| नेपाल आदिवासी जनजाति महासंघले प्रस्ताब गरेका ११ स्वायत्त प्रदेश, २७ आदिवासी स्वायत्त ईलाकाहरु कुन कुन हुन् ? |
|
|
|
| Written by NEFIN | |||
| Monday, 27 April 2009 02:10 | |||
|
काठमाण्डौं, नेपाल आदिवासी जनजाति महासंघले प्रस्ताब गरेका ११ स्वायत्त प्रदेश, २७ आदिवासी स्वायत्त ईलाका, ९ स्वायत्त अल्पसंख्यक सीमान्तीकृत ईलाका र ९००
बहुसांस्कृतिक ईलाकाहरु कुन कुन हुन् ? पूर्ण विवरण...
नेपाल आदिवासी जनजाति महासंघको संविधानसभा संवैधानिक समितिमा प्रस्तुत राय सुझाव
१) प्रस्तावना :
संविधानको प्रस्तावनाले निम्न मर्महरु÷विषयहरु आत्मसात गर्नु पर्दछ ।
१ उच्चस्तरको जातीय भाषिका संास्कृतिक धार्मिक र क्षेत्रीय/पर्यावरणीय विविधता कायम राख्दै उच्चस्तरको राष्ट्रिय एकताको स्थापना र विकास ।
२ सामन्ती राजतन्त्रात्मक एकात्मक जातीय विशिष्टतावादी विभेदकारी राज्यसत्ताको दमन उत्पीडन शोषण र वहिष्करणमा परेका महिला आदिवासी जनजाति दलित विभिन्न जात-जाति तथा सामाजिक समूह लगायतका सार्वभौमसत्ता सम्पन्न जनसमुदायको मुक्तिकाृ आकांक्षा पूरा गर्नै र समतामूलक समन्यायिक समाज निर्माण गर्ने दृढता ।
३ राज्य सत्ताको परिवर्तनका लागि आदिवासी जनजातिहरुले पुराएको योगदानको उच्च कदर । आदिवासी जनजातिहरुको आत्म-निर्णय र जातीय स्वशासनको अधिकारको प्रत्याभूति ।
४ पूर्ण सामुदायिक समानुपातिक प्रतिनिधित्व र अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको विशेष प्रतिनिधित्वको प्रत्वाभूति ।
५ लोकतान्त्रिक मूल्य राजनैतिक तथा सांस्कृतिक वहुलवाद संघीय प्रणाली मौलिक स्वतन्त्रता मानव अधिकार सामाजिक न्याय स्वतन्त्र प्रेस आवधिक निर्वाचन वहुदलिय प्रतिस्पर्धा शक्तिको न्यायसंगत वितरण र कानुनी राज्य अन्तर्राष्ट्रिय महासन्धि अभिसन्धि र घोषणाहरुका प्रावधानहरु प्रति पूर्ण प्रतिबद्धता ।
२) राष्ट्रिय प्रतीकहरु :
१ बिध्यमान रहेको राष्ट्रिय प्रतीकहरु परिवर्तन गरीनु पर्दछ । नेपालको राष्ट्रिय झण्डा लगायतका प्रतिकहरु नेपालको सांस्कृतिक र भौगोलिक विविधता झल्किने गरी निर्माण गरीनु पर्दछ ।
२ राज्यहरुको झण्डा राज्य सरकारहरुले निर्धारण र राज्य व्यवस्थापिकाले अनुमोदन गरे बमोजिम हुनु पर्दछ ।
३ नेपालका सबै जात-जाति तथा आदिवासी जनजातिहरुले परम्परागत रुपमा लगाइ आएको पोशाक राष्ट्रिय पोशाक हुनेछ ।
३) नगरिकता प्राप्ति
नागरिकता प्राप्तिका निमित्त निम्न व्यवस्था हुनु पर्दछ ।
१ आदिवासी जनजातिका हकमा सम्बन्धित जातीय समुदायको प्रतिनिधि मुलक निकायलॆ सिफारिस गरेको ब्यक्ति पनि नागरीकता प्राप्तिको लागि योग्य हुनेछन् ।
४) मौलिक हक
संविधानको मौलिक हक सम्बन्धी व्यवस्थामा आदिवासी जनजातिको हक सम्बन्धी छुटै शिर्षक सहितका निम्न प्रावधानहरु हुनु पर्दछ ।
१ आत्मनिर्णयको हक : आदिवासी जनजातिहरुलाई आत्म निर्णयको हक हुने छ । सोही हकका आधारमा उनीहरु स्वतन्ततापूर्वक आफ्नो राजनैतिक हैसियत निर्धारण गर्न र आफ्नो आर्थिक सामाजिक र सांस्कृतिक विकासको निविध्नताका साथ अनुशरण गर्न पाउने छन् ।
२ जातीय स्वायत्तता वा स्वशासनको हक : आदिवासी जनजातिहरुलाई जातीय स्वायत्तता वा स्वशासनको हक हुनेछ र त्यस्तो स्वायत्तता वा स्वशासनलाई कि्रयाशील बनाउन वा संचालन गर्न आवश्यक स्रोत साधन प्राप्त गर्ने उनीहरुलाई हक हुनेछ ।
३ समावेशीता सम्बन्धी हक : आदिवासी जनजातिहरुलाई संघीय नेपालको सबै तह संघीय राज्य र जनस्तरीय स्वायत्त निकाय का शासकीय संरचना कार्यपालिका व्यवस्थापिका न्यायपालिका कर्मचारी संयन्त्र लगायत का सबै अंग वा निकायहरुमा आफ्नो जातीय जनसंख्याको अनुपातमा समावेशीताको हक हुनेछ । समावेशिताको लागि अपेक्षित क्षमता हासिल गर्न उनीहरुलाई आवश्यक सहयोग प्राप्त गर्ने हक हुनेछ ।
४ सहभागिताको हक : आदिवासी जनजातिहरुलाई प्रभावित गर्ने कुनै पनि पहल निर्णय वा कार्य गर्दा अथवा उनीहरुको सरोकारका विषयमा कानुन निर्णय वा योजना बन्दा त्यस्तो पहल निर्णय वा कार्य गर्ने वा कानुन नियम योजना बनाउने निकाय वा संस्थाका समग्र प्रकि्रयामा उनीहरुलाई आफ्नो परम्परागत तथा प्रतिनिधिमूलक संस्थाबाट आफ्नै मौलिक प्रकि्रया बमोजिम पठाइएका प्रतिनिधिहरु मार्फत सहभागी हुन पाउने हक हुनेछ ।
५. सांस्कृतिक सम्पदा परम्परागत ज्ञान सीप र प्रविधि सम्बन्धी हक : आदिवासी जनजातिहरुलाई आफ्नो सांस्कृतिक सम्पदा परम्परागत सांस्कृतिक अभिव्यक्ति एवं कला साहित्य परम्परागत ज्ञान सीप प्रविधि तथा आविस्कार र सो संग जोडिएर आउने भौतिक तथा अभौतिक विषय वा वस्तुहरु सुरक्षित राख्ने कायम राख्ने नियन्त्रण एवं व्यवस्थापन गर्ने अभ्यास र विकास गर्ने हक हुनेछ ।
६ भाषा लिपि र धर्म सम्बन्धी हक : आदिवासी जनजातिहरुलाई आफ्नो भाषा लिपि र परम्परा देखि अवलम्बन र अभ्यास गरिआएको धर्म एवं आध्यात्मिक विश्वासको संरक्षण अनुपालन र सम्बद्र्धन गर्ने हक हुनेछ ।
७ स्वतन्त्र अगि्रम र सुसूचित सहमतिको हक : आदिवासी जनजातिहरुसंग सरेकार राख्ने तथा उनीहरुलाई प्रभावित पार्ने संविधान निर्माण वा संशोधन कानुन नियम र नीति तर्जुमा अवलम्बन कार्यान्वयन संशोधन परिमार्जन र खारेजी गर्दा वा प्रशासनिक अथवा अन्य उपाय वा काम कार्यवाही अघि बढाउँदा तथा उनीहरुको क्षेत्रमा विकास आयोजनाहरु तर्जुमा कार्यान्यन वा संचालन गर्दा उनीहरुलाई अगि्रम सुसूचित र स्वतन्त्र सहमति वा बिमतिको हक हुनेछ ।
८. भूमि र प्राकृतिक स्रोत साधन सम्बन्धी हक :
१ आदिवासी जनजातिहरुले परम्परागत रुपमा भोगी चर्ची ओगटी आएको र ऐतिहासिक एवं सांस्कृतिक सम्बन्ध रहेको भूमि भू-क्षेत्र चरन वन जलश्रोत लगायतको प्राकृतिक संसाधनहरुमा उनीहरुको स्वामीत्व र पहुँचको हक हुनेछ ।
२ आदिवासी जनजातिहरुलाई उनीहरुको परम्परागत भूमिमा रहेको प्राकृतिक संसाधन तथा जैविक विविधताको स्वामीत्व पहुँच नियन्त्रण व्यवस्थापन संरक्षण र विकास गर्ने तथा बिभिन्न क्षेत्रबाट प्राकृतिक संसाधान र जैविक बिविधताको ब्यबस्थापन र बिकास गरेको भए पनि त्यसबाट हुन आउने लाभ समेत प्राप्त गर्ने हक हुनेछ ।
३ आदिवासी जनजातिहरुको निर्विध्न र स्वतन्त्र मन्जूरी बिना वा दवाव त्रास विवसता वा छलछामद्वारा लिइएका उनीहरुको भूमि तथा प्राकृतिक संसाधनहरु पुन प्राप्त गर्ने उनीहरुलाई हक हुने छ । पुनः प्राप्त गर्न नसकिने कुनै तथ्यपरक कारण विद्यमान भएमा कानुनमा व्यवस्था भए बमोजिम यथाशिघ्र न्यायपूर्ण क्षतिपूर्ती प्राप्त गर्ने हक हुनेछ ।
९ सामुदायीक र व्यक्तिगत हक ः
आदिवासी जनजातिहरुलाई आफ्नै मौलिक रीतिरिवाज प्रथा प्रथाजनिक कानुन र परम्परागत सामुदायिक संरचना अनुरुप आफ्नो पृथक पहिचान सहित स्वतन्त्रता र शान्तिपूर्वक सुरक्षित रुपमा बाँच्न वा रहन पाउने सामुदायीक तथा व्यक्तिगत हक हुनेछ । यो हक अनतिक्रमण्य हुनेछ ।
१० शिक्षा सम्बन्धी हक :
१ आदिवासी जनजातिहरुलाई आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्ने हक हुनेछ ।
२ आदिवासी जनजातिहरुलाई मातृभाषाका विद्यालय तथा महाविद्यालय संचालन गर्न पाउने हक हुनेछ । यस्तो हक प्रचलनका निमित्त राज्य संघ र राज्य सरकारहरु ले आवश्यक साधन स्रोतहरु उपलब्ध गराउनेछ ।
११ स्वास्थ्य सम्बन्धी हक :
१ आदिवासी जनजातिहरुलाई निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने हक हुनेछ ।
२ आदिवासी जनजातिहरुलाई स्वास्थ्य सेवाका परम्परागत ज्ञान सीप र प्रविधिको अभ्यास संरक्षण सम्बद्र्धन र विस्तार गर्ने हक हुनेछ । यस्तो हकको प्रचलनको लागि राज्यले आवस्यक श्रोत साधान उपलब्ध गराउने छ ।
१२ सूचना र संचारको हक ः
१ आदिवासी जनजातिहरुलाई आफ्नो सरोकारको कुनै पनि विषयको सूचना आफ्नो मातृभाषामा प्राप्त गर्ने हक हुनेछ ।
२ आदिवासी जनजातिहरुलाई आफ्नो मातृभाषामा संचार माध्यमहरु स्थापना गर्ने र संचालन गर्ने हक हुनेछ र यस्तो हक प्रचालनका लागि उनीहरुलाई राज्य संघ र राज्यसरकार ले आवश्यक साधन स्रोत उपलब्ध गराउने छ ।
३ आदिवासी जनजातिहरुले सामुदायीक हितको लागि आफनो मातृ भाषामा सन्चालन गरेको सन्चार माध्यमलाई कुनै प्रकारको बन्देज लगाईने छैन ।
४ आदिवासी जनजातिहरुको परम्परा प्रथा परम्परागत संस्था मूल्य र मान्यता बारे गरिने नकारात्मक चित्रण विद्वेष वा घृणा फैलाउने प्रचार प्रसार र उनीहरुको प्रतिष्ठा वा आत्म सम्मानमा चोट पुर् याउने कार्यलाई कानुनमा व्यवस्था भए अनुसार राष्ट्र विरुद्धको अपराध मानी सरकारले प्रभावकारी कार्वाही गर्ने छ ।
१३ शोषण र दमन विरुद्धको हक ः
१ प्रत्येक आदिवासी जनजाति व्यक्ति तथा समुदायलाई शोषण विरुद्धको हक हुनेछ । उनीहरुलाई राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक धार्मिक शारीरिक र मानसिक रुपमा गरिने शोषणबाट मुक्त रहने हक हुनेछ ।
२ आदिवासी जनजातिहरुलाई सैनिक एवं प्रशासनिक दमनबाट मुक्त रहने हक हुनेछ । कुनै पनि बाहानामा उनीहरु माथि कुनै पनि पक्षबाट गरिने सैनिक वा िहंसात्मक दमन मानवता विरुद्धको अपराध मानिने छ ।
१४ विशेष अधिकार सम्बन्धी हक ः
१ आदिवासी जनजातिहरुको मानव अधिकार र आधारभूत स्वतन्त्रताको पूर्ण उपभोग अभ्यास तथा संरक्षणको निमित्त उनिहरुलाई विशेषाधिकार वा अग्राधिकारको हक हुनेछ ।
२ अल्पसंख्यक एबं सिमान्तीकृत आदिवासी जनजाति समुदायलाई राज्यको बिभिन्न अंगमा प्रतिनिधित्व गर्ने बिशेष हक हुने छ ।
१५ महिलाको हक ः
१ आदिवासी जनजाति महिलाहरुलाई पहिचान सहित अन्य महिला सरह महिला अधिकारको उपभोग तथा अभ्यास गर्ने हक हुनेछ । यस्तो हकको प्रचलनको लागि उनिहरुलाई राज्यबाट आवस्यक सहयोग प्राप्त गर्ने हक हुने छ ।
२ संघ राज्य र स्वायत्त इकाईका हरेक संरचना निर्णायक निकाय र निर्णय प्रकि्रयामा जातीय समानुपातिक समावेशीताको आधारमा प्रतिनिधित्वको हक हुनेछ ।
३ आदिवासी जनजाति महिला भएकै कारणले कुनै पनि क्षेत्रमा कुनै पनि किसिमको जातिय र लैिगंक भेदभाव गरिने छैन ।
५) राजनैतिक हकको प्रचलन
राजनैतिक हकको प्रचलन सम्बन्धी व्यवस्था निम्नानुसार हुनु पर्दछ ।
१ राजनैतिक हकको प्रचलन आफ्नो बसोबास भएको ठाउँमा गरिने छ ।
२ कुनै पनि व्यक्तिले एकभन्दा बढी राज्यमा राजनैतिक हकको प्रयॊग गर्न पाउने छैन ।
३ राजनैतिक अधिकार मत दिने दल खोल्ने जनमत बनाउने चुनावमा उम्मेदवार बन्ने आदि को प्रचलन संघीय तहमा संघीय कानुनले र राज्य तथा जनस्तरीय स्वायत्त निकायहरुमा हकमा तत्तत् निकायको कानुनहरुले गरेका व्यवस्था बमोजिम हुनेछ ।
६) राज्यको दायित्व निर्देशक सिद्धान्त तथा नीतिहरु
राज्यको दायित्व निर्देशक सिद्धान्त नीतिहरुमा न्यूनतम रुपमा निम्नानुसार उल्लेख हुनु पर्दछ ।
१ राज्यको दायित्व : क राज्य संघ र राज्य सरकारहरु संरचनाको सबै अंगहरुमा आदिवासी जनजातिहरुलाई लैगिक तथा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गराउने राज्यको दायित्व हुनेछ ।
ख आदिवासी जनजातिहरुको हकहरुको प्रचलनका लागि आवश्यक प्रकि्रया विधि र संयन्त्रको विकास गर्नु र त्यसको लागि संशाधनको व्यवस्था गर्नु पनि राज्यको दायित्व हुनेछ ।
२ निर्देशक सिद्धान्त : सबै किसिमको सामाजिक एवं आर्थिक असमानता हटाई विभिन्न जात जाति धर्म भाषा वर्ण समुदाय र सम्प्रादायको विशिष्टता र विविधतालाई सम्मान गर्दै उनीहरु बीच सामन्जस्य र सद््भाव स्थापना गरी न्याय नैतिकता र पारस्परिक सम्मानमा आधारित स्वस्थ सामाजिक जीवन र समतामूलक समाजको स्थापना र विकास गर्नु राज्यको सामाजिक उद्देश्य हुनेछ ।
३ राज्यका नीतिहरुः विभिन्न धर्म संस्कृति जात जाति समुदाय सम्प्रदाय उत्पत्ति र भाषाहरुका बीच समानता र सहअस्तित्वका आधारमा स्वस्थ्य र सुमधुर सामाजिक सम्बन्ध विकास गरी सबैको पहिचान भाषा साहित्य लिपि कला र संस्कृतिलाई समान हैसियत प्रदान गर्ने तथा सबैको अस्तित्वलाई मान्यता दिने र मुलुकको सांस्कृतिक भाषिक धार्मिक र जातीय विविधतालाई कायम राख्दै पारस्परिक विश्वास र समझदारी सहिष्णुता प्रतिष्ठा समानता समता अल्पसंख्यकहरुको कदर आपसी समझदारी र सम्मान समावेशीकरण मेलमिलाप परामर्श संवाद सहमति र संझौता जस्ता आधारभूत मूल्यहरुको प्रबद्र्धन गरी राष्ट्रिय एकता सुदृढ गर्ने नीति राज्यले अवलम्बन गर्नेछ ।
७) राज्यको संरचना
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना निम्न वमोजिम हुनु पर्दछ ।
१ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तहगत संरचना देहाय अनुसार हुनेछन् :
क) संघ
ख) राज्य
ग) स्वायत्त क्षेत्र/इलाका/समुदाय/नगर जनस्तरीय स्वायत्त निकायहरु :
१। जातीय स्वायत्त क्षेत्र
२। जातीय स्वायत्त इलाका
३। जातीय स्वशासित समुदाय
४। वहुसांस्कृतिक स्वायत्त इलाका
५। नगरपालिका
२. राज्यहरुको सीमा निर्धारणका सिद्धान्त र आधार : जाति भाषा संस्कृति ऐतिहासिक पृष्टभूमी भौगोलिक अवस्थिति जनचाहना द्वन्द समाधान प्रशासनिक सुगमता र आर्थिक सभाव्यताका आधारहरु मध्ये सबै वा केही उपयुक्त आधारमा राज्य र जनस्तरीय स्वायत्त ईकाईहरुको सीमा निर्धारण गरिएको छ ।
३. राज्य र स्वायत्त क्षेत्र/इलाका/समुदाय/नगरको नामाकरण : आदिवासी जनजातिहरुको इतिहास भूगोल भाषा संस्कृति प्रतिष्ठा स्वामीत्वबोध वा अपनत्वबोध उत्पीडित समुदाय लगायत अन्य जात-जातिहरुको समर्थन प्रदेश वा क्षेत्र विशेषको ऐतिहासिक वा प्राग्ऐतिहासिक स्थल-नामहरु मध्ये सबै वा केहीको आधारहरुमा राज्य र स्वायत्त क्षेत्र/ईलाका/समुदाय र नगरहरुको नामाकरण गरिएको छ ।
४. राज्यहरु : संघीय नेपालमा देहाय अनुसारका स्वायत्त राज्यहरु हुनेछन् :
१। लिम्बुवान
२। किरात/खम्बुवान
३। मिथिला
४। ताम्सालिङ
५। नेवाः
६। तमुवान
७। भोजपूरा-अवध
८। मगरात
९। थारुहट
१०। पूर्व खसान
११। पश्चिम खसान
५ स्वायत्त क्षेत्र/इलाका/समुदाय : आदिवासी जनजातिहरुका निम्न स्वायत्त क्षेत्र/ईलाका/समुदाय हुनेछन् :
क। आदिवासी स्वायत्त क्षेत्र :
१। कोचिला
२। शेर्पा स्वायत्त क्षेत्र
३। औलिया स्वायत्त क्षेत्र माझी दनुवार बोटे र दराईको स्वायत्त क्षेत्र
४। वल्लो किरात कोइच
५। भूजेल
६। चेपाङ
७। कुमाल
८। माझी
९। धानुक
ख। आदिवासी स्वायत्त इलाका :
१। याक्खा
२। वालुङ
३। ढोक्प्या
४। सिङसावा
५। भोटे
६। सन्थाल
७। झाँगड
८। ताजपुरिया
९। गन्गाई
१०। धिमाल
११। थामी
१२। पहरी
१३। जिमीवान याम्फू लोहोरुङ मेवाहाङ
१४। छन्त्याल
१५। बरामु
१६। दुरा
१७। राउटे
१८। हायु
१९। रोङ लाप्चा
२०। ह्योल्मो
२१। थसाङ थकाली
२२। मुस्ताङ पाँचगाँउले वारगाँउले तीनगाँउले मार्फाली लोपा
२३। जिरी जिरेल
२४। मेचे
२५। व्याँसी व्याँसी सौका
२६। डोल्पो
२७। मुगाल
ग। आदिवासी स्वायत्त समुदाय अल्पसंख्यक सीमान्तीकृत र सानो ठाँउमा सीमित
१। किसान मागुरमाडी मेचीनगर
२। सुरेल
३। कुशवाडिया
४। थुदाम
५। कुसुण्डा
६। बनकरिया
७। सियार
८। ताङ्वे
९। राजी
घ। बहुसांस्कृतिक ईलाका लगभग ९००
ङ। उपमहानगर पालिका तथा नगरपालिका लगभग ८० नेवाः क्षेत्रको महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाहरु भने नेवाः राज्य सरकारले निर्णय गरे अनुसार हुनेछ ।
Read more about this article as pdf file
More related news:
Special feature news: Once A Nepali Always A Nepali
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments
gud luck
soalteemagar
cheers