NEWS: बिबिसी नेपाली सेवा ::

Inside

"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa & Sitaram Baral   
Saturday, 20 March 2010 16:36

Exclusive: काठमाडौं/न्यू योर्क- राजनीतिक गतिरोध अन्त्यकालागि गठन गरिएको राजनीतिक संयन्त्रको प्रमुखसमेत रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८६ बर्षको उमेरमा शनिवार निधन भएपछि कोइरालाले छाडेर गएको अघोशित "राष्ट्रपिता" को रिक्त स्थान भर्ने नेताको खोजी हुन थालेको छ ।


एक्लो तारा: Prime Minister Girija Prasad Koirala at the CA Hall. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

अघोशित "राष्ट्रपिता"

राष्ट्रपति डा. रामबरण यादबले वास्तवमा यतीखेर गिरिजा बाबुले छोडेर गएको त्यो "राष्ट्रपिता" को पद र मर्यादा ओगट्नु पर्थ्यो। तर उनले गिरिजा बाबुको जीवनपर्यन्त कहिल्यै आफुलाई त्यसरी उभ्याउन सकेनन्।  काँग्रेसका महामन्त्री भएका मान्छे राष्ट्रपति बनेको भएर होला भाग्यले राष्ट्रपति बन्ने मौका पाएर पनि डा. यादब जहिले पनि काँग्रेस सभापति कोइरालाको छाँयाबाट बाहिर निस्केर "म "राष्ट्रपिता" हुँ" भन्न र बन्न सकेनन्।

President Dr. Rambaran Yadav taking oath of his post while PM Koirala looks on. Photos: USNepalOnline archive file. Photos were published at USNepalOnline.com with photo credits.

गिरिजा बाबु कुनै पदमा नरहेर पनि देशको अघोशित "राष्ट्रपिता" र राजनीतिक शक्तीको केन्द्र बिन्दु बन्न सक्नु उनको राष्ट्रपितामय ब्यक्तित्व कै कारण हो।

आफ्ना दाजु पूर्व प्रधानमन्त्री बिश्वेस्वरप्रशाद कोइरालाको भलै बहुमुखी प्रतिभा र बिद्वता होला तर गिरिजा बाबु नेपाली राजनीतिका एक अपरिहार्य र सर्ब शक्तिमान राजनेता बनेरै छाडे।

नाम बदनाम

२०४७ को जन आन्दोलनका सर्बमान्य नेता गणेशमान सिंहको उचाइ र त्यागसंग गिरिजा बाबुको सत्ता र कुटुम्ब मोहलाई भने दाँज्न मिल्दै मिल्दैन। तर उनी सबैभन्दा हक्की र सिधा नेता हुन् जसले जो उनको वरीपरी सहयोगको याचना लिएर गयो उनले तथास्तु भनेपछि काम फत्ते हुन्थ्यो। उनको यही बानिको कारण उनी बेलाबेला बदनाम पनि भए।

एमाले र काँग्रेसका कतिपय नेताहरुले भ्रस्टाचार गरी अकुत सम्पत्ती र अलिशान भवन निर्माण गर्दा पनि त्यो कुरामा गिरिजा बाबुलाई औंला ठड्याउने बाटो बिरलै भेटिन्छ।

जङ्गलबाट सदनमा ल्याउने सुत्राधार

गिरिजा बाबु यस्ता ब्यक्ती हुन् जो कम्युनिस्टको सबैभन्दा ज्यानी आलोचक थिए एक जमानामा। तर उनी त्यही ब्यक्ती हुन् जस्ले माओवादीलाई जङ्गलबाट सदनमा ल्याउने काम गरे।

गिरिजा बाबुले करिव एक महिनाअघि महाराजगन्जस्थित निवासमा बोलाइएको संयन्त्रको बैठकमा तीनै ठूला पार्टीका शीर्ष नेताहरुलाई बोलाएर गम्भीरतापूर्वक अघि बढ्न आग्रह गरेका थिए ।

आफ्नो उमेर र स्वास्थ्यकाकारणपनि संयन्त्र र राजनीतिक सहमतिकालागि आफू खट्न नसक्ने बताउँदै उनले नेताहरुलाई गम्भीर हुन आग्रह गरेका थिए ।

"राष्ट्रपिता" बन्ने यो होडमा को अघी?

उता "राष्ट्रपिता" बन्ने यो होडमा सबैभन्दा अघी प्रमुख प्रतिपक्षी दलका नेता तथा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएकाछन्। प्रचण्डले यसको प्रयासपनि थालिसकेका छन् ।

पछिल्लो समयमा पूर्व प्रधानमन्त्री द्वय कोइराला र प्रचण्डबीचको सम्बन्ध निकै सुध्रेको थियो । प्रचण्डलेपनि कोइरालाको साथ पाउन निकै प्रयास गरे । कतिसम्म भने कोइरालाको निधनपछि प्रचण्डले कोइरालालाई 'शान्ति प्रकृया र सम्बिधान लेखनको नायक' सम्म भने र त्यो जिम्मेवारी अब आफूले सम्हाल्ने उदघोष गरे । कोइरालालाई शान्ति प्रकृया र सम्बिधान लेखन कार्यको नायक बताएर उनले कोइरालापक्षीय कांग्रेसी नेता कार्यकर्ताहरुले सहानुभूति लिने प्रयासपनि थालेको हुनुपर्दछ ।

कोइरालाको निधनपछि उनको प्रतिकृया लिन गएका केही सन्चारमाध्यमहरुसँगको कुराकानीमा प्रचण्डले भने- 'उहाँले दिनुभएको यो जिम्मेवारी मेरो काँधमा आएको छ ।' प्रचण्डको यो भनाईले उनी कोइरालाको स्थान लिन लालायितपनि छन् भन्ने संकेत गरेको छ ।

कोइराला र प्रचण्डबीचको टक्कर

२०६२-०६३ को लोकतान्त्रिक आन्दोलन अघिसम्म सबैभन्दा शक्तिशाली राजनीतिक पात्र थिए- राजा ज्ञानेन्द्र । प्रचण्डले नेतृत्व गरेको माओवादीको कुशल रणनीतिकै बिद्रोहको उपज थियो- राजतन्त्रको अन्त्य ।

Prime Minister Girija Prasad Koirala with former then king Gyanendra Bir Bikram Shah. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

राजतन्त्रको अन्त्यपछि कांग्रेस सभापति कोइराला र माओवादी अध्यक्ष प्रचण्डको व्यक्तित्व व्हात्तै उँचो भयो । यो राजनीतिक उचाइका साथ यि दुई राजनेताहरुबीच ब्यक्तित्वको टकराव पनि उम्रियो।



प्रचण्ड सम्बिधान सभा निर्वाचनपछि कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्न एकातिर सफल भए भने अर्कातिर गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री भएर कोइरालाकै दाँजोमा आफूलाई उभ्याए ।

यि दुई राजनेताको महत्वपूर्ण जिम्मेवारी संबिधान सभाको शान्तीपूर्ण निर्वाचन सम्पन्न गर्न खेलेको भूमिकालाई यहाँ उल्लेख नगर्नु ईतिहासलाई भुल्नु हुन जान्छ।



काँगेस भित्रको रडाको

दु:खको कुरो, नेपाली कांग्रेसभित्र बरिष्ठ नेता शेरबहादुर देउवा, कावा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलको "को अगुवा बन्ने?" आपसी संघर्षका कारण एकले अर्कालाई नेता मान्ने स्थिति छैन ।

Nepali Congress leaders: Sushil Koirala, Ramchandra Paudel and Sherbahadur Deuba. Photos: USNepalOnline archive file. Photos were published at USNepalOnline.com with photo credits.

अर्को कुरा यदी यो स्थिती लामो समयसम्म कायम रह्यो भने काँग्रेस पार्टीलाई अर्को नराम्रो झड्का पर्नेछ- नेत्रित्वकर्ता नेताको अभाबमा कार्यकर्ताबीचको बिचलन। त्यसैले जति सक्दो चाँडो मुली नेताको निर्क्यौल या सामुहिक नेत्रित्वको बिकास गर्नु जरुरी छ।

अलमल एमाले

उता नेकपा एमालेभित्रपनि अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधबकुमार नेपाल र अर्का प्रभाबशाली नेता केपी ओलीबीच संघर्ष चरमोत्कर्शमा छ ।

UML leaders: Jhalnatha Khanal, Prime Minister Madhavkumar Nepal and KP Oli. Photos: USNepalOnline archive file. Photos were published at USNepalOnline.com with photo credits.

सत्तारुढ यी दुई पार्टीका उपरोक्त नेताहरुकालागि अर्को दुर्भाग्य के हो भने यी दुबै पार्टी सम्बिधान सभा निर्वाचनमा परिणाम सोचेभन्दा नराम्रोसंग पराजित भएका पार्टी हुन् ।

माओवादी भित्रको भुसको आगो

माओवादी भित्र पनि नेत्रित्वको लडाईं नभएको भने होइन। बुद्धिजिबी नेता डा. बाबुराम भट्टराई, खरा नेता मोहन बैध्य 'किरण' प्रचन्डको बिकल्पका रुपमा उभिएका नेताहरु हुन्।

सदन र शक्तीको स्वाद चाखेका प्रचन्ड र सशस्त्र सत्ता कब्जाको दिवास्वप्न देखिरहेका किरणमार्का नेताहरु बिच कसले माओवादी र यसका उड्डण्ड वाइसिएल कार्यकर्ता र १९ हजार जनमुक्ती सेनाका लडाकुहरुको लागाम समाउने भन्ने राजनीतिक खेल बिना मुल्य चुकाइ टुङ्गिने सम्भाबना छैन।

Maoists leaders: Prachanda, Dr. Baburam Bhattarai and Mohan Baidhya 'Kiran'. Photos: USNepalOnline archive file. Photos were published at USNepalOnline.com with photo credits.

तर माओवादीभित्र अहिलेपनि प्रचण्डको एकछत्र रजाइँ छ । विवादका बाबजुद उनले नेपाली राजनीतिमा करिष्मायुक्त छविपनि बनाएका छन् । सहमतिय प्रणालीमार्फत सरकार चलाउन असफल भएपनि त्यसबाट पाठ सिक्दै प्रचण्डले पछिल्लो समयमा स्व. कोइरालाको सहमतिय राजनीतिक प्रयासलाई निरन्तरता दिनपनि खोजेका छन् । पछिल्ला राजनीतिक संयन्त्रको बैठक उनकै अगुवाईमा भएका थिए ।

मै छोरी सुन्दरी !

यो नेपाली गीत र उक्ती चरितार्थ हुन सकेको भए कति खास्सा हुन्थ्यो हगी? तर गिरिजा बाबुकि एक मात्र सन्तान र एक मात्र विश्वाशपात्र गिरिजा सुपुत्री तथा उपप्रधानमन्त्री सुजाता कोइरालाले छोरीमा हुनु पर्ने त्यो सुन्दरता (रुपको बाहेक) केही देखाउन सकिनन्।

Deputy PM & Foreign Minister Sujata Koirala. Photos: eEyeCam.com

राजनीतिमा उनी पनि देउबा जस्तै हुन्। जसरी जन आन्दोलन २०४७ ताका देउबा बेलायतमा पढ्दै थिए गिरिजा सुपुत्री सुजाता पनि राजनीति गरेर जनताको मन जित्न पर्ने बेला बिहे गरेर जर्मनिमा घरजम बसाएकी थिइन्। पिता गिरिजा बाबुको प्रतापका कारण उपप्रधानमन्त्रीसम्म बन्न सफल भएपनि अब गिरिजा बाबुको अबसानपछि उनको भबिश्य अनिश्चित बन्न पुगेकोछ। अर्को कुरा पुरुष नेताहरुलाई भाग नपुगेको मुलुकमा बिचरा...'मै छोरी सुन्दरी' को के गति होला?

युबा पुस्ताको काँध

नेपाली राजनीतिमा युबा पुस्ताका नेताहरुको प्रबेश खुशीको कुरो हो। तीन प्रमुख दलहरु माओवादी, काँग्रेस र एमाले पार्टीभित्र तेश्रो पुस्ताका युबा नेताहरुले अब गिरिजा बाबु जस्तो पहिलो पुस्ताबाट बाग्डोर आफ्नो हातमा लिन तछाड मछाड गरिरहेका दोश्रो पुस्ताका नेताहरुलाई अब सबक सिकाउने र चुनौती दिने बेला आएको छ। यदी नेताहरु देशको हितभन्दा आफ्नो पदको स्वार्थमा लिप्त हुन थाले र जनतालाई रक्षानमा सुताउन थाले भने नयाँ पुस्ताले आशिर्बादकालागि सुमेरु पर्बतरुपी नेताहरुको वरीपरी घुमेर चक्कर मार्ने होइन बल्की आफैले जनता र देश हाँक्ने मेसो र आँट गर्नु जरुरी छ।

नयाँ संबिधान लेख्न र नयाँ नेपाल देख्न नपाउदै

गिरिजा बाबुको अबसान एउटा यस्तो घडीमा आएर भएकोछ, जतिखेर सिङ्गो देश नेपाल र नेपालीहरु नयाँ संबिधान लेखियोस् र नयाँ नेपाल देख्न पाइयोस् भनेर संबिधान जारी हुने दिन जेष्ठ १४ अर्थात मै २८ तारिखलाई अधैर्य भएर कुरी रहेकाछन्। कहिल्यै नटुङ्गेला जस्तो बहस र आ-आफ्ना मागहरु पुर्तीकालागि सबकासब लागि परेका छन्। आदिबासी, दलित, महिला, अल्पसंख्यक, सिमान्तक्रित इत्यादी बर्ग र समुदायले गरेको मागको समाधान नगरि नेताहरुले जनताको चित्त बुझ्दो संबिधान बनाउन सकेनन् भने देश गृह युद्धमा जाकिन्छ भन्नेहरुमा नेताहरु नै सबभन्दा अघी निस्केका छन्।

Prime Minister Girija Prasad Koirala. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

यस्तो बेला गिरिजा बाबु हुनु जरुरी थियो। हुन त उनले 'संबिधान जारी नगरि म मर्दिन' भनेर पटक पटक नभनेका होइनन् तर उनले त्यो बाचा पुरा गर्न सकेनन्। गिरिजा बाबुको अभाब खड्किने बेला बल्ल आउँदैछ।

असली राजनेता (Statesman) मा हुने गुण गिरिजा बाबुले आफ्नो सढे आठ दसक लामो जीवन कालमा बिकास गरेका थिए। तर त्यसको अन्तिम तिलस्मी देखाउने बेला नेपाली राजनीतिका यि पछिल्ला जादुगर एकाएक आफै रंगमन्चबाट गाएब भए, दैबको लेखा, कस्तो बिडम्बना !

यस्ता असली राजनेतालाई हाम्रो सतत् सलाम !

-Pradeep Thapa in New York & Sitaram Baral in Kathmandu

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?