NEWS: बिबिसी नेपाली सेवा ::

Inside

आदिवासी जनजाति सभासद सभा (ककस) निर्माणको अवधारणा र कार्यविधि PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by NEFIN   
Monday, 20 July 2009 12:25
काठमाडौं - नेपालका आदिवासी जनजातिमाथि सदिंयौदेखि राज्यद्वारा बिभेद, शोषण, दमन र उत्पीडन गरेको यथार्थलाई स्मरण गर्दै,
बिगतमा भएका राजनीतिक परिवर्तनहरुले पनि हामी आदिवासी जनजातिको अधिकारलाई आधारभूत रुपले सम्बोधन गर्न नसकेको कुरालाई ध्यान दिदै‌,
जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र तराई, मधेस आन्दोलन तथा आदिवासी जनजाति आन्दोलन मार्फत अभिव्यक्त, मुलुकमा बिद्यमान सबै प्रकारको बिभेदहरुको अन्त्य गरी सामाजिक न्याय र समानतामा आधारित, वर्गीय, जातीय, क्षेत्रीय, र लैगिक बिभेद रहित, समावेशी राज्य निर्माण गर्ने नेपाली जनताको चाहनालाई सम्मान गर्दै,
हामी आदिवासी जनजातिको सामूहिक जीवन पद्धति हाम्रो आफनै मुल्य मान्यताद्धारा सन्चालित हुनु पर्ने चाहनालाई आत्मसात गर्दै,
नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र अविभाज्यतालाई अक्षुण्ण राख्ने प्रण गर्दै,
संबिधानसभामा प्रतिनिधित्व गर्ने हामी आदिवासी जनजाति सभासद्हरुले–
आत्मनिर्णयको अधिकार र जातिय स्वशासन  सहितको स्वायत्ततामा आधारीत संघीय राज्य निर्माण गरी आदिवासी जनजातिको अधिकारलाई सुनिश्चित गर्न,
बिभेद रहित सामाजिक न्यायमा आधारित नेपाल निर्माण गर्नको लागि जीवनको वलिदान
गरेका शहिदहरुको रगतलाई खेर जान नदिन,
एक जुगमा एक पटक आएको संबिधानसभा द्धारा आदिवासी जनजातिहरुको हक अधिकारलाई सुनिश्चित गर्ने ऐतिहासिक दायित्वलाई आदिवासी जनजाति सभासदहरुले ईमान्दारीताका साथ पुरा गर्न,
संबिधानसभामा प्रतिनिधित्व गर्ने हामी आदिवासी जनजाति संबिधानसभा सदस्य (सभासद) हरुले आदिवासी जनजाति सभासद सभा (ककस)को निर्माण गरी आदिवासी जनजातिको अधिकारको साझा मुद्धामा आजका मिति देखि संयुक्त रुपमा अघि बढने प्रण गर्दछौ।
हाम्रा साझा मुद्धाहरु
संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत आत्म–निर्णयको अधिकार र जातीय स्वशासन सहितको स्वायत्ततामा आधारित संघीय एकाईको निर्माण।
राज्यसत्ताको समग्र संरचनामा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व र थोरै संख्यामा रहेका आदिवासी जनजातिहरुको लागि अनिवार्य प्रतिनिधित्वको बिशेष संबैधानिक व्यवस्था।
आदिवासी जनजाति महिलाको पहिचानलाई स्थापित गर्न र आदिवासी जनजाति महिला बिरुद्ध हुने सबै प्रकारको जातीय र लंैगिक बिभेद अन्त्य गर्नको लागि संबैधानिक, कानूनी र प्रशासनिक व्यवस्थाको सुनिश्चितता।
आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृतिलाई राज्यमा समान हैसियत र मान्यताको स्थापना।
अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रलाई संबैधानिक र कानूनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयन।
जल, जंगल, जमीन लगायतको प्राकृतिक स्रोत माथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको सुनिश्चित्तता।
समुदायगत पहिचान र सामूहिक अधिकार सहितको नयाँ राष्ट्रिय एकता।
आदिवासी जनजाति सभासद सभाको संरचना
सबै राजनीतिक दलको न्युनतम एक जनाको प्रतिनिधित्व गर्ने गरी यो सभाको कार्य सन्चालन हुनेछ।
संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै आदिवासी जनजाति सभासदहरु यो सभाको सदस्य हुने छन।
बैठक र  कार्य सन्चालन बिधि
बैठकको अध्यक्षता संबिधानसभामा प्रतिनिधित्व गर्ने दलगत जनजाति सभासदको संख्याको आधारमा क्रमशः पालै पालो गरी अध्यक्षता गरिने छ।
बैठकमा छलफलका बिषयहरु तय गर्दा आदिवासी जनजातिको साझा मुद्धाहरुमा मात्र छलफल गरिने छ।
निर्णयहरु पारीत गर्दा सदस्यहरुको साझा सहमतिमा पारीत गरिने छ।
सभाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने छ।
एउटा बैठकको अध्यक्षता गरेको अध्यक्ष अर्को बैठकमा अर्को अध्यक्षले अध्यक्षता नगरे सम्म अध्यक्षको जिम्मेवारी कायम रहने छ।
अन्य कायविधिहरु यसै सभाले तोके वा निर्णय गरे बमोजिम हुनेछ।
सचिवालय
सभाको कार्य व्यवस्थापन गर्नका लागि सचिवालय सम्बन्धि कार्य  नेपाल आदिवासी जनजाति महसंघलाई जिम्मा दिने र सचिवालय महासंघमा  रहनेछ ।
अन्तमा
बिचार, राजनीति र पार्टीको हिसाबले हामी फरक फरक वा स्वतन्त्र भए तापनि हामी सबै आदिवासी जनजाति भएकोले हाम्रो जातीय अधिकार प्राप्तिको लागि हामी सबै एकै ठाँउमा उभिएर अघि बढने प्रण गर्दछौ।
मिति :  २०६६।०४।०३ गते सनिवार।
स्थान :  होटल सहेन्साहा, धापासी काठमाण्डौ।
संबिधान सभा सदस्यको
हस्ताक्षर ............................................
नाम : ................................................
जिल्ला : .............................................
राजनितिक दल : ..................................
-Nepal Federation of Indigenous Nationalities (NEFIN)
NEFIN is an autonomous and politically non-partisan, national level common organization. NEFIN currently consists of 54 indigenous member organizations widely distributed throughout the Terai, Hills and Himalayas of Nepal.
Source; http://www.nefin.org.np

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?