NEWS: बिबिसी नेपाली सेवा ::

Inside

'जातीय स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको मूल आधार' PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Smita Magar   
Sunday, 09 August 2009 13:05
आदिवासी दिवसमा जनप्रदर्शनी सुरु
काठमाडौं- आदिवासी जनजातिले संविधानमा आफ्नो अधिकार सुनिश्चित गर्न आइतवार मुलुकभर जनप्रदर्शनीको सुरु गरेका छन्।
विश्व आदिवासी दिवसको अवसरमा उनीहरुले 'जातीय स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको मूल आधार' को मूल नाराका साथ राजधानीका विभिन्न ठाउँबाट जन प्रदर्सनीको तयारी गरेका हुन् ।
यसपटकको विश्व आदिवसी दिवसमा आन्दोलनकै हिस्साको रुपमा दिवस मनाउन लागिएकाले जनप्रदर्शनको तयारी भएको नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाले बताए ।
आदिवासीहरुले नयाँ संविधानमा जातीय स्वशासनसहितको स्वायत्तता र आत्मनिर्णयको अधिकार आवश्यक रहेको बताउँदै आएका छन् । 'हामीले यस वर्ष नाचगान र रमाइलोभन्दा पनि संघर्षको एउटा रुपमा दिवस मनाउने निर्णय गर्यौं' शेर्पाले थपे ।
जनप्रदर्शनका लागि नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न राजनीतिक दलसँग सम्बद्ध जनजातिको संगठन, महिला, विद्यार्थी तथा विभिन्न जातीय संस्थाले तयारी गरेका छन् । त्यसमा माओवादी, कांग्रेस, एमाले, नेकपा एकीकृतलगायतका पार्टी सम्बद्ध जनजाति संगठन छन् ।
आयोजक समितिका अनुसार जनप्रदर्शन काठमाडौं, झापाको विर्तामोड, सुनसरीको इटहरी, उदयपुरको गाइघाट, सर्लाहीको लालबन्दी, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, तनहुँको
दमौली, बाग्लुङ बाँकेको नेपालगन्ज र कैलालीको धनगढीमा बिहान दश बजेदेखि सुरु भैसकेको छ ।
-Smita Magar in Kathmandu
Read our related news at:

For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?