Inside

All Time Top 50 News

अर्को विमान दुर्घटना, क्याप्टेन र को-पाइलटको निधन, ११ जना यात्रु बालबाल बाँच्न सफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Friday, 26 February 2016 16:10

Special: 2 photos: काठमाण्डौ- नेपालगञ्जबाट जुम्लाकालागि उंडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको छ । शुक्रबार दिउंसो १२:२० बजे नेपालगन्जबाट जुमलाका लागि उडेको 9NAJB विमानका पाइलट दिनेश न्यौपाने र सह पाइलट सन्तोष राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानमा सवार ११ जना यात्रु बालबाल बाँच्न सफल भएकाछन् ।


 

Kashthamandap Air's 9N-AJB plane crashed in Kalikot, Nepal on February 26, 2016. Photo courtesy: Anand Gurung

जहाजमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा करिब १ बजे कालिकोटको चिलखाया-२ जंगलमा दुर्घटनामा परेको हो । विमानमा ११ जना यात्रु सवार थिए । जसमध्ये मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री घाइते भएका छन् ।

Co-pilot Santosh Rana Magar who died in th crashed. Photo courtesy: Fatik Thapa's facebook post

घाइतेहरुलाई श्री एयरको हेलिकप्टरबाट नेपालगन्ज  ल्याउने तयारी भईरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी पद्मलाल अधिकारीले बताए । घाइतेमध्ये जगदम्बाको साथमा बच्चा रहेको खुलेको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।

-Anand Gurung in Kathmandu

Read related news:

-तारा एयर विमान म्याग्दीमा दुर्घटनाग्रस्त: विमानमा सवार २३ जनाको मृत्यू

-नेपालमा विमान दुर्घटनामा १९ जनाको मृत्यु

-दुर्घटना जाँच आयोग गठन

-विमान दुर्घटनामा परेर निधन हुने मध्ये १८ जना भुटानी नागरिक

-१९ यात्रु सवार तारा एयरको ट्विन अटर जहाज सम्पर्क विहिन

-भावीले लेखेपछि !

-बुद्ध एयर दुर्घटना, १९ यात्रु र चालक दलका सदस्यहरुको मृत्‍यु

-अग्नि एयरको जहाज दुर्घटनाग्रस्त हुँदा १४ जनाको निधन

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.