NEWS: बिबिसी नेपाली सेवा ::

Inside

तामाङ स्वायत्तता माग गर्ने २ सभासदहरु र दर्जनौं कार्यकर्ताहरु गिरफ्तार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 22 July 2009 18:29
काठमाडौं - सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको विरोधमा ताम्सालिङ संयुक्त संघर्ष समितीले आयोजना गरेको बन्दको क्रममा विभिन्न ठाँउबाट सभासद् सहित दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ परॆका छन् भने एक दर्जन भन्दा वढी घाईते भएका छन् ।
धादिङको खत्री पौवामा साउन ७ गते २ जना तामाङ सभासद सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको क्रममा सभासदद्वय बिरबहादुर तामाङ र सन्तमाया तामाङ लगायतकालाई प्रहरीले पक्राउ गरॆको ताम्सालिङ संयुक्त संर्घष समितीले जनाएको छ ।
यसैगरी चितवनको विभिन्न स्थानमा प्रहरीसंग झडप हुँदा १४ जना ताम्सालिङका नेता तथा कार्यकर्ता घाइते भएका छन् भने दर्जनौलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको नारायणगढ र भण्डारामा १४ जना घाइते भएका छन् । प्रहरीको कुटाईबाट ताम्सालिङ संयुक्त संघर्ष समितीका चितवन इन्चार्ज दावा लामाको खुट्टा भाँचिएको छ । दावा लामा नेकपा एमालेका क्षेत्रीय सदस्य हुन् ।
प्रहरीले वल प्रयोग गरेर चितवनको विभिन्न ठाउँमा अवरुद्ध सडक सुचारु गराएको वताईएको छ । सरकारसँग भएको १९ बुँदे सहमति कार्यवन्यन नभएको विरोधमा ताम्सालिङ संयुक्त संर्घष समिती आबद्ध कार्यकर्ताले पृथ्वी राजमार्गको नौविसे मुग्लीन, त्रिभुवन राजपथको नागढुङगा, नौवीसे र कालुपाँडेमार्गको मलेखु, धादिङ बेसी सडक खण्ड बन्द गराएका छन् ।
जातिय आधारमा राज्यको पुनरसंरचना गरी ताम्सालिङ स्वायत्त प्रदेश सुनिश्चित गर्नु पर्ने मुख्य माग गदै उनीहरुले विगत तीनदेखि लगातार प्रर्दशन गर्दै आएका छन् । यसअघि उनीहरुले सोमबार पासाङलामु  तथा मंगलबार अरनीको र बिपी राजमार्ग बन्द गराएका थिए ।
-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?