NEWS: बिबिसी नेपाली सेवा ::

Inside

बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Tuesday, 23 March 2010 02:19

बिशेष रिपोर्ट: बुटवल- नेपाली राजनीतिका नायक गिरिजाप्रसाद कोइरालाको निधनले सिङ्गो मुलुक नै अहिले शोकमा डुबेको छ । बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्? युएस नेपाल अनलाइनको बिशेष रिपोर्ट पढ्नुहोस्:



बामदेव क्षेत्री, एनेकपा माओवादी

मुलुकमा राजनैतिक नायकको अभाव खड्कियो । गिरीजाप्रसाद कोइरालाले जसरी एक भएर हिँड्ने बाटो देखाएका थिए त्यो बाटो देखाउने नेताको निधनपछि मुलुकमा जटिल अवस्था आएको छ । उनले सधैं आफ्ना लागि मात्रै नभएर देश र जनताका लागि गर्ने नेता भएकाले यस्ता नेताको अभाव खड्किएको छ । उनको सपना र सोचलाई टुङ्गोमा पर्याउन पनि दोश्रो तहका नेता जिम्मेवारी पूर्वक लाग्नु पर्दछ । अबको मुलुक हाँक्ने जिम्मेबारी पनि नेपाली कांग्रेसकै काँधमा आएको छ । त्यसैले नेपाली काँग्रेसका नेताहरु जिम्मेबारी पूर्वक एकताबद्ध हुनुपर्छ । उनको निधनले संविधान निर्माणमा निकै कठिन अवस्था आएको छ । ठूला दलहरु शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर्याउन र संविधान निर्माणमा जुट्नु पर्दछ ।

रामचन्द्र ढकाल, सभापति नेपाली कांग्रेस रुपन्देही

संविधान निर्माणमा जुट्नु पर्ने यो अवस्थामा नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको निधनले तोकिएको समयभित्र संविधान जारी गर्न अप्ठ्यारो परेको महशुस गरेका छौं । एउटा पार्टीलाई मात्रै नभएर सिङ्गो मुलुकलाई नै एकताबद्ध तरिकाले हिँडाउन सफल नेपाली राजनीतिका हस्ती कोइरालाको निधनले मुलुकलाई गंभीर संकट पारेको छ । शान्ति प्रकि्रया र गणतन्त्र स्थापना उनले पुर्याएको योगदानलाई हामी कसैले पनि बिस्रन सक्दैनौं र यो अवस्थामा उनले भन्दै हिँडेका सहमति सहकार्य र एकतालाई सबै राजनैतिक दलले गंभीरता पूर्वक रुपमा लिनु पर्ने अवस्था आएको छ भने उनको इच्छालाई पनि सबै दलले समयमै बुझेर पूरा गरिदिनु पर्ने देखिन्छ । संविधान बनाउनका लागि भनेरै सबै राजनैतिक दल लाग्ने हो र त्यसमै सबैको ध्यान जाने हो भने हामीले जनताको चाहना अनुरुपको संविधान बनाउन पनि सक्छौ तर यसका लागि सबैले अर्जुन दृष्टि लगाएर काम गर्नु पर्ने अवस्था छ ।

लिला गिरी, अध्यक्ष नेकपा एमाले रुपन्देही

नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला सबैलाई संयोजन गरेर लैलान सक्ने व्यक्तित्व हुन् । उनको यो निधनले गर्दा मुलुकलाई गंभीर संकट पुगेको छ भने शान्ति प्रकि्रयालाई पनि तार्किक निष्कर्षमा पुर्याउन पनि निकै कठिन हुने देखिएको छ । शान्ति प्रकि्रयालाई पूर्णता दिन तर्फ लागेका र सबैलाई मिलाएर लैजान क्षमता भएका व्याक्तिको निधन पश्चात सहमतिको राजनीति हुनेमा पनि शंका उब्जाएको छ । सदाका लागि शान्ति पाउने आशामा बसेको मुलुक नेपालले उनको निधन पछि यो आशा पनि हराएर गए जस्तो महशुस गरेका छौं भने सहमतिमा लैजाने नेताको पनि खाँचो भएको छ ।

मुलुकमा तोकिएको समयभित्र संविधान जारी गर्न र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन पनि कठिन हुने देखिएको छ । देशलाई अगाडि बढाउने जिम्मेबारी सबै राजनैतिक दलको काँधमा आएकाले सबै जिम्मेबार बन्नु पर्ने बेला आएको छ ।

सागरप्रताप राणा, अध्यक्ष राप्रपा रुपन्देही

मुलुकले राजनैतिक अभिभावक गुमाएको छ । उनले सबैलाई मिलाएर लगेका थिए उनको निधनपछि मुलुकलाई कसरी अगाडि बढाउने हो भन्ने समस्या रहेको छ । उनले शान्ति र संविधानलाई निष्र्कषमा पुर्याउन दिएको योगदानको कदर गर्दै मुलुकलाई अगाडि बढाउन र मुलुकमा शान्ति स्थापना गर्न तत्कालीन अवस्थामा सहमतिको बाटोमा जानु पर्ने छ । उनले सुरु गरेका र पूरा हुन नसकेका कामहरुलाई संवेदनशील भएर काम गर्नुपर्ने छ । उनले देखाएको बाटो र पाठ सिक्दै जानु पर्दछ ।

पशुपति भन्डारी, अधिवक्ता

प्रजातान्त्रिक आन्दोलनका अभिन्यता नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले नेपाली राजनीतिमा एउटा इतिहासको दुःखद् समापन भएको छ । संविधान निर्माण र शान्ति प्रकि्रयाको यो अवस्थामा कोइरालाको नेतृत्वदायी भूमिका अझ आवश्यक रहेको घडीमा भएको असामायिक निधनले हामी सबैलाई मर्माहत तुल्याएको छ । फुटेर होइन जुटेर अगाडि बढ्नुपर्ने यो समयमा उनीप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्नका निम्ति समेत हामी सबैले सहमतीय राजनीतिको अभ्यासलाई अगाडि बढाउनै पर्दछ तबमात्र संविधान निर्माण शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउने जस्ता महत्वपूर्ण अभिभारा पूरा गर्न हामी सक्षम हुनछौं ।

राजेश ज्ञवाली, सह-महामन्त्री नेवि संघ

प्रजातन्त्रको स्थापना एवं सुदृढीकरणका निम्ति अनवरत जीवन प्रयत्न निरन्तर कि्रयाशील रहँदै आएका नेता गिरिजाप्रसाद कोइरालाको निधनले ठूलो क्षति पुग्न गएको छ । शान्ति स्थापना एवं संविधान निर्माणको विषयमा देखिएको अन्यौलताको यो समयमा उनलाई गुमाउनु पर्दा साँच्चिकै हामीले यतिखेर अभिभावकत्व गुमाएका छौं । उनको योगदान सदैव सम्मान योग्य रहने छ । अब हामीले हाम्रा चुनौतिहरु सामना एक भएर गर्नै पर्छ तबमात्र हामीले कोइरालाको उद्देश्य पूरा गर्न सक्दछौं ।

शवराम त्रिपाठी, जिल्ला अध्यक्ष सद्भावना पार्टी

गिरिजा प्रसाद कोइराला मर्नु भनेको अहिले साह्रै दुःखको कुरा हो । उनले राष्ट्रको लागि जनआन्दोलनमा खेलेको भूमिका प्रशंसनीय छ । माओवादीलाई जनयुद्धबाट अहिलेको स्थितिमा ल्याउन उनको ठूलो भूमिका छ । साथै संविधान निर्माणका लागि सम्पूर्ण दलहरुलाई एकबद्ध गरेर अगाडि बढाउन भूमिका खेलेको हुनाले आज देशलाई अतुलनीय क्षति भएको छ । उनको मृत्युले देश कतातिर अघि बढ्ने हो थाहा पाउन सक्ने स्थिति छैन ।

कमल अर्याल, विद्यार्थी बुटवल बहुमुखी क्याम्पस

गिरिजाप्रसाद कोइराला राम्रो मान्छे थिए । पुराना अग्रणी र देशलाई राम्रो बाटोमा लैजान खोज्ने उनले केही विकास पनि गरेका थिए । देशलाई केही क्षति हुन्छ ।

शोभाखर भटराई, सर्वसाधारण

गिरिजाप्रसाद कोइराला अरु पार्टीसँग मिलेर जान सक्ने नेता हुन्  । उनी भएको भए शान्ति प्रकि्रयाको केही सम्भावना हुन सक्थ्यो । तैपनि अहिले असहमतिको राजनीति छ र मैले तत्काल सहमतिमा जाने देख्दिन । सबै सरकार बनाउने र गिराउने खेलमा छन् । हो नेपालले एक होनहार प्रजातान्त्रिक सपुत गुमाएको छ । तर उनी हुँदैमा शान्ति प्रकि्रया निष्कर्षमा पुग्ने भन्ने हुँदैन । उनी बाँचेको भए उनको आफ्नो पार्टीलाई राम्रो हुन्थ्यो । उनको मृत्युसँगै पार्टी गुट-उपगुटमा बाँडिने प्रवल सम्भावना देखिन्छ ।

कलाधर पन्थी, फलफूल व्यापारी

गिरिजाप्रसाद कोइराला एक नेता हुन् । उनले हामीहरुको लागि भनेर छुट्टै केही नगरे पनि समग्र देश र देशवासीका लागि गरेको योगदानलाई सबैले कदर गर्नै पर्दछ । यसमा हामीहरु पनि दुःख लागेको छ । हामीले रिक्सा चलाउने भएपनि देशमा शान्ति सुरक्षा कायम भएको भए यहि रिक्सामा पनि रमाउने स्थिति आउन सक्दथ्यो । हुन त हामीले १ दिन रिक्सा नचलाए चुल्हो बल्दैन तर देशको परिस्थिति हेर्दा अब रिक्सा पनि सुखले चलाउन पाइने हो कि होइन भन्ने पिर लागेको छ ।

-Chandrakant Khanal in Butwal

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?