NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बिशेष टिप्पणी: एमालेले सरकार छाड्यो, प्रधानसेनापति कट्वालसँग सती जानेहरुको लस्कर PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Lichchhabi Magar   
Sunday, 03 May 2009 10:44
काठमाडौं, एमाले ले सरकार छोडेर काङ्ग्रेस र रा.प्र.पा लगायतका राजावादी पार्टिहरुको लोलिमा बोली मिलाउन पुगे पछि नेपाली राजनीतिमा अब स्पस्ट ध्रुबिकरण शुरु भएको छ-कि मावोवादी बन, होइन काङ्ग्रेस इतर बन।

नेपाली राजनीतिमा कालजयी यो घडीमा जनताले भने नागरिक सर्बोच्च्ताको पहिलो कोशेली पाएका छन्। यदी माओवादी सरकारले अटेरी कटवाललाई कार्यवाही नगर्दो हो त नेपाली ईतिहासमा सेना सार्बभौमको रुपमा स्थापित हुने थियो जुन नयाँ नेपालको लागि दूरगामी प्रतिकुल असर पर्न सक्थ्यो। नयाँ नेपालमा जनताको राज हुने ठाउँमा सेनाको हालीमुहाली हुने थियो। यस हिसाबले माओवादी धन्यवादको पात्र बनेको छ।

तर बुझी नसक्नुको कुरा हाम्रा क्रान्तिकारी प्रधानमन्त्रीले अमेरिकि राष्ट्रपतिलाई भेट गर्दा तीन मिनट बात मार्न पाए, त्यो पनि श्यामपेन लिएर ठिङ्ग उभिएरै। यता आफु भने मर्यादाको ख्यालै नगरि क्याजुअल ड्रेसमा समेत भेट्न हिम्मन गर्ने भारतीय राजादूत सूदलाई प्रधानमन्त्रिले झन्डै दिनहु भेट गरे। राजदूत सूदको नियत र हैसियत के हो? भारतको छ्त्रछायाँ कतिसम्म प्रभाकारी रहेछ भन्ने पनि यो घटनाले देखाउँछ जुन राष्ट्रवादी हुँ भन्ने माओवादिको नाकमा कालो ढब्बा बनेर सदा रहने छ।

सेनापति प्रकारणबाट एमालेको अनुहार काङ्ग्रेससँग दाज्नेहरुले भन्ने गरेको "उस्तै उस्तै हो नानु" भन्ने उक्ती अब घाम जत्तिकै छर्लङ्ग भएको छ। अब एमाले माओवादी इतरको दक्षिणपन्थी खेमामा लक्षमण रेखा कोरेरै अघी बढेको छ। नेपालमा अब अमेरिका र बेलायतमा जस्तो दुई पार्टी बोलावाला हुने सम्भाबना बढ्दो छ- कि काङ्ग्रेस तिर कि माओवादितिर।

अब शायद नेपालमा सैनिक कु को हल्ला कहिल्यै चल्ने छैन। सैनिक कु गर्न नेपालमा सन्भब पनि छैन। सैन्य कु गर्न त्यतिकै सम्भब हुँदैन। पहिले सेना त्यो देशको रक्षक, पहरेदार र हिरोको रुपमा स्थापित हुनु पर्छ। नेपाल न इन्डिया, न चिनसँग लडेर हिरो बन्न सक्छ न देशको सिमाको पहरेदारी गरेको छ। गरेको छ त शिर्फ शाह राजाहरुको ताबेदारी। यस्तो सेनाले कु गरेमा जनताले सेनालाई नै रछयानमा फ्याक्ने पक्का थियो।

सेनापति कान्डमा काङ्रेसको ठुलो जीत भएको छ। उसले एमाले लगायतका स्वार्थ लोलुप साना दलहरुलाई नयाँ बन्ने सरकारमा गुनिलो भाग बन्डाको पोको दिने सर्तमा आफुतिर तान्न सफल भएको छ। एक सेकेन्ड पनि सत्ता यानेकी 'पावर' बिना बस्न असजिलो मान्ने मात्र होइन पानी बिनाको माछा जस्तो छट्पट्याउने काङ्रेसको लागि यो भन्दा सुनौलो अबसर केही हुँदैन। बधाई छ- काङ्ग्रेसी बन्धुहरुलाई!

तर के माओवादीलाई पाखा लाएर नयाँ संबिधान बन्छ? के माओवादी जनमुक्ती सेनालाई पेलेर देश अगाडि बढ्छ? संबिधान सभामा सबैभन्दा ठुलो दल माओवादी सँग १८ हजार "लाल सेना" पनि छ भन्ने बिर्सने हो भने र तीनलाई माओवादी पार्टिमा हुल्न दिने हो भने फेरी अर्को अन्त्तिम जनवादको युद्ध नथालिएला भन्ने के ग्यारेन्टी छ?

सबैले बुझुन्- माओवादी चुप लागेर गफाडीहरुको गफ गर्ने थलोको रुपमा चित्रित पार्लियामेन्ट (संबिधान सभा) मा खुरु खुरु आउँलान्?

-Lichchhabi Magar in Kathmandu

Comments

avatar Narayan
0
 
 
Lichchhabi Magar Article ko lagi dhanya bad huna ta ma kunai pani party ko supporter pani haina tara nagarik ko kitta bata maile pani kehai bhanna milcha hola kina ki Moaist ma jati Nagarik sarwochhata anta kehai pani chaina article purai moaist ko bayan garna layak chha na ke yesh le nagarik ma ek nirdistha bato dina sakos. moaist jun party court ko decision lai mandaina Fifth Natioanl game ko tishet bhai sake pachi afna player lai khel ma laigancha yo chai ramro niyat ho ta ? magar ji ramro sanga yad garnus yeha Political leader lai nagarik sarwochhata haina afno party parti ko kati baphadar bhayo bhannu matra ho. ani janata le thik right payeko chha chaina haina court kati party parti lampat bhayo bhannu ,matra ho nagarik sarwochhata yaha hudo ho bhane Ramhari Shrestha ko murder tapaiko party ko conservation ma hudai hudaina thiyo ani Prachanda thaiba ka murder garne Sujit BK Maoist ko rekhdekh ma hudai hudaina thiyo k yehai ho Nagarik sarwochhata Moaist ko yestai gardai janus agrim badahi chha.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar soalteemagar
0
 
 
कांग्रेस जहिले पनि भारत को बुइ चढेर उफ्र्ने हो होइन भने तेत्रो वर्श खोइ त कांग्रेस ले नेपालमा प्रगतिको रेखा कोरेको खाली सत्त मा मात्र बसन खोज्ने कहिले नाघौने किर्नो जस्तो हो कांग्रेस , जनता लुत्ने भरत्को दलल हो , के कांग्रेस मात्र एमले , अली प्रगती बादी थनिएको माओवादी पनि उस्तै निस्कियो आखिर गोबर न परे सबै ,बधाई छ । जनता थग हरुलाई अब yesto दिन आउने छ जुन दिन नेपाली हरु नेपाल बन्ने देश थियोकी थिएन ईतिहास रहने छ .
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?