NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काँग्रेसको मधेशी मोर्चालाई थप्ने अत्तोको कारण तीन ठुला दलको बैठक स्थगित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 13 August 2011 12:38

काठमाडौ- तीन प्रमुख दलहरुको बैठकमा चौंथो शक्तिको दावी गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पनि सामेल गर्नु पर्ने नेपाली कांग्रेसको प्रस्तावपछि आज बसेको तीन ठूला दलको बैठक स्थगित हुन पुगेको छ ।

तीन दलको बैठक बस्न नसकेपछि सत्तारुढ पाँच दलहरु आगामी योजनबारे छलफल गर्न बैठकमा जुटेका छन् ।

प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकृया, प्रमको राजिनामापछि गठन हुने सरकार आदिकाबारेमा छलफल गर्न भन्दै ठूला तीन दलको बैठक आयोजना गरेका थिए । राजिनामा दिन आफैले तॊकेको अन्तिम समयावधि सकिने दिन प्रम खनाल आफैले आयोजना गरेको बैठकमा चाहिँ उनले राजिनामा नदिने संकेत गरेका थिए ।

तर, बैठक चाहिँ नेपाली कांग्रेसले अघि सारेको सो बैठकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पनि सामेल गराउनु पर्ने अडानका कारण स्थगित हुन पुग्यो । चौंथो शक्तिको दावी गरिरहेको मोर्चालाई पनि बैठकमा सामेल गराउनुपर्ने प्रस्ताललाई प्रम खनालले अस्वीकार गरेका थिए । त्यसपछि मोर्चालाई बैठकमा सामेल नगराइएको भन्दै नेपाली कांग्रेसका नेताहरु बैठकबाट बाहिरिएका थिए ।

खनालले राजिनामा दिएपछि नयाँ सरकारको नेतृत्वकालागि मोर्चाको सहयोग लिने रणनीति बनाएको नेपाली कांग्रेसले केही दिनअघि मोचासँग भएको सहमतिमा ५ मधेशी पार्टीको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चौंथो राजनीतिक शक्ति स्वीकार गर्दै महत्वपूर्ण विषयमा निर्णय लिँदा मोर्चालाई पनि सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

आजसम्म शान्ति प्रकृया सम्बन्धी ठोश उपलब्धि नभए राजिनामा दिने बताउँदै आएका प्रधानमन्त्री खनाल राजिनामाको साटो आजको बैठकमा सेना समायोजनको माडालिटी, संख्या, तह मिलान, पुनःस्थापना प्याकेज, पुर्नवर्गीकरण लगायतका विषयमा स्पष्ट खाका प्रस्तुत गर्ने तयारीका साथ प्रस्तुत भएका थिए । उपरोक्त बिषय आफ्नो पार्टीले नभै सरकारले पेश गर्नुपर्ने एमाओवादीको हिजोको बैठकको निर्णयका कारण उनी खाकासहित प्रस्तुत भएका थिए ।

आफूले खाका तैयार पारेको बताउँदै प्रधानमन्त्री खनालले नयाँ प्रधानमन्त्रीको बिकल्प तैयार नहुँदै राजिनामा दिँदा झन ठूलो समस्या आउने तथा भदौ १४ पछि पनि संविधान सभाको कार्यकाल थप्नुको विकल्प नभएकाले त्यो बेलासम्मकालागि आफ्नै नेतृत्वको सरकार रहनु उपयुक्त हुने बताएका थिए । राजीनामा दिएको सरकारले म्याद थप प्रस्ताव गर्दा कानुनी अड्चन आउने बताउँदै उनले म्याद थपको प्रस्तावकालागि पनि राजिनामा दिनु उपयुक्त नहुने तर्क पेश गरेका थिए ।

आजको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित तीनै उपाध्यक्ष, महासचिव र दुई जना सचिव थिए भने नेपाली कांग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य रामशरण महत सहित बालुवाटार गएका थिए ।

कांग्रेसले मधेशी मोर्चालाई बैठकमा सामेल गराउनुपर्ने बताउँदै बैठक छाडेपछि अहिले सत्तारुढ पाँच दल एमाओवादी, एमाले, फोरम, नेकपा (माले) र नेकपा (संयुक्त) को बैठक बसिरहेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?