NEWS: बिबिसी नेपाली सेवा ::

Inside

न्यूयोर्कमा दक्षिण एसियाली मुलुकहरुका विदेशमन्त्रीहरुको बैठक अमेरिकाको हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 15 September 2009 09:25
काठमाडौं- नेपाल सहित दक्षिण एसियाली मुलुकहरुका विदेशमन्त्रीहरुको बैठक अमेरिकाको न्यूयोर्कमा हुने भएको छ ।

यो बैठक यही असोझ ९ गते त्यहाँ हुनेछ । सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक न्यूयोर्कमा किन होला ?

मंगलबारदेखि सुरु हुन लागेको संयुक्त राष्ट्र संघको ६४ औं महासभामा भाग लिन सबै सार्क राष्ट्रका बिदेशमन्त्रीहरु न्यूयोर्क जाने भएकाले उनीहरुको बैठकपनि न्यूयोर्कमै हुन लागेको हो । नेपाली विदेश परराष्ट्र मन्त्री सुजाता कोइराला असोझ ४ गते न्यूयोर्क जाँदैछिन् ।

सार्कको १६ औं शिखर सम्मेलनकालागि बैठक कोलम्बोमा हुने भएपनि यसबीचमा सबै विदेशमन्त्रीहरुको समय नमिलेकाले विदेशमन्त्रीहरुको बैठक न्यूयोर्कमा हुन लागेको हो । सार्क शिखर सम्मेलन आगामी जुलाईमा भूटानको राजधानी थिम्पुमा हुँदैछ ।

सार्क विदेशमन्त्रीहरुको बैठकमा कार्यान्वयनमा रहेका सार्क योजनाहरुका बारेमा छलफल हुने बताइएको छ । सार्क फ्री ट्रेड एरिया, सार्क सडक सन्जाल, सार्क विश्व विद्यालय आदिकाबारेमा सो बैठकमा छलफल हुने जानकारी श्रोतले दिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?