NEWS: बिबिसी नेपाली सेवा ::

Inside

काँग्रेसमा उत्तराधिकारीको लडाईं: सुशिल-रामचन्द्र एकातिर, देउबा -सुजाता अर्कोतिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Wednesday, 24 March 2010 18:22

बिशेष रिपोर्ट: काठमाडौं- नेपाली काङ्ग्रेसले राजनीतिक गतिरोध अन्त्य, शान्ति प्रकृया र नयाँ संविधान निर्माणका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व आफूले गर्न पाउनुपर्ने दावी दोहोर्याएको छ ।



एकीकृत नेकपा माओवादी र एमालेले संयन्त्रको संयोजक आपसी सहमतिमा निर्धारण गर्नुपर्ने धारणा आईरहेका वेला काङ्ग्रेसले संयन्त्रको नेतृत्वमा अडान राखेको हो ।

सिँहदरबारस्थित संसदीय दलको कार्यालयमा चैत ११ गते बसेको काङ्ग्रेस पदाधिकारीको अनौपचारीक बैठकपछि सचारकर्मीसँग कुरा गर्दै कार्यबाहाक सभापति सशील कोइरालाले संयन्त्रलाई नेतृत्व दिन काङ्ग्रेस सक्षम रहेको बताए । संयन्त्रलाई काङ्ग्रेसका तीन जना बरिष्ठ नेताले सामुहिक रुपमा संयोजन गरेर जाने कोइरालाले जानकारी दिए ।

काङ्ग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले काङ्ग्रेसले उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गर्ने भन्दै पार्टीमा गिरिजाप्रसाद कोइराला पछि दोस्रो नेता आफू भएकाले त्यसको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

उता उपसभापति रामचन्द्र पौडेलले आजको अनौपचारीक बैठकमा गिरिजाप्रसाद कोइरालाको शोक सभा र त्यसमा बोलाउने अतिथि एवं अन्य नेताहरुका बारेमा छलफल भएको बताए । काङ्ग्रेसले मुलुक भित्रका सबै पार्टी र बिदेशबाट अन्य अतिथिलाई पनि बोलाउने निर्णय गरेको छ ।

सभापति गिरिजाप्रसाद कोईरालाको निधनपछि कांग्रेसमा शेरबहादुर देउवा, सुसिल कोईराला र रामचन्द्र पौडेल विचको विवाद छताछुल्ल भएको छ ।

यसै बिच, कार्यबाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल पार्टीको नेतृत्व कब्जा गर्न एकजुट हुने सम्भावना देखिएपछि नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालासँग सहयोगको हात अघि बढाएका छन् ।

पार्टी त्रय नेताको अवधारणामा चल्नुपर्ने आवाज पार्टी कार्यकर्ताबाट उठेपनि नेपाली कांग्रेसको नेतृत्व आफ्नो हातमा लिने होडबाजी दुई नेताका बीच देखिएको छ । उपसभापति रामचन्द्र पौडेल, कार्यबाहक सभापति सुशील कोइरालातर्फ ढल्केपछि कोइराला र देउवाबीचमात्र होडबाजी सुरु भएको हो ।

शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेलले पार्टीलाई सामुहिक रुपमा अघि बढाएर लैजाने विश्वास गरिएको थियो । तर दिवंगत सभापति कोइरालाको उत्तराधिकारी को हुने भन्ने विवादमा कार्यबाहक सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा अल्झिएका छन् । बुधबार भएको केन्द्रीय समितिको बैठकपछि देउवाले आफू कोइरालाको उत्तराधिकारी भएको दावी गरेका छन् भने सभापतिको निधनपछि पार्टी सन्चालन कार्यबाहक सभापतिले गर्ने बताउँदै सुशीलले कोइरालापछिको नेता आफू भएको दावी गरेका छन् ।

कार्यबाहक सभापति कोइरालाले उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलको साथ पाएका छन् । कावा सभापति कोइरालाकै समर्थनमा संसदीय दलको निर्वाचनमा पौडेलले देउवालाई पराजित गरेका थिए । पार्टी नेतृत्वमा पौडेलले सुशीललाई समर्थन गर्ने शर्तमा त्यो बेला सुशीलले पौडेललाई समर्थन गरेका थिए जसका कारण संसदीय दलको पहिलो चरणको निर्वाचनमा देउवाको मत बढि आएपनि दोश्रो चरणको निर्वाचनमा पौडेलले देउवालाई पराजित गर्न सफल भएका थिए । सोही कारण त्रय नेताको अवधारणा आएपनि नेतृत्वको प्रतिस्पर्धामा पौडेलले सुशीललाई साथ दिएका छन् ।

रामचन्द्रसमेतको समर्थनबाट सुशील बलियो हुँदै गएपछि देउवाले दिवंगत सभापति कोइरालापुत्री सुजाता कोइरालासँग सहयोगको हात अघि बढाएका छन् । श्रोतका अनुसार, कोइरालाको निधनपछि २ पटक सुजातासँग गोप्य छलफल गरी उनले पार्टी नेतृत्वमा आफूलाई सहयोग गरिदिन आग्रह गरेका छन् । सुजाताको सार्वजनिक छवि उति राम्रो नभएपनि सभापति कोइरालाको निधनपछि उनीप्रति सहानुभूतिको लहर बढेको छ । यस्तो बेला सुजाताले गिरिजाबाबु आफूपछि देउवालाई पार्टी नेतृत्व दिन चाहनुहुन्थ्यो भन्दिएमात्रपनि देउवालाई सजिलो हुनसक्छ ।

संसदीय दलको निर्वाचनमा सुजाताले देउवालाई समर्थन गरेकी थिइन् । तर देउवाको पराजय सुजाताकै कारण भएको बताइन्छ । देउवाको समर्थनमा सभापति स्व. कोइरालाले सुजातालाई पार्टीको नेतृत्व गर्दै सरकारमा पठाएपछि र पछि उपप्रधानमन्त्रीसमेत बनाएपछि देउवापनि अलोकपृय बनेका थिए । स्व. कोइरालाले पार्टी राजनीतिमा सुजातालाईपनि देउवाको समर्थन दिने शर्तमा संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिएका थिए । यद्यपी सुजाताको अलोकप्रियताकाकारण देउवा पराजित हुनु पर्यो ।

सभापति कोइरालाको निधनपछि सुजातासँग दुई पटक भेट गरी अन्तरंग कुराकानी गरेका देउवाले आफूलाई पार्टी सभापतिको अलवा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रमुख बनाउन सुजाताले सहयोग गरे त्यो उनैकालागि फाइदाजनक हुने बताएका थिए । देउवाले आफ्नो कोहीपनि उत्तराधिकारी नरहेको बताउँदै सुजाताले आफूलाई संयन्त्रप्रमुख र पार्टी सभापतिकालागि सहयोग गरेर आफूलाई सफल बनाएको स्थितिमा सुजातालाई स्थापित हुन सजिलो हुने र आफूपछिको नेता सुजाता नै हुने विश्वास दिलाएका थिए । सुजातालेपनि देउवालाई सहयोगको बचन दिएको बताइएको छ ।

उता उच्चस्तरीय राजनीतिक संयन्त्रकालागि ठूला राजनीतिक दलहरुबीच खिचातानी सुरु भएका बेला सत्तारुढ नेकपा एमालेका एक नेताले संयन्त्रको नेतृत्व दलहरुले पालैपालो नेतृत्व गर्नुपर्ने बताएका छन् ।

एमालेका पोलिटव्यूरो सदस्य प्रदीप ज्ञवालीले यस्तो प्रस्ताव राखेका थिए ।

'संयन्त्र गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत पहलमा गठन भएको थियो' बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा एमाले नेता ज्ञवालीले भने- 'शान्ति र संविधानका लागि संयन्त्रको निरन्तरता चाहने हो भने यसको नेतृत्वलाई लिएर झगडा गर्नुहुँदैन ।'

स्वर्गीय कोइरालाको सहमति, सहकार्य र एकताको सूत्र पछ्याउने हो भने संयन्त्रको नेतृत्वलाई मुद्दा बनाउन नहुने बताउँदै ज्ञवालीले कोइरालाको आवश्यकताको पूर्ति तत्काल र खासगरी अहिलेको राजनीतिक नेतृत्वबाट सम्भव नभएकाले संयन्त्रमा सामुहिक नेतृत्वको खाँचो रहेको बताए ।

'उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा एमालेको पनि दाबी छ' ज्ञवालीको भनाई थियो- 'तर नेतृत्व ठूलो कुरा होइन, मिलेर सहमतिमा जानु नै अहिलेको आवश्यकता हो ।' एमाले नेता ज्ञवालीको जस्तै प्रस्ताव नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलेपनि राखेका छन् ।

-Sitaram Baral & Santa Bagam in Kathmandu

Read our related news:

-काँग्रेसमा नेत्रित्व लडाईंको रडाको पहिलो बैठक कहाँ गर्ने भन्ने मै

-उच्चस्तरीय राजनीतिक संयन्त्रको धुँवादार बिरोधि नेताहरु नै अहिले नेत्रित्वको होडमा सामेल

-छोरी सुजाताको पितृभोजका कारण स्व. कोइरालाको सार्वजनिक बृहद श्रद्धान्जली सभा दुई दिन पछि सर्यो

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-"नयाँ संविधान बनाउने विगुल फुक्न म जनतासमक्ष आएको हुँ"
'संविधान नबनाइकन म मर्दिन ।' - नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?