ने अभिमत राखेका थिए । अध्यक्ष झलनाथ खनालले भने संयन्त्रको नेतृत्वको दावी गर्नुभन्दा सहमतिका आधारमा नेतृत्वको तय गरिनुपर्ने बताएका थिए । बैठकपछि पत्रकार सम्मेलनमापनि खनालले सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्ने बताएका छन् ।

संयन्त्रको संयोजक रहेका कोइरालाले भने आफ्नो जीवनको अन्तिम घडीमा संयन्त्र आफूले आफ्नालागि नभै माओवादी अध्यक्ष प्रचण्डकालागि गठन गरेको बताएका थिए । उनको भनाईको अर्थ थियो- म पछि संयन्त्रको नेतृत्व प्रचण्डले गर्नुपर्छ र शान्ति प्रकृया एबं सम्बिधान निर्माण प्रकृयालाई सफल पार्नुपर्छ । माओवादीले भने संयन्त्रको नेतृत्वको दावी औपचारिक रुपमा गरेको छैन ।

संयन्त्र गठन हुनुभन्दा अघि संयन्त्रको विरोध गरेका र संयन्त्र गठन भैसकेपछि त्यसलाई सफल पार्नभन्दा असफल पार्न भूमिका खेलेका कांग्रेस, एमालेका नेताहरु संयन्त्रको नेतृत्व गरेर त्यसलाई अरु असफल र निष्प्रभावी पार्न खोजेको आशंका गरिँदैछ ।

हेर्दै जाउँ यि नौ रंगी नेताहरुको चाला।

-Sitaram Baral in Kathmandu

Read our related news:

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?