NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

संविधान सभाको म्याद ६ महिनाकोलागि फेरी थपियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 29 November 2011 23:38

Exclusive: काठमाडौँ- पछिल्लो पटक थप ३ महिनाको म्याद सकिन एक दिन बाँकी छँदा संबिधान सभाको म्याद ६ महिनाकोलागि थपिएको छ।



संबिधान सभाको मंगलबार (नोबेम्बर २९) अपरान्ह बसेको बैठकमा ५०८ उपस्थित सभासदहरु मध्ये ५०५ जना सभासदहरुले नेपालको अन्तरिम संबिधानको ११ औं सम्शोधन गर्ने पक्षमा मत हालेपछि संबिधान सभाको म्याद थपकोलागि बाटो खुलेको थियो।

अन्तरिम संबिधानको धारा ६४ मा संबिधान सभाको म्याद दुई बर्षकोलागि तोकिएको छ तर संबिधान सभाको यस अघी ३ पटक म्याद थपि सकिएको छ। यसपालीको थप म्यादसहित संबिधान सभाको कूल अबधी अब ४ बर्ष पुग्ने भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापासहित ३ जना सभासदले संबिधान सभाको म्याद थप सम्बन्धी प्रस्तावको बिरुद्धमा मत हालेका थिए।

उता गत नोबेम्बर २५ मा सर्बोच्च अदालतले उप्रान्त संबिधान सभाको म्याद अन्तिम एक पटक मात्र थप्न मिल्ने वाध्यकारी आदेश दिएको थियो।

उसो त मंगलबार (नोबेम्बर २९) नै सत्ताधारी र प्रतिपक्षी प्रमुख दलहरु नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त प्रजातान्त्रिक मधेसी मोर्चाका शिर्सस्थ नेताहरुबिच संबिधान सभाको म्याद थप, राष्ट्रिय सहमतीको सरकार गठन र नयाँ संबिधान जारी प्रकृया सम्बन्धमा ६ बुँदे सम्झौता भएको थियो।

 



सहमतिपत्रमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेकाछन्।

यसअघी गत नोबेम्बर १ मा प्रमुख दलका नेताहरुबिच अर्को ७ बुँदे सम्झौता भएको थियो।

उक्त सहमतिअनुसार राज्य पुनःसंरचनासम्बन्धी सुझाव आयोगले पहिलो बैठक भएको मितिले दुई महिनाभित्र सुझाव प्रतिवेदन पेस गर्ने र संविधान सभा, संवैधानिक समितिबाट संविधान निर्माणको कार्यतालिका २०६८ मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने लगायतका कुरा उल्लेख छ ।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?