NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

७ विश्व विद्यालयमा उपकूलपति नियुक्त, माओवादी र कांग्रेसद्वारा विरोध PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 09 August 2011 15:21

काठमाडौ- राजनीतिक सहमतिविना प्रधानमन्त्री झलनाथ खनालले विभिन्न ७ विश्व विद्यालयमा उपकूलपति नियुक्त गरेकोमा प्रमुख दल एनेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवैको विरोधको सामना गर्नुपरेको छ ।

विश्व विद्यालयमा राजनीतिक भागबण्डा भएको आरोप लगाउँदै आएका शिक्षामन्त्री गंगालाल तुलाधरको सिफारिसमा आधाभन्दा बढि विश्व विद्यालयमा एमाले निकट र आधाभन्दा कममा एमाओवादी र नेपाली कांग्रेस समर्थक प्राध्यापकलाई नियुक्त गरिएपछि नियुक्ति विवादमा परेको हो । अन्य विश्व विद्यालयहरुमापनि तालाबन्दी गरिने एमाओवादी र कांग्रेस समर्थक प्राध्यापक संगठनहरुले चेतावनी दिएका छन् ।

साउन २८ गते राजिनामा दिने तैयारीमा रहेका प्रधानमन्त्री झलनाथ खनालले सोमबार सबैभन्दा पुरानो र ठूलो त्रिविमा प्रा. डा. हीराबहादुर महर्जन, नेपाल संस्कृत विश्व विद्यालयमा प्रा. डा. शिवहरि मरहट्टा, पोखरा विश्व विद्यालयमा प्रा. खगेन्द्र भट्टराई, पूर्वान्चल विश्व विद्यालयमा प्रा. डा. महेश्वरमान श्रेष्ठ, पोखरा विश्व विद्यालयमा प्रा. डा. पदमलाल देवकोटा, कृषि विज्ञानमा प्रा. डा. कैलाशनाथ प्याकुरेल र प्रस्तावित सुदुर पश्चिम विश्व विद्यालयमा प्रा. डा. जयराज अवस्थीलाई नियुक्त गरेका थिए । त्यसमध्ये त्रिविका महर्जन, संस्कृतका मरहट्टा, कृषिका प्याकुरेल र सुदुर पश्चिमका अवस्थी एमाले सम्बद्ध हुन् । पूर्वान्चलका श्रेष्ठ एमाओवादी समर्थक र पोखराका भट्टराई चाहिँ कांग्रेस समर्थक हुन् ।

राजनीतिक आस्थाका आधारमा नियुक्ति गरिएको भन्दै एकीकृत नेकपा (माओवादी) र नेपाली कांग्रेस निकट प्राध्यापकहरुले मंगलवारदेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । माओवादी सम्बद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाली कांग्रेस सम्बद्ध प्रजातन्त्रवादी प्राध्यापक संघले मंगलबार कृतिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको मूल गेट र प्रशासन कक्षमा तालावन्दी गरेका हुन् । तालाबन्दी अनिश्चितकालीन भएको बताइएको छ ।

एमाओवादी श्रोतकाअनुसार, प्रधानमन्त्री खनालले सत्ता साझेदार दलहरुसँग समन्वय नै नगरी एक पक्षीय रुपमा उपकुलपति नियुक्र गरेका थिए । त्रिविको नेतृत्व यसअघि एमाले र नेपाली कांग्रेसले पटक पटक गरिसकेको बताउँदै त्रिविमा यस पटक माओवादीले नेतृत्व पाउनुपर्ने र पार्टीकोतर्फबाट योग्य प्राध्यापकलाई उपकूलपतिकोरुपमा अघि सारिने एमाओवादीले बताएको थियो । त्रिवि उपकूलपतिमा दावी गरेको नेपाली कांग्रेसले चाहिँ राजीनामाको घोषणा गरिसकेको सरकारले विश्वविद्यालय जस्तो महत्वपूर्ण निकायमा पदाधिकारी नियुक्ति गर्नु बेइमानीपूर्ण कार्य भएको बताएको छ ।

सहमति विना भएको उपकूलपति नियुक्तिको विरोध प्रमुख दुई दलसम्बद्ध प्राध्यापकहरुले गरेपनि हुँदै नभएको सुदुर पश्चिम विश्व विद्यालयकालागि नयाँ उपकूलपति नियुक्त गरिएपछि सुदुर पश्चिमी क्षेत्र भने हर्षित बनेको छ । सुदुर पश्चिमी क्षेत्र केही समय यता त्यस क्षेत्रमा नयाँ विश्व विद्यालय खोल्नुपर्ने मागसहित सो क्षेत्रमा केही समय यता आन्दोलन हुँदै आएको थियो । सरकारले उपकूलपति नियुक्त गरेपछि विश्वविद्यालयपनि स्थापना हुने ग्यारेन्टी भएको भन्दै त्यस क्षेत्रमा जारी आन्दोलन स्थगित गरिएको छ । विश्व विद्यालयकालागि गठन गरिएको संघर्ष समितिले हिजोदेखि गरेको कन्चनपुर बन्द कार्यक्रम आजदेखि फिर्ता लिएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?