NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

फेरी बहुमतीय प्रणालीबाटै प्रधानमन्त्रीको चयन हुने भो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 24 August 2011 13:24

काठमाडौ- सहमतीय सरकारकालागि राष्ट्रपति डा. रामवरण यादवले दोश्रो पटक दिएको समयावधि सकिएपछि अब बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चयन हुने भएका छन् ।

यसकालागि राष्ट्रपति डा. रामबरण यादवले भर्खरै सभामुखलाई पत्रसमेत पठाएका छन् । बहुमतीय प्रणालीबाट हुने निर्वाचनकालागि एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई सबैभन्दा बलिया उम्मेदवार देखिएका छन् । नेपाली कांग्रेसकातर्फबाट प्रस्तावित उम्मेदवार बनेका बरिष्ठ नेता शेरबहादुर देउवा प्रतिस्पर्धाबाट पछि हट्ने सम्भावना देखा परेको छ ।

सम्बिधान सभा निर्वाचनपछि भएको पहिलो प्रधानमन्त्रीको निर्वाचनमापनि प्रधानमन्त्रीकालागि उम्मेदवार बनेका देउवा त्यो बेला एनेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । त्यो बेला उनले आफ्नो पार्टीबाहेकको मत पाउन सकेका थिएनन् । यस पटकपनि पराजित हुने सम्भावना देखिएपछि उनी प्रतिस्पर्धाबाट पछि हट्ने मनस्थितिमा रहेको श्रोतले बतायो । यद्यपी, भट्टराईलाई प्रम बन्न दिनबाट रोक्न एमाले बरिष्ठ नेता माधब नेपालको समूह भने लागेको छ ।

एमाओवादीले बुधबार अपरान्हसम्म गरेको प्रयास अनुसार डा. बाबुराम भट्टराईको पक्षमा सहजै बहुमत पुग्ने सम्भावना देखिएको छ । डा. भट्टराईले मधेशी मोर्चा लगायतका दलहरुको मत पाउने पक्कापक्कीजस्तै छ । यसैगरी, सम्बिधान सभामा रहेका फोरम लगायतका साना दलहरुलेपनि एमाओवादीलाई सहयोग गर्ने बचन दिएका छन् । नेपाली कांग्रेसको पक्षमा उभिने अनुमान गरिएको राष्ट्रिय जनशक्ति पार्टीले पनि शान्ति प्रकृयाका सम्बन्धमा आफ्ना केही शर्त माने एमाओवादीलाई सहयोग गर्ने बचन दिएको छ ।

नेपाली कांग्रेसको पक्षमा चाहिँ राप्रपालगायतका एकाध साना दलहरुमा उभिएका छन् । त्यसैले देउवा प्रतिस्पर्धाबाट पछि हट्ने सोचमा पुगेका हुन् । पार्टीले उनलाई सहमतिको सरकारकालागि नेतृत्व गर्न उम्मेदवार बनाएपनि सहमतिको प्रधानमन्त्री बन्न नसक्ने स्थिति भएपछि उनले बहुमतीय आधारमा हुने निर्वाचनमापनि आफै उम्मेदवार हुन पाउनुपर्ने दावी गरेका थिए । मधेशी दलहरुको समर्थनको आशामा उनको यो दावी आएको थियो । तर मधेशी दलहरु माओवादी पक्षमा पुगेपछि उनी पछि हट्ने मनस्थितिमा पुगे ।

सहमतिको सरकार बन्न नदिने वातावरणको सिर्जना भने एमालेको माधब नेपाल-ओली समूहले नेपाली कांग्रेससँग गरेको थियो । सबैभन्दा ठूलो दलको नाताले सहमतीय सरकारको नेतृत्वकालागि एमाओवादीले गरेको दावीलाई मधेशी मोर्चालगायतका साना दलहरुलेसाथ दिएपछि नेपाल यसअघि सेना समायोजन र शान्ति प्रकृयासम्बन्धी कामकालागि भएका सहमतिबाट पछि हटेर नयाँ शर्तसहितको योजनामा लागेका थिए । पूर्व सहमतिबाट पछि हटेर माओवादीले मान्न नसक्ने नयाँ शर्त तैयार पार्ने र शर्त माओवादीले मानेन भन्दै माओवादी नेतृत्वमा सरकार बन्नबाट रोक्ने उनको योजना थियो ।

तर माओवादी नेतृत्वमा सरकार बन्न रोक्न नसकिने भएपछि एमाले नेता नेपाल त्यो सरकारलाई लामो समयसम्म टिक्न नदिने योजनामा लागेका छन् । श्रोतकाअनुसार जति प्रयत्न गर्दा पनि माओवादी नेतृत्वमा सरकार बन्ने नै भएपछि एमाले नेता नेपालले त्यो सरकारलाई समर्थन गरेजस्तो गर्ने तर १ महिने शर्त राखेर त्यो शर्त पुरा नभए उसलाई दिएको समर्थन फिर्ता लिने प्रस्ताव नेपाली कांग्रेस समक्ष राखेका छन् । यसले गर्दा एमाओवादी पक्षमा गएको मधेशी मोर्चालाई एक महिना पछि माओवादीसँगको गठबन्धनबाट छुटाउन सकिने विश्लेषण उनको रहेको श्रोतले बतायो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?