NEWS: बिबिसी नेपाली सेवा ::

Inside

अमेरिकी राष्ट्रपति ओबामा र संरासं महासचिव मुनलाई प्रधानमन्त्री नेपालले सगरमाथाको ढुंगा उपहार दिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 20 September 2009 10:27
काठमाण्डौ- संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्कतर्फ जान लागेका प्रधानमन्त्री माधबकुमार नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विश्वको सर्वोच्च शिखर सगरमाथाको ढुंगा उपहार स्वरुप दिने भएका छन्।

सगरमाथा आरोही आप्पा शेर्पाले सगरमाथा चढ्ने क्रममा टुप्पोबाट ल्याएको सगरमाथाको ढुङ्गा ओबामालाई उपहार स्वरुप दिन लागिएको हो ।

विश्वव्यापी उष्णताको असर हिमालहरुमापनि परेको छ । त्यसैले समय नआइकनै हिउँ पग्लन थालेका छन् । सगरमाथा आरोहीहरु सगरमाथाको टुप्पोमा पुग्दा यसअघि हिउँ नै हिउँ हुने गरेकोमा विश्वव्यापी उष्णताका कारण हिउँ पग्लेर त्यहाँ ढुङ्गा भेटिन थालेको बताउँछन् । पहिल्लो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले उष्णताका कारण हिउँ पग्लेर भेटिएका केही ढुङ्गा लिएर आएका हुन् ।

हिमश्रृङ्खलाको वास्तविक अवस्था दर्शाउन नेपाली प्रधानमन्त्रीको तर्फबाट ओबामालाई सगरमाथाको ढुङ्गा दिने कार्यक्रम बनाइएको प्रधानमन्त्री निकट श्रोतले बताएको छ । सगरमाथा आरोही शेर्पाले संकलन गरी ल्याएको ढुङ्गा शुक्रबार विहान प्रधानमन्त्री नेपाललाई दिइसकिएको छ । प्रधानमन्त्री नेपालले ओबामाकै हातमा उपहार स्वरुप ल्याइएको ढुङ्गा दिने बताएका छन् ।

जानकारी अनुसार, ओबामालाई उपहारस्वरुप दिइने ५० ग्रामको सो ढुङ्गाको रंग भने कालो र खैरो छ । ढुङ्गा आयाताकारको छ । प्रधानमन्त्री नेपालले ओबामालाई यही असोज ९ गते भेट्दैछन् । संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाईपनि प्रधानमन्त्री नेपालले सगरमाथा आरोही शेर्पाले ल्याएको अर्को ढुङ्गा उपहारस्वरुप दिने भएका छन् । यसअघि नेपालका प्रधानमन्त्रीहरुले पशुपतिनाथा वा बुद्धको मूर्ति उपहारस्वरुप दिने गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?