NEWS: बिबिसी नेपाली सेवा ::

Inside

आदिवासीहरुको हात राज्य अंगमा नभएकोले आफनो अधिकार पाउनबाट बन्चित भएको दाबी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Haribahadur Saru Magar   
Sunday, 09 August 2009 13:42
4 photos पाल्पा- आदिवासी जनजातिहरुले आफनो गुमेको राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका अधिकार प्राप्तिका लागि पाल्पामा पनि १५ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन्।

Indigenous peoples marching in Tansen during World's International Day of the Indigenous Peoples. Photos: Hari
पाल्पाको तानसेनमा आयोजित कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा समाजसेवी भुयुमान लिगलले आदिवासी जनजातिहरुको सोझोपन र ईमानदारिताको फाईदा लिएर राज्यको बागडोर समाल्नेहरुले उनीहरुको माग र एजेण्डाप्रति बेवास्ता गरेको बताउनुभयो । उहाँले सदियौंदेखि राजसत्ताबाट विमुख पारिएका आदिवासी जनजातिहरुले उठाएको जायज मागलाई राज्यले बेलैमा संवोधन गर्न नसके मुलुकमा पुन: अर्को भयानक जनआन्दोलन हुन सक्ने बताउनु भयो ।
त्यसैगरि विशिष्ट अतिथि बलबहादुर गाहा मगरले संविधान सभाको निर्वाचनमा जनजातिहरुको मागलाई संबोधन गर्ने/गराउने र नयाँ बन्ने संविधानमा ति मागहरुलाई उल्लेख गराउन प्रतिवद्धता जनाएका आदिवासी जनजाति सभासदहरु र गैर आदिवासी जनजाति सभासदहरुले जनजातिको हितमा भने जस्तो काम गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो 'आदिवासी जनजातिहरुले मुलुकको हरेक परिवर्तनको कालखण्डमा योगदान र ज्यानको आहुति दिएका छन् तर यिनै आदिवासीहरुको जायज मागहरुप्रति राज्यले बेवस्ता गरेको छ, त्यसैले अव सवै आदिवासीहरु आफनो हक अधिकर प्राप्तिको लागि एकजुट भई आन्दोलन गर्नुको अर्को विकल्प छैन ।'
आदिवासी जनजाति महासंघ पाल्पाका सल्लाहकार टोप अस्लामीले मुलकमा सुचिकृत ५९ आदिवासी जनजातिहरुले आफनो हक अधिकार अव बन्ने नयाँ संविधानमा सुनिश्चिन गराउनका लागि एउटा साझा आन्दोलनको रुपमै यो दिवसलाई लिएको बताउनुभयो ।
अर्का सल्लाहकार अशोककुमार शाहीले आदिवासी जनजातिहरु यहाँको धर्ती पुत्र भए पनि उनीहरुको हात राज्य अंगमा नभएकोले आफनो अधिकार पाउनबाट बन्चित भएको बताउनुभयो । उहाँले मुलुक संविधान निर्माण प्रकि्रयामा रहेकोले सरकारले आदिवासी जनजाति महासंघसंग गरेको सहमति र संझौता अनुरुप उनीहरुको हक अधिकार नयाँ संविधानमा उल्लेख गरिनु पर्नेमा जोड दिनु भयो । संघीयताका आधार जातियतालाई लिन नमिल्ने भन्ने कुरा होईन यसलाईे जातिय एतिहासिक पृष्ठभुमीको आधारमा राज्य निर्माण गर्दा कुनै फरक नपर्ने उहाँको दावी छ । त्यसैले यस कुरामा राज्यले कुनै पनि हालतमा आनाकानी र बेवास्ता गर्न नमिल्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।
Photos: Hari
नेपाल आदिवासी जनजाति महासंघ पाल्पा अध्यक्ष गमबहादुर थापा मगरको अध्यक्षता र सचिव त्रिरत्न लाल शाक्यको संचालनमा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य लालु रानामगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ पाल्पाका अध्यक्ष सौन्दर्यवती शाक्य, नेपाल मगर संघ पाल्पाका अध्यक्ष बलबहादुर रानामगर, उपाध्यक्ष बलबहादुर गाहामगर, नेपाल अदिवासी जनजाति नगर समन्वय परिषदका अध्यक्ष प्रेम सागर शाही, अग्रज पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी लगायतले यस दिवसको अवसरमा शुभकामना दिएका थिए ।
-Haribahadur Saru Magar in Palpa
Read our related news at:
For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?