NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपाली आदिबासी जनजातिहरुको संघर्शको लामो र कस्टकर यात्राको नालिबेली PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Monday, 10 August 2009 06:17
काठमाडौं - बिश्व आदिवासि दिवस मनाउन लागेको १५ बर्ष भएपनि नेपाली आदिबासी जनजातिहरुको संघर्शको यात्रा भने लामो र कस्टकर रहेको छ।
तर अधिकारका आवज बुलन्द हुन लागेको भने धेरै भएको छैन । यसभन्दा अघि पनि अधिकार कुरा उठे । तर त्यसलाइ राजनितिक मुद्दासंग कहिले पनि जोडिएन । पछि यसलाई राजनितिक मुद्दासंग जोड्न थालियो । हुँदा हुँदा जातिय मुद्दाले राजनितिमा महत्व पायो की जातिय नारा बिना राजनितिक एजेण्डा नै अपुर्ण बन्ने अवस्था सृजना भयो । त्यस पछि मात्र जातिय अधिकारले बुलन्द हुने मौका पायो । यो अवस्था यतिकै सृजना भएको भने पक्का हैन । यो आधार तयार गर्न आदिवासि जनजातिले लामै संघर्ष गर्नु पर्यो ।
संबिधान सभामा अहिले २१९ आदिवासि जनजाति सभासद छन् । नया संबिधान निर्माण गर्ने अभिभार पाएका छन् उनीहरुले । मुलधारबाट अलग भनिएका समुदायबाट संबिधान निर्माणमा यति धेरैले प्रतिनिधित्व पाउनु निश्चय नै ठुलो उपलब्धी हो । यो उपलब्धी हासिल गर्न भने लामो संघर्ष गर्नु पर्यो आदिवासि जनजातिले ।
सन् १७७८ मा पल्लो किरातिका लिम्वुहरुले गरेका थिए पहिलो आदिवासि जनजाति आन्दोलन । उनीहरुले त्यस बेला भाषिक दमन बिरुद्ध आन्दोलन छेडेका थिए । पछि सन् १७९३ मा नुवाकोटका तामाङहरुले स्वशासनकालागि बिद्रोह गरे । सन् १८०८ मा भोजपुरका राइहरले भुमि अतिक्रमणको बिरुद्ध अन्दोलन गरे । सन् १८५८ मा लम्जुङका गुरुङहरुले स्वशासनको लागि लडे । त्यसपछि पालो आउछ नेपाल कै पहिलो सहिद लखन थापा मगरको बहादुरी । उनले १८७६ मा राणा शासन बिरुद्ध बिद्रोह गरे । यो बिद्रोह गोर्खामा भयो ।
त्यसपछि बिद्रोहको क्रम बढ्दै गयो । त्यस मध्ये दशै बहिस्कार आन्दोलन काठमाडौका नेवारहरुको भाषा आन्दोलन, चेपाङ किसानहरुको आन्दोलन आदी महत्वपुर्ण आन्दोलन हुन् । प्रजातन्त्र स्थापना पछि पनि यो क्रम चल्यो । पन्चायती कालमा आन्दोलन गर्न पइदैथ्यो । तर भित्र भित्रै आन्दोनल जारी थियो । पछि पन्चायती व्यवस्थाको पनि अन्त्य भयो ।
त्यसपछि बनेको संबिधानले नेपाललाई पहिलो पटक वहु जातीय, वहुभाषिक तथा वहुसाँस्कृतिक देशको रुपमा अङ्गिकार गर्यो । त्यसपछि आदिवासी जनजातिहरुलाई आफ्नो भाषा, संस्कृति तथा धर्म संस्कारको विकास तथा संरक्षण, संर्वद्धन गर्ने जातीय संघ-संस्थाहरु स्थापना गर्न सहज भयो । जातयि संघ संस्था खोल्न त दिइयो तर त्यसलाई राजनितिदेखि बिल्कुल अलग गरियो । त्यसैले मुलुकमा एकल जातिय निति नै लादन खोजीयो । पछि राज्यको निति नै त्यही अनुरुप निर्देशित भयो । मुलुक भित्रै मुलुकको मुलबासि राज्यबाट उपेक्षि रहने अवस्था आयो । पछि यही मुद्या ततकाली भुमिगत अवस्थामा माओवादीले प्रमुख राजनितिक मुद्दा बनायो ।
२०५८ सालमा जब राजा ज्ञानेन्द्रबाट मुलुकमा राजनितिक कु भयो । त्यसपछि जातिय मुद्यालाई अरु दलले पनि आबश्यकताको महसुस गरे । राजनितिक दलमा यो नाराले बहसको रुप लिदै थियो । उता आदिवासि जनजातिहरु संगठित भएर आन्देालित हुदै थिए । शान्ति सम्झौता पछि त झन जातिय अन्दोलनले अझ बुलन्द रुप लियो । हुँदा हुँदा जनआन्दोलन २०६२-६३ भयो । त्यस बेलादेखि जातिय आन्दोलन राजनितिक दललेसमेत आफ्नो मुख्य नाराको रुपमा लिनु पर्ने अवस्था भयो । फलत: अहिले आदिवासिहरु आत्म निर्णयको अधिकार, जातिय स्वाशासन र स्वयत्तता, समानुपातिक प्रतिनिधित्व, आएलओ १६९ को कार्यन्वयनको माग गर्ने अवस्था आएको छ ।
अहो, कत्रो लामो र घुमाउरो बाटो जनजाति आन्दोलनको? तर अझै पनि हिस्स पर्ने बेला छैन। हिस्स बुढी हरिया दाँत हुन बेर छैन फेरी पनि जनजातिहरु नयाँ बन्ने संबिधानमा आफ्नो हक अधिकारका माग सुनिस्चित गराउन सकेनन् भने सम्भब त: अर्को लामो र कठिन यात्रा र पर्खाइको बाटो कुर्नु पर्ने छ। त्यसो नहोस्।
-Anand Gurung in Kathmandu
Read our related news at:

For more news York Nepalese community news go to:
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌ (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"

Comments

avatar ABC
0
 
 
Ananda Jee,

Good recall of the past indigenous movement but you have forgotten to mention the role of ethnic organizations affiliated with NEFIN. Establishment of Tharu Kalyankari Sabha during Rana regime and struggles of NEFIN and afiliated ethnic organizations are big milestones which compelled the Bahun and Bahunbadis to think ethnic issues seriously. NEFIN itself has played vital role in different movements during multi party era. And still it is leading indigenous movement throught the country. Why do you forget these facts? Hope you will find the facts deeply in coming days and continue writing on indigenous issues.

Best wishes.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?