NEWS: बिबिसी नेपाली सेवा ::

Inside

'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Wednesday, 17 March 2010 14:56

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशको जिम्मेवारी राम्रोसँग सम्हाल्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

पछिल्लो समय स्वास्थ्यस्थित निकै चिन्ता जनक अवस्थ्मा पुगेका कोइरालाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन चैत ४ गते काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र पुगेका प्रचण्डलाई कोइरालाले यस्तो आग्रह गरेका हुन् ।

स्वास्थ्य अबस्था बुझेपछि अस्पताल परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले समसामयीक राजनीतिक अबस्थाबारेसमेत कुराकानी भएको बताए । 'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला' कोइरालालाई उदृधगर्दै प्रचण्डले संवाददाताहरुलाई भने ।

आफूले कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कुनै चिन्ता नलिन आग्रह गरेको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले कोइरालाको स्वास्थ्य ठिक हुन अझै केही दिन लाग्ने आफूले पाएको उल्लेख गरे ।

अकस्मात शरीरमा रगतको कमी भएपछि आइतबार बेलुकी महाराजगन्जस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका कोइरालाको स्वास्थ्यमा सुधार आएपछि उनी बुधबार छोरी सुजाताको मण्डिखाटारस्थित निवासमा फर्केका छन् ।

शुक्रबारमात्र छोरी सुजाताको निवासमा बस्न थालेका ८६ बर्षीय कोइरालाको स्वास्थ्य एकाएक नाजुक बनेपछि आइतबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । अत्यन्त नाजुक अवस्थामा अस्पताल लगिएका कोइराला यसपटक बाँच्ने आशा कमैले गरेका थिए ।

पूर्व प्रधानमन्त्री कोइराला छोरी सुजातासँगै बस्न थालेपछि उनको निर्णय प्रकृयामा छोरी सुजाताको स्पष्ट प्रभाव पर्ने संकेत देखिन थालेका छन् । छोरीसँगै बस्न थालेकै दिनदेखि उनले प्रम नेपाललाई छोरीको इच्छा अनुसारका काम गर्न दबाब दिन थालेको श्रोतले बताएको छ ।

श्रोतका अनुसार छोरी सुजाताको मण्डिखाटारस्थित निवासमा सरेको ६ घण्टापछि नै कोइरालाले प्रम नेपाललाई फोन गरी मेसिन रिडेबल पासपोर्ट एमआरपी भारतमै छाप्न दिनोस् माधवजी भन्ने आग्रह गरेका थिए । कोइरालाको दबाबपछि आज बुधबारको बैठकमा यस सम्बन्धमा छलफल हुने कार्यक्रम तय गरिएको थियो ।

तर गभर्नर नियुक्तिको सम्बन्धमा एमालेसँग कुरा नमिलेपछि बुधबारको बैठकमा यस बिषयमा छलफल र निर्णय हुन सकेन । परराष्ट्रमन्त्रीसमेत रहेकी कोइराला कुनैपनि हालतमा भारतमै मेसिन रिडेवल पासपोर्ट छाप्नुपर्ने पक्षमा छिन् जवकि अन्तरिम व्यवस्थापिका-संसदको सार्वजनिक लेखा समिति भने यो निर्णयको बिपक्षमा छ ।

यसैवीच, आफै हिँडडुल गर्न र खाना खान सक्ने भएपछि नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अस्पतालबाट काठमाडौंको मण्डिखाटारस्थित छोरी सुजाताको घर फर्केका छन् । कोइरालाको उपचारमा संलग्न चिकित्सक डा. अरुण मास्केले कोइरालाको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज गरिएको बताए ।

-Santa Bagam & Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?