| मेरा दु:ख ले आर्ज्याको" यो सरकार नहुँदाखेरिको पीडा कस्तो हुदो रहेछ हेरौं |
|
|
|
| Written by Sitaram Baral | |||
| Tuesday, 09 June 2009 17:07 | |||
|
काठमाण्डौं - अरुको भर परेर सत्तामा जाँदा कति दुख पाइँदो रहेछ भन्ने कुरा बल्ल एमालेका नेताहरुले बुझ्न थालेका छन् ।
माधब नेपालले प्रधानमन्त्री पदको शपथ खाएको १८ दिन बितिसक्दापनि मन्त्री मण्डललाई पूर्णता दिन नसकेपछि र सत्ता साझेदार दलहरुबीचको असहमति ज्युँकात्युँ रहेपछि एमाले नेताहरु सत्तामा बसेर पार लगाउन नसकिने रहेछ भन्ने कुराको अनुभूति गर्न थालेका हुन् । नेपाली कांग्रेस र साना दल भएपछि सबै कुरा गर्न सकिन्छ भन्ने सोचाइमा रहेका एमाले नेताहरु माओवादी समक्ष नेपाली कांग्रेसले सरकार गठनका क्रममा निकै दुख दिएको बताउनसमेत थालेका छन् । यो स्थितिमा माओवादी र एमालेभित्रको अध्यक्ष झलनाथ खनाल एबं माधब नेपाल समूह नयाँ समीकरण निर्माणको प्रकृया आरम्भ भए अनौठो नमाने हुन्छ । गठबन्धन दलहरुले मंगलबारपनि सरकारलाई पूर्णता दिनकालागि मन्त्री मण्डलको भागबण्डामा सहमति जुटाउन सकेनन् । एमाले र नेपाली कांग्रेसबीच भएको मंगलबारको वार्तामा नेपाली कांग्रेसले आफूलाई ७ मन्त्रालयको माग गरेको जानकारी श्रोतले दिएको छ । आफूभन्दा कम सिट रहेको एमालेले प्रधानमन्त्रीका अलवा ६ मन्त्रालय पाएपछि आफूलेपनि ७ मन्त्रालय पाउनुपर्ने नयाँ दावी नेपाली कांग्रेसले गरेको जानकारी श्रोतले दिएको छ । महत्वपूर्ण मन्त्रालयमाथिको दुवै दलको दावी जारी रहेकालेपनि उनीहरुबीच कुनै सहमति जुट्न सकेन । तमलोपासँगपनि एमालेको कुनै सहमति जुट्न सकेन । सरकारमा कसलाई पठाउने भन्ने बारेमा एमालेभित्रैपनि सहमति जुट्न सकेको छैन । कतिसम्म भने मन्त्री मण्डलमा पठाइने नामकाबारेमा छलफल गर्न बसेको एमाले केन्द्रीय कमिटीको मंगलबारको बैठकमा यस विषयले मंगलबार प्रबेश नै पाएन । सरकारलाई पूर्णता दिन मन्त्री परिषद्मा पठाइने नामका बारेमा छलफल गरी निर्णय गर्नुपर्ने भएपनि पार्टीका नेताहरुको कार्यविभाजनकाबारेमात्र नेताहरुले छलफल गरे । सोमबारको स्थायी समितिको बैठकमा नामका बारे नेताहरुबीच विवाद भएपछि यो विषय मंगलबारको केन्द्रीय कमिटीको बैठकले टुङ्ग्याउने सहमति भएको थियो । एकातिर पार्टीभित्रै विवाद छ भने अर्काेतिर सरकारलाई पूर्णता दिन करिव १५ दिनसम्म नेपाली कांग्रेससँग भएको सहकार्यपछि एमालेका नेताहरु नेपाली कांग्रेससँग असन्तुष्ट देखिन थालेका छन् । 'यस्तै चाला हो भने नेपाली कांग्रेससँगको सत्ता समीकरण लामो समय जान सक्दैन भन्ने निष्कर्षमा पार्टीका शीर्ष नेताहरु पुग्न थालिसकेका छन्' एमालेका एक केन्द्रीय सदस्यले भने- 'आफूले भने बमोजिम भएन भने कांग्रेसले सरकार ढाल्ने सम्भावना देखिन थालिसक्यो ।' कांग्रेसको सुशील कोइराला र रामचन्द्र पौडेल समूह सरकारप्रति असहयोगी देखिन थालेको एमालेका नेताहरुले अनुभूति गर्न थालेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा पक्ष सरकारमा हावी भएकाकारण कावा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल सरकारलाई पूर्णता दिने सम्बन्धमा मौन बस्न थालेको छ । मन्त्री मण्डललाई पूर्णता दिने सम्बन्धमा कोइराला निवासमा हुने बैठकहरुमा यो पक्ष सहभागी हुने गरेको छैन । महामन्त्री कूलबहादुर गुरुङ्ग पक्षपनि कोइराला पुत्री सुजाता कोइरालाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाइए यता मौन छ । कांग्रेसको ठूलो पंक्ति यसरी मौन बस्न थालेपछि एमालेकालागि महत्वपूर्ण मन्त्रालयमामाथि आफ्नो दावी पेश गर्न सजिलो भएको छ । सभापति कोइराला-बरिष्ठ नेता देउवा पक्षलाई साथ लिएर अघि बढ्यो भने सुशील कोइराला-रामचन्द्र पौडेल-कूलबहादुर गुरुङ्ग पक्ष रिसाएर सरकार ढाल्ने कृयाकलापमा संलग्न होला भन्ने डर, यो पक्षलाई साथ लिएर अघि बढ्न खोज्यो कोइराला-देउवा पक्षले सरकार ढालिदेला भन्ने डर । सत्तामा जाने सम्बन्धमा कांग्रेसमा गम्भीर विवाद सिर्जना भएपछि त्यसले एमालेलाई निकै अप्ठेरोमा पारेको छ । ढिलो चाँडो कांग्रेसको एउटा खेमा सरकार ढाल्ने खेलमा सकृय हुने सम्भावना देखिन थालेपछि एमाले नेताहरु माओवादीको दैलो ढक्ढक्याउन थालेका छन् । संविधान सभामा देखिएको गतिरोध अन्त्यकालागि छलफल गर्ने भन्दै एमाले नेताहरु मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता डा. बाबुराम भट्टराई, मोहन बैद्य किरण लगायतका नेताहरु बुधबारदेखि सुरु हुने माओवादी पोलिटब्यूरो बैठककालागि छलफल गर्न बसेको गोदावरी भिलेज रिसोर्ट पुगेका थिए । जानकारी अनुसार उनीहरुले कांग्रेसबाट असहयोग सुरु भैसकेको संकेत गर्दै सरकारलाई सहयोग गर्नकालागि माओवादीसँग आग्रह गरेका थिए । एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधब नेपाल यस्तो आग्रहका साथ गोदावरी पुगेका थिए । कांग्रेसको असहयोग सुरु भैसकेको बताउँदै सहयोग गर्न आग्रह गरेपछि माओवादी पक्षले राष्ट्रपतिको असम्बैधानिक कदम सच्याउन र नागरिक सर्वाेच्चता कायम गर्न एमाले सहमत भएमा सहयोग गर्न तैयार रहेको बताएका थिए । जानकारीअनुसार राष्ट्रपतिको असम्बैधानिक कदम कुनै हिसावले सच्याउन प्रधानमन्त्री नेपाल र एमाले अध्यक्ष खनाल सहमत देखिएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश ले मंगलबार भएको सहमति कार्यान्वयन भए त्यो ऐतिहासिक हुने बताएर त्यहाँ महत्वपूर्ण सहमति भएको जनाउ दिएका छन् । एमालेभित्रकै ओली समूहले विरोध गर्ने भएकाकारण गोदावरी बैठकमा भएको सहमति सार्वजनिक नगरेको अनुमान गरिएको छ । सो बैठकमा ओली लगायत उनी पक्षका कुनैपनि नेतालाई सहभागी गराइएको थिएन । बैठकमा प्रधानसेनापतिका सम्बन्धमा कुनै निर्णय भएको अनुमान गरिएको छ । त्यो सहमति विवादास्पद प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने विषयमा भएकोपनि हुन सक्छ । सेनाको आडमा रक्षामन्त्री विद्या भण्डारीले प्रधानमन्त्रीलाई समेत टेर्न छाडेपछि र पूर्ववर्ती सरकारले कामु प्रधानसेनापति बनाएका कूलबहादुर खड्काले आफूलाई भेटेको बिषयलाई आधार बनाएर जङ्गी अड्डाले कोर्टमार्शल प्रकृया थालेको प्रचार गर्न थालेपछि कटवालसँग प्रधानमन्त्री नेपालपनि सशंकित बन्न थालेका छन् । सेना र विदेशीको आडमा आफूलाई सरकारबाट हट्न बाध्य पारिएको एक महिनामात्र बितेकाले माओवादी सरकारमा जाने मनस्थितिमा छैन । तर उसकालागि कांग्रेस र एमालेबीचको गठबन्धनलाई तोड्नु भने जरुरी देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरमभित्रभित्रको दक्षिणपन्थी समूहबीचको बढ्दो एकतालाई माओवादीले आफ्नोलागि खतराको विषय मानेको छ । राजावादी पार्टी राप्रपा, राप्रपा नेपाल र जनशक्ति पार्टीसमेतको सहभागी भै बनेको यो दक्षिणपन्थी गठबन्धनलाई तोड्दै आफू सरकारमा सामेल नभई आफ्नो समर्थनमा सरकार चलाउन सक्ने गठबन्धन निर्माण गर्न भने माओवादी इच्छुक छ । यस्तो गठबन्धन निर्माण गरी आफ्नो समर्थनमा सरकारमा पठाउन सके सेनाको आडमा आफूमाथि हुनसक्ने दमन रोक्न र शान्ति प्रकृयाको सबैभन्दा जटिल कार्य सेना समायोजन गर्न सकिने विश्लेषण माओवादीको छ । -Sitaram Baral in Kathmandu
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments