NEWS: बिबिसी नेपाली सेवा ::

Inside

आदिवासी जनजाति सभासद् सभा (ककस) को घोषणा तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Fatik Thapa Magar   
Tuesday, 21 July 2009 02:26
काठमाण्डौं- आदिवासी जनजाति सभासद् सभाको आयोजनामा होटल सहेन्साहा धापासीमा एक समारोहका वीच सभा ककसको घोषणा तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भयो।
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग प्रमुख अतिथी रहेको सो कार्यक्रममा आदिवासी जनजाति सभासद्हरु, प्राज्ञ बैराँगी काँइला, मानव अधिकारवादी आदिवासी नेता पद्मरत्न तुलाधर, भाषिक आन्दोलनका मल्ल के सुन्दर लगायत एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस, नेकपा एमाले लगायत राजनैतिक पार्टीका आदिवासी जनजाति नेताहरुको उपस्थिति थियो ।
आदिवासी जनजाति बुद्धिजिवी, विज्ञ, जातीय संस्थाका व्यक्तिहरुकोसमेत उपस्थिति रहेको उक्त महत्वपूर्ण कार्यक्रमको शुभकामना प्रकट गर्ने सिलसिलामा माओवादी नेता देव गुरुङ्ग, नेकाका गोपालमान श्रेष्ठ, नेकपा एमालेका अशोक राई, राष्ट्रिय जनमुक्ति पार्टीका एमएस थापामगर लगायतले १५ वर्ष लामो समयदेखि लगातार संघर्षको परिणास्वरुप ककस निर्माण हुन सकेको र ककसले उठाएको मुद्दाहरुलाई पूरा गर्न आफ्नो पार्टीको तर्फवाट पूर्णतः सहयोग गर्ने कुरा वताए ।
एमालेका नेता तथा सभासद् पृथ्वीसुव्वा गुरुङ्गले आयोजकका तर्फवाट ककस निर्माण हुनुको कारण तथा त्यसको औचित्यको वारेमा वताएका थिए भने नेकपा एकीकृतका नेता तथा सभासद् परी थापाले आदिवासी जनजाति सभासद् सभा ककस निर्माणको अवधारणा र कार्यविधि पढेर सार्वजनिक गरेका थिए । माओवादी नेता एवं सभासद् बर्षमान पुन अनन्त को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले ककसले उठाएका मुद्दाहरु कार्यान्वयन भएमा मात्र त्यसको सार्थकता हुने वताए ।
अहिले ६०१ सभासदस्यहरु भएको संविधान सभामा २१९ जना अर्थात एक तिहाई सदस्यहरु आदिवासी जनजाति पृष्ठभूमिका छन् र अव ककसमा हस्ताक्षर गर्न बाँकी आदिवासी जनजाति सभासद्हरु थोरै मात्र रहेको एमाले सभासद् तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पाले जानकारी गराएका थिए ।
-Fatik Thapa Magar in Kathmandu
Note: फटिक थापा मगर एमालेकोतर्फबाट पूर्व साँसद हुनुहुन्छ। साँसद थापा नेपालको आदिवासी जनजातीय आन्दोलन सम्बन्धी अनुसन्धानकर्ता हुन्।
Read related news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?