NEWS: बिबिसी नेपाली सेवा ::

Inside

हत्याराहरुले जेलमै पुगेर हत्या गर्ने योजना बनाएको खुलाशा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 March 2010 18:17

काठमाडौं- सन्चार उद्यमी जमिम शाहको हत्या गर्नुअघि पूर्व मन्त्री सलिम मिया अन्सारीका छोरा तथा नेसनल टेलिभिजनका अध्यक्ष युनुश अन्सारीको हत्या गर्ने योजना बनाएका हत्याराहरुले युनुशलाई जेलमै पुगेर भेटेको खुलाशा भएको छ ।

जमिम हत्याका अभियुक्तमध्येका एक मोहम्मद बकार शैयदले युनुशलाईपनि भेटिसकेको प्रहरीले सरकारी वकिललाई बुझाएको मिसिलबाट यो कुराको खुलाशा भएको हो ।

प्रहरीले बुझाएको सोही मिसिलका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले हत्याराहरुविरुद्ध मुद्धा दायर गरिसकेको छ । नक्कली भारतीय नोट ओसार पसारको अभियोगमा तीन महिनाअघि पक्राउ परेका युनुश हाल सदरखोर डिल्लीबजारमा थुनामा छन् । भारत विरोधी गतिविधि गरेको आरोपमा हत्याराहरु युनुशको हत्या गर्ने उद्धेश्यले नेपाल आएका थिए । तर त्यही बेला युनुश पक्राउ परेपछि जमिम उनीहरुको निशाना बनेका थिए ।

प्रहरीले सरकारी वकिललाई बुझाएको सो मिसिलमा जमिमका हत्यारा मध्येका एकले आफूलाई जेलमै भेटेको युनुशले बताएका छन् । 'म सिंहदरवारस्थित हिरासतमा रहेको अवस्थामा एकजना मैले नचिनेको व्यक्ति आई मुस्लिम संस्कार अनुसार सलाम दुवा गरेको र मैले तपाईंलाई चिन्दिन भन्दा निजले मेरो घर कपिलबस्तु हो' भनेका थिए' युनुशले भनेका छन्- 'निजले हतारमा छु भनी छिट्टै त्यहाँबाट निस्की गएका थिए, सो पश्चात निज व्यक्तिसँग मलाई शंका लागेको थियो ।'

जमिम हत्यामा मुछिएर पक्राउ परेका अभियुक्तहरुमध्ये केहीले सुरुमा युनुशलाई निशाना बनाइएको, तर उनी पक्राउ परेकाले जमिमको हत्या गरेको बताएपछि प्रहरीले युनुशसँगपनि यसबारेमा बयान लिएको थियो । यसैक्रममा, प्रहरीले जमिमको हत्यामा संलग्न मानिएका मोहम्मद बकार शैयदको तस्वीर युनुशलाई देखाएको थियो । सो तस्वीर देखेपछि युनुश झस्केका थिए । र, सो व्यक्तिले आफूलाई जेलमा आई भेटेको, उसको परिचय माग्दा उसले हतारमा छु भनी हिँडेको बयान दिएका हुन् ।

जेलमै युनुशको हत्या गर्ने मनसायले शैयदले उनलाई भेटेको प्रहरीको आशंका छ । शैयद उत्तर प्रदेशमा भारतीय प्रहरीको एन्टि टेरोरिष्ट सेलमा रहेको आशंका गरेपछि नेपाल प्रहरीको एउटा टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।

श्रोतका अनुसार, अदालतमा लगिएका बेला हत्या गर्न सकिन्छ कि भनेर अदालतमा गएरपनि हत्याराहरुले निरीक्षण गर्ने गरेका थिए । जमिम हत्याको अनुसन्धान गर्ने क्रममा यी तथ्य पत्ता लागेपछि प्रहरीले अहिले युनुशलाई जेलभित्र छुट्टै स्थानमा राखेर कडा सुरक्षा दिन थालेको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?