NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजनीतिक गतिरोध हटाउन तीन ठुला दलहरु बिच बैठक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 25 September 2009 08:11
काठमाण्डौ- जारी राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलहरुले पहल थालेका छन् ।

अवरुद्ध व्यवस्थापिका संसद सचालन, तोकिएको समयमा संविधान निर्माण र शान्तिप्रकि्रयालाई निष्कर्षमा पुर्याउनेलगायत बिषयमा असोज ९ गते एकिकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच छुट्टा-छुट्टै छलफल भएको छ ।

एमाले मुख्यालय बल्खुमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको डेढ घण्टा लामो छलफलमा साझा बिकल्पका बिषयमा छलफल भएको थियो । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले माओवादीले उठाउँदै आएको नागरिक सर्बोच्चताको विषयसमेत समेटेर संयुक्त संकल्प प्रस्ताव ल्याउने सैद्धान्तिक सहमति भएको जानकारी दिए ।

एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा गठित वार्ता टोलीका सदस्य युवराज ज्ञवालीले गतिरोध अन्त्यका लागि एकीकृत माओवादी लचिलो देखिएकोले छिट्टै सहमति हुने बिश्वास व्यक्त गरे ।

यसै विषयमा सत्तासाझेदार नॆपाली काँग्रेस र नेकपा एमालेबीच पनि आज छलफल भएको छ । बालाजुको बोहरा गाउँस्थित काँग्रेस उपसभापति रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा एकीकृत नेकपा माओवादीले उठाउँदै आएको नागरिक सर्बोच्चताको माग सम्बोधन गरी जारी राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा छलफल भएको थियो । एमाले नेताहरुले माओवादीसँग विहान भएको कुराकानीको बारेमा पनि काँगे्रेस नेताहरुलाई जानकारी गराएका थिए ।

नेपाली काँग्रेससँगको छलफल सकारात्मक भएको र निष्कर्ष निस्कने सम्भाबना बढेको छलफलमा सहभागी नेकपा एमालेका नेता केशब बडालले उल्लेख गरे ।

माओवादीले राष्ट्रपतिको कदमबिरुद्ध दर्ता गराएको संकल्प प्रस्तावमाथि सदनमा छलफल हुनुपर्ने र राष्ट्रिय सरकार गठन हुनुपर्ने अडान राख्दै व्यवस्थापिका सदनको बैठक गत साउन २३ गतेदेखि अबरुद्ध गर्दै आएको छ । नेपाली काङ्ग्रेसले भने संकल्प प्रस्ताबमा छलफल गर्न नसकिने अडान राखेपछि राजनीतिक गतिरोध चुलिएको छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?