NEWS: बिबिसी नेपाली सेवा ::

Inside

'हामी युद्ध छल्न चाहन्छौं, युद्ध पिपासुहरु हामीलाई युद्धमा होम्न चाहन्छन्, त्यसैले शान्ति प्रकृयामा सघाइरहेको अनमिनको विरोध भएको हो ।'- माओवादी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 March 2010 18:19

'उसले शान्ति प्रकृयालाई सघाउने भन्दापनि माओवादीलाई सघाउने काम गरिरहेको छ ।'- कांग्रेस
काठमाडौं- माओवादीलाई फेरि युद्धमा धकेल्ने नियतले नेपालको शान्ति प्रकृयामा सघाईरहेको राष्ट्रसंघीय मिसन अनमिनको विरोध सुरु भएको दावी माओवादीका एक उच्चस्तरीय नेताले गरेका छन् ।

एकीकृत माओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले सरकारले यस्तो दावी गरेका हुन् ।

'अनमिनलाई लखेट्ने आधार तयार पार्न सरकारले गलत प्रचार गरिरहेको छ' पोलिटव्यूरो सदस्य सापकोटाले रिपोटस्र क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भने- 'हामी युद्ध छल्न चाहन्छौं, युद्ध पिपासुहरु हामीलाई युद्धमा होम्न चाहन्छन्, त्यसैले शान्ति प्रकृयामा सघाइरहेको अनमिनको विरोध भएको हो ।'

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले अनमिन र माओवादीबीच साँठगाँठ भएको आरोप लगाएका थिए । अनमिनको काम शान्ति प्रकृयामा सहयोगी नभएको दावी गर्दै खड्काले भने- 'उसले शान्ति प्रकृयालाई सघाउने भन्दापनि माओवादीलाई सघाउने काम गरिरहेको छ ।'

एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले माओवादी लडाकुको वास्तविक तथ्यांक नदिएकाले अनमिन विवादमा परेको बताएका थिए । 'अनमिन नेपालको शान्ति प्रकृयामा सहजकर्ताका रुपमा आएको हो' उनले भने- 'तर अहिले उसको भूमिकामा शंका उत्पन्न भएको छ ।' प्रधानमन्त्री माधवकुमार नेपाल शान्ति र संविधानका लागि बाधक नबन्ने उनको दावी थियो ।

-Sitaram Baral in Kathmandu

Comments

avatar Thakur thapa
0
 
 
नेपालमा सान्ती प्रकृयाका मुल बाधक भनेकानै काठपुत्ली सरकार ,भारतिएदलाल कङ्रेश र प्रतिगामी तत्वो नै भएको नेपाली जनताले ठम्याइ सकेका छन। अन्मिन्लाई दोश दिएर सान्ती प्रकृयाबाट उम्किने प्रयास गरिरहेकाछन। यो सर्बबिदितै दिन्को घाम जस्ताइ छर्लङ भएको छ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?