NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अब काठमाडौंमा पनि बच्चा अपहरण गर्न खोजेको आरोपमा कुट्पिट र मृत्‍यु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 07 July 2009 13:46
काठमाण्डौ - तराईका विभिन्न जिल्लामा बच्चा अपहरण गर्न खोजेको भन्दै स्थानीयवासीद्वारा कुटीकुटी, मान्छे मार्ने प्रवृत्ति अहिले राजधानी काठमाडौंमा भित्रिएको छ ।

जेठ २२ गते राजधानीबाट अपहरित युवती ख्याती श्रेष्ठको निर्ममतापूर्वक हत्या भएपछि नयाँ मान्छे देख्यो कि बच्चा अपहरण गर्न लागेको आशंकामा कुटी हाल्ने प्रवृत्ति बढेको छ । हरेक दिन कुनै न कुनै ठाउँमा बच्चा अपहरण वा अपहरणको आशंकामा कुटपीट हुने गरेको अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाले जनाएको छ । यसले गर्दा असल नियत नै भएपनि अरुकै बच्चासँग हाँसलेख गर्ने वा ममता दर्शाउनेहरुसमेत देखिदैनन् ।

यसैवीच, भक्तपुरको मध्यपुर ठिमीस्थित हिमचुली बोर्डिङ स्कुलका विद्यार्थीलाई अपहरण गर्न खोजेको भन्दै स्थानीय बासिन्दाले गरेको कुटपिटका क्रममा एक जनाको मृत्यु भएको छ । असार २३ गते भएको कुटपिटबाट तीनजना गम्भीर घाइते भएका छन् ।

मृतक अन्दादी २०/२३ वर्षका पुरुष भएपनि नाम, ठेगाना खुल्न सकेको छैन् । स्थानीयवासीद्वारा आरोति व्यक्तिले मध्यपुर ठिमी- १० चपाचोमा रहेको हिमचुली बोर्डिङ स्कुलमा पढ्ने ४ जना विद्यार्थीलाई अपहरण गर्न खोजेकोस्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

आक्रोशित स्थानीय बासिन्दाले कुटपिट गरी घाइते बनाएका मध्ये उनकॊ वी एण्ड वी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ । 
घाइतेहरुको राजधानीको वीर अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सुरक्षाको माग गर्दै स्थानीय बासिन्दाले प्रहरी वृत्त ठिमीमा धर्ना दिएका थिए । यस्ता घट्ना रोक्न गृह प्रशासनले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयवासीहरुको गुनासो छ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?