NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Wednesday, 02 June 2010 17:06

Exclusive: काठमाडौं- तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनास भएको ९ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ मा नारायणहिटी दरबारमा आयोजित शाही भोजमा तत्कालीन राजा वीरेन्द सहित उनका दश जना परिवारको हत्या भएको थियो । राजा विरेन्द्रको वंशनाश भएको सात वर्षपछाडि नेपालबाट राजतन्त्र नै समाप्त भईसकेको छ ।

Nepalese royal family. तत्कालिन राजपरिवार, यो फोटो २०५५ भदौमा खिचिएको थियो Photo courtesy: Royal source

शुक्रबारे रात्री भोजमा रानी ऐश्वर्य, युवराज दीपेन्द्र, युवराज्ञी श्रुति, अधिराजकुमार निराजनलगायत राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थियो । नारायणहिटी दरबार हत्याकाण्ड नामले विख्यात सो घटनाको रहस्य अझै गर्भमै लुकेको छ ।

छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई धेरैले विश्वास गर्न सकेको छैन ।  हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले पारिवारीक तनावमा सदस्यहरुको हत्या गरेको र आफूले आत्महत्या गरेको प्रतिवेदन सार्बजनिक गरेको थियो ।

हत्याकाण्डलाई ग्रायण्ड डिजाइनको संज्ञा दिएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने बताए पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन ।

हत्याकाण्ड भएको दश बर्ष पुग्दापनि हत्याकाण्डको कारण भने अहिलेपनि रहस्यकै गर्भमा रहन पुगेको छ । जनस्तरबाट दरवार हत्याकाण्डको निश्पक्ष छानविन गर्नुपर्ने माग पटक पटक उठेपनि समयमै निष्पक्ष छानविन समिति गठन नहुँदा हत्याका प्रमाणहरु विस्तारै नष्ट हुँदै जान थालेका छन् । दरवार हत्याकाण्डका कतिपय प्रत्यक्षदर्शीहरुको निधनसमेत भैसकेको छ ।

दरवार हत्याकाण्डको प्रमुख कारण तत्कालिन युवराज दीपेन्द्रले देवयानी राणासँग विहे गर्न खोजेको र दरवारले त्यसलाई अस्वीकार गरेको बिषयलाई लिने गरिन्छ । समयमै उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गरिएको भए युवराज दीपेन्द्रकी प्रेमिका देवयानीसँग त्यो समितिले बयान लिन सक्थ्यो । किनभने बिहे अघिसम्म उनी नेपाली नागरिक थिइन् । अहिले देवयानीले भारतीय नागरिकता लिई सकेकाले उनीसँग नेपाल सरकारले गठन गरेको समितिले अब बयान लिन नसक्ने स्थिति सिर्जना भएको छ ।

भारतीय कांग्रेस आईका नेता अर्जुन सिँहका नाति ऐश्वर्या सिँहसँग तीन बर्षअघि देवयानीको विहे भएको थियो । भारतीय नागरिकसँग विहे भएपछि उनले भारतीय नागरिकता पाइसकेकी छन् । उनी नेपाली नागरिक हुँदा उनीसँग दरवार हत्याकाण्डबारे बयान लिन जति सजिलो थियो उनले भारतीय नागरिकता ग्रहण गरेपछि अब त्यति सजिलो छैन । कुनैपनि भारतीय नागरिकलाई कुनैपनि बिषयमा बयान दिनकालागि बाध्य पार्न नेपाल सरकारले सक्दैन ।

दीपेन्द्र देवयानीको प्रेम र दरवार हत्याकाण्डबारे जानकार अर्का व्यक्ति हुन्, दीपेन्द्रका तत्कालिन एडिसी राजु कार्की । दरवार हत्याकाण्डपछि जागिरबाट निकालिएका कार्कीलेपनि नेपाल छाडिसकेका छन् । उनी हाल बेलायतमा सपरिवार बसोबास गर्छन् । उनीपनि बिदेसिएकाले उनीसँगपनि बयान लिन अब सजिलो छैन । अर्का एडिसी गजेन्द्र बोहोरा नेपालमै भएपनि उनलाई दरवार हत्याकाण्डबारे त्यति जानकारी नभएको बताइन्छ । उनी पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराका छोरा हुन् ।

यसबीचमा दरवारका कतिपय सदस्यहरुको मृत्यु भैसकेको छ । दरवार हत्याकाण्डका दिन त्रिभुवन सदनमा भएको रात्रिभोजमा निम्त्याइएका मध्ये अधिराजकुमारी हेलेनको मृत्यु भैसकेको छ । उनको मृत्यु दुई बर्षअघि भएको हो । यसैगरी स्वर्गीय राजा त्रिभुवनकी रानी सरलाकोपनि गत फागुन दोश्रो हप्ता मृत्यु भैसकेको छ । सरकारले दरवार हत्याकाण्ड सम्बन्धी उच्चस्तरीय आयोग गठनमा अझै ढिलाई गर्ने हो भने हत्याकाण्डका प्रत्यक्षदर्शीहरु कि विदेशिने कि उनीहरुको मृत्यु भएर प्रमाणहरु नष्ट हुने सम्भावना बढ्न सक्छ  ।

-Sitaram Baral & Santa Bagam in Kathmandu

Read our related news:

-"बुबालाई उहाँका सल्लाहकारहरुले राम्रो सल्लाह दिएनन् । राजतन्त्रको अन्त्य हुनुको मूल कारण यही हो"- पूर्व युवराज पारश शाह

'सासू ससुरा नभएको मौका छोपेर हिमानीले यसपटकको होली बडो रमाइलोसँग मनाउनुभयो ।'

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?