NEWS: बिबिसी नेपाली सेवा ::

Inside

शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Sunday, 21 March 2010 05:12

भारतबाट बिदेश मन्त्री, अर्थ मन्त्री, लोक सभाका अध्यक्ष लगायत नेताहरु अन्तिम बिदाइकालागि आईपुगे
Exclusive 13 photos of funeral possession: काठमाडौं- नेपाली राजनीतिका शीर्ष पुरुष तथा शान्ति प्रकृयाका महानायक नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपाली नागरिक तथा विदेशीहरुले अन्तिम सम्मान प्रकट गरेका छन् ।



Prime Minister Madhavkumar Nepal honouring former Prime Minister late Girija P. Koirala at Dasharath Stadium in Kathmandu. Photos: Khushi Rai


पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको चैत ८ गते अन्तिम संस्कार गिरंदैछ । उनको चैत ८ गते सूजाता निवास मण्डिखाटारमा निधन भएको थियो । सरकारका तर्फबाट प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय झण्डा ओढाएर कोइरालाप्रति अन्तिम सम्मान र श्रद्धान्जली प्रकट गरे  ।

छोरी सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासबाट कोइरालाको पार्थिब शरीरलाई आइतबार बिहानै सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र त्यहाँबाट शहीद दशरथ रंगशाला लगिएपछि त्यहाँ विभिन्न पार्टीका नेता-कार्यकर्तालगायत हजारौं सर्वसाधारणले कोइरालाप्रति अन्तिम श्रद्धान्जीली प्रकट गरेका हुन् ।


रंगशालाभित्र कोइरालालाई श्रद्धान्जलीकालागि लामबद्ध समूह Photos: Sitaram Baral

कोइरालाको पार्थिब शरीरलाई आइतबार बिहानै मण्डिखाटारस्थित निवासबाट पार्टी कार्यालय पुर्याइएको थियो । पार्टीका नेता, कार्यकर्ताद्धारा श्रद्धान्जलीकालागि करिव एक घण्टा त्यहाँ राखिएपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला राखिएको थियो । रंगशालामा लैजाने क्रममा बाटा बाटामा हजारौं जनताले उनलाई पुष्पगुच्छा चढाएर अन्तिम विदाई गरेका थिए । त्यसपछि रंगशालामा राखिएको कोइरालाको पार्थिब शरीरमा अन्तिम श्रद्धान्जली दिनेको घुँइचो लागेको छ । चर्को घाममा बालकदेखि बृद्धसम्म स्व. कोइरालालाई अन्तिम श्रद्धान्जली दिन लाइनमा छन् ।


Photos: Khushi Rai

कोइरालालाई फूलमाला सहित श्रद्धान्जलीकालागि दुई वटा लाइनको व्यवस्था गरिएको छ । एउटा लाइन शहीद गेट हुँदै मिलाइएको छ भने अर्को लाइन थापाथली पुलदेखि छ । दुवैतिरकालागि निकै लामा देखिन्छन् । कोइरालाको शवयात्रा दिउसो दुई बजेदेखि सुरु हुने भएकाले लाइनमा बस्ने सबैले अन्तिम श्रद्धान्जली दिन नपाइने हो कि भनेर चिन्ता व्यक्त गरिरहेका देखिन्छन् । लाइनमा बस्ने नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरले पार्टीको झण्डा तथा कोइरालाको तस्वीर बोकेका देखिन्छन् ।


UNMIN Chief Karin Landgren. Photos: Khushi Rai

तर कोइरालालाई अन्तिम श्रद्धान्जली दिन लाइनमा बस्नेहरुमा पार्टी बाहिरकाहरुपनि प्रसस्त छन् । पछिल्लो समयमा कोइरालाको व्यक्तित्व पार्टीभन्दा माथि उठेकाले उनले सबै नेपालीको सहानुभूति र समवेदना पाएका छन् । बृद्ध कांग्रेसजनहरु आँखामा आँसु टल्पलाउँदै लाइनमा बसेका देखिन्छन् । कोइरालाको अनुपस्थितिमा शान्ति प्रकृयाको भविष्य के हुने हो भन्ने चिन्ता सबैमा देखिन्छ । बाटो बाटो चोक चोकहरुमा सबैले यसै विषयमा कुराकानी र चिन्ता प्रकट गरिरहेको भेटिन्छ ।


Photos: Sitaram Baral

दशरथ रंगशालामा राखिएका स्व. कोइरालालाई कोईरालाको पार्थिव शरिरमा प्रधानमन्त्री नेपाल, पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रमुख लगायतले अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।

समाजका बिभिन्न क्षेत्रका व्यक्तित्व र नागरिकले अन्तिम श्रद्धान्जली दिने क्रम चलिरहेको छ । कोइरालाको पार्थिव शरीरलाई बिहान छोरी सुजाताको निवास मण्डिखाटारबाट पार्टी कार्यालय सानेपामा लगिएको थियो । त्यहाँ झण्डै दश मिनेट राखेर उहाँको पार्थिव शरिर रंगशाला पुर्याईएको हो । शव यात्राका लागि काँग्रेसका कार्यकर्ता काठमाण्डू बाहिरबाट काठमाण्डू आउने क्रम चलिरहेको छ । अन्तिम श्रद्धान्जली र शवयात्रामा सहभागी हुन दशौं हजार नागरिक दशरथ रंगशालामा भेला भएका छन् ।


Photos: Sitaram Baral

भारत सरकारले कोइरालाप्रति श्रद्धान्जली प्रकट गर्न तथा उनको अन्त्येष्टी भाग लिन एक बिशेष प्रतिनिधि मण्डल नेपाल पठाएको छ । भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेतृत्वमा भारतीय अर्थमन्त्री प्रणव मुखर्जी, लोकसभाका अध्यक्ष मिरा कुमार, राष्ट्रिय कांग्रेसका नेता डीपी त्रिपाठी, भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ िसंह लगायतका राजनीतिक नेताहरु १२ बजे विशेष बिमानबाट काठमाडौं आइपुगेका छन् । भारतीय नेताहरुले नेपालले एक राजनेता गुमाएको बताएका छन् । उनीहरुले कोइरालालाई तेस्रो विश्वकै नेता भएको टिप्पणी गरे । भारतीय नेताहरुले कोइरालाले शान्ति प्रकृयामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै नेपालका नेताहरुले नै जारी शन्ति प्रकृया टुङ्गोमा पुर् याउने विश्वास व्यक्त गरेका छन् । अन्त्येष्ठी कार्यक्रममा भाग लिएर यो टोली अपरान्ह पाँच बजे नयाँदिल्ली फर्कनेछ ।


Photos: Khushi Rai

कोइरालाको शब यात्रा रंगशालाबाट रत्नपार्क, बागबजार, डिल्लीबजार मैतिदेवी, पुरानो बानेश्वर, बत्तिसपुतली, गौशालामासमेत हजारौंको भीड लागिसकेको छ ।

कोइरालाको पार्थिक शरीरलाई अहिले केही बेर पछि दशरथ रङ्गशालाबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । दिउँसो २ बजे पछि नै शव यात्रा गरिने भनिए पनि श्रद्धान्जली दिने क्रम नसकिएकाले एक घण्टा थप गरी अहिले केही बेर पछि शव यात्रा गर्न लागिएको हो । शव यात्रा दशरथ रंगशालाबाट न्युरोडगेट, रत्नपार्क, बागबजार, पुतलीसडक, डिल्लीबजार, मैतिदेबी चोक, पुरानो बानेश्वर, बत्तीसपुतली, गौशाला हुँदै पशुपति आर्यघाट लगिनेछ । शव यात्राका क्रममा ती रुटहरुमा गाडी नचलाउन गृहमन्त्रालयले सबैसंग आग्रह गरेको छ ।

उहाँको पार्थिव शरिरमा छोरी सुजाताले दागबत्ती दिनुहुनेछ ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टी गरिनेछ । स्वर्गीय कोइरालाको सम्मानमा आजदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने छ भने चैत ८ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

-Sitaram Baral & Santa Bagam in Kathmandu
Photos: Sitaram Baral & Khushi Rai

Photos: Sitaram Baral

Photos: Sitaram Baral


Photos: Khushi Rai


Photos: Khushi Rai


Photos: Khushi Rai

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?