NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गिरिज पुत्री सुजाताद्वारा स्व. गिरिजाप्रसाद कोइरालाको १३ औं पुन्यतिथिका अवसरमा सार्वजनिक निमन्त्रणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 28 March 2010 17:46

काठमाडौं- दिवंगत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं पुन्यतिथिमा आयोजित हुने कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सार्वजनिक आव्हान गरेकी छन् ।

१३ औं पुन्यतिथिका अवसरमा कोइरालाले पशुपतिको बनकालीमा पुन्यतिथिको कार्यक्रम आयोजना गरेकी छन् । कोइरालाको अन्तिम संस्कारमा सहभागी सबैलाई सो कार्यक्रममा आमन्त्रण गरेकी छन् ।

कोइरालाको अन्तिम संस्कारमा हजारौं सहभागी भएका थिए । उनले ती सबैलाई आमन्त्रण गरेकी छन् । यो कार्यक्रमलाई उनले राजनीतिमा आफ्नो प्रभाव बढाउने अवसरको रुपमा प्रयोग गर्न खोजेकी छन् । स्व. कोइरालाले प्राप्त गरेको राजनीतिक उचाई र उनको निधनका कारण छोरी सुजाताप्रति सहानुभूतिपनि बढ्न गएको छ । उनी यही सहानुभूतिलाई राजनीतिक सम्पत्तिमा बदल्ने योजनामा छिन् ।

सुजाता निकट श्रोतका अनुसार उनले यही चैत १९ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म पशुपति बनकालीको हंसमण्डपमा पुण्यतिथि कार्यक्रममा आमन्त्रण गरेकी छन् । सो कार्यक्रममा कुटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दल र तिनका भातृ संगठनसम्बद्ध नेता, कार्यकर्ता, सरकारी, कर्मचारी, पत्रकार लगायत उद्योगी-व्यवसायीलगायतलाई सहभागी हुन कोइरालाले बिज्ञप्तीमार्फत् सावैजनिक आग्रह गरेकी हुन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?