| काठमाडौंमा नयाँ बन्ने सरकारबारे चलेका रमाइला टिप्पणी र जोकहरु |
|
|
|
| Written by Sitaram Baral | |||
| Thursday, 14 May 2009 04:38 | |||
|
काठमाण्डौं- सम्बिधान सभामा नराम्रो पराजय भोगेका दलहरु दुई दुई स्थानबाट चुनाव हारेका एमालेका बरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउन कस्सिएपछि राजधानी काठमाडौंमा रमाइला-रमाइला टिप्पणी र जोकहरु सुनिन थालिएका छन् ।
कतिपयले माधब नेपालले नेतृत्व गर्ने सरकारको मन्त्री मण्डलको रमाइलो खाका कोर्न थालेका छन् त कतिपयले प्रधानमन्त्री नेपाल बनेपनि नयाँ मन्त्री मण्डल बनिनसक्दै सरकार ढल्ने टिप्पणी गर्न थालेका छन् । यदि मन्त्री मण्डल बन्यो नै भने कस्तो बन्ला ? उनीहरुको अनुमान अनुसार प्रधामन्त्री माधब नेपाल हुनेछन् भने उपप्रधानमन्त्री तमलोपा अध्यक्ष महन्थ ठाकुर बन्नेछन् । गृहमन्त्री एमालेका इश्वर पोखरेललाई बनाइनेछ भने रक्षामन्त्री बन्नेछन् नेपाली कांग्रेसका महेश आचार्य । अर्थ मन्त्रालयको जिम्मेवारी एमालेका भरतमोहन अधिकारीले पाउनेछन् । आपूर्ति मन्त्रालयको जिम्मेवारी सद्भावना आनन्दीदेवीका श्यामसुन्दर गुप्ताले पाउनेछन् । शिक्षा मन्त्रालय भने कांग्रेसका गोबिन्दराज जोशीलाई मिल्नेछ । मन्त्री परिषद्को यो अनुमान मोटामोटी खाका मात्र हो तर यस्तै नबन्नसक्ने कुनै आधार छैन । नयाँ मन्त्रीहरुको उपरोक्त नाममा तपाईंले के समानता पाउनुभयो ? यो मन्त्रीमण्डलमा सबैजना प्रधानमन्त्रीसँग एकदमै फिट हुने अनुहार छन् । अर्थात्, सबै अनुहार गत सम्बिधान सभा चुनावमा पराजय भोगेका नाम हुन् । तमलोपाका ठाकुर सर्लाही- ६ बाट पराजित भएका थिए भने कांग्रेसका महेश आचार्य मोरङ्ग- ६ बाट पराजित भएका थिए । एमालेका पोखरेल काठमाडौं- ५ मा पराजित भएका थिए । यसैगरी एमालेकै अधिकारी मोरङ्ग- ४ बाट पराजय भोगेका थिए । सद्भावना आनन्दीदेबीका गुप्ता रुपन्देही- ६ मा पराजित भएका थिए । कांग्रेसकै जोशी तनहुँ- १ मा पराजित भएका थिए । यसमध्ये ठाकुर र गुप्ता पराजित भएपनि माधब नेपाललाई जसरी नै मनोनित गरी सम्बिधान सभामा ल्याइएको थियो । बुधबार राष्ट्रिय पत्रकारिता पुरस्कार ग्रहण गरिसकेपछि बरिष्ठ पत्रकार भैरव रिसालले बर्तमान नेपाली राजनीतिको बिडम्बनाबारे थोरै बोले । 'हामी अहिले कस्तो दृष्य देखिरहेका छौं भने दुई दुई स्थानबाट अत्याधिक मत ल्याएर जित्ने प्रचण्ड सत्ताबाट बाहिरिनु परेको छ भने दुई दुई स्थानबाट चुनाव हारेको व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको छ' रिसालले भने -'जनताको अत्याधिक समर्थन पाएर जितेको व्यक्ति यसरी सत्ताबाट हट्न बाध्य हुन्छ र चुनाव हारेका व्यक्ति प्रधानमन्त्री बन्न तम्सिन्छन् भने यो भन्दा ठूलो बिडम्बना अरु के हुनसक्छ? जव दुई दुई स्थानबाट चुनाव हारेको व्यक्ति प्रधानमन्त्री बन्दैछन् भने उनले गठन गर्ने मन्त्री मण्डल उपरोक्त पराजित अनुहारहरु हुनु कुन ठूलो कुरा भयो र ? अनि प्रधानमन्त्री र मन्त्री बन्न जनमतकै किन आवस्यकता पर्यो र जव उनीहरुको साथमा सेनापति र विदेशीहरु छन् भने ? निर्वाचित संस्था होइन सिर्फ सेनाको आडमा शासन गरेको छ भनेर लामो संघर्षपछि गतसाल जेठ १५ संविधान सभाको पहिलो बैठकले राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । राजतन्त्र अन्त्य भएको एक बर्षपछि फेरि उस्तै दृष्य देिखंदैछ । अर्थात् सेनाको आडमा जनताबाट तिरस्कृत गरिएकाहरुद्धारा सरकार निर्माण ।' तर विहीबार विहानसम्म एमाले नेता नेपालको नेतृत्वमा सरकार बन्ने न ग्यारेन्टी छ । नत त्यो सरकार टिक्छ भन्ने विश्वास नै आम नेपाली जनतालाई छ । सरकार बनिनसक्दै त्यो सरकार तीन महिनापनि टिक्न नसक्ने अनुमान धेरै नेपालीहरुले गर्न थालेका छन् । नयाँ सरकार बन्नासाथ सबैभन्दा पहिले सेना समायोजनको काम थाल्नुपर्ने हुन्छ किनभने सम्बिधान निर्माण कार्य सेना समायोजनसँगपनि जोडिएको छ । सेना समायोजन नभई नयाँ सम्बिधान बन्नै सक्दैन । अन्तरिम सरकारमा जस्तो नयाँ सम्बिधानमा पनि दुई वटा सेनाको प्रावधान राख्न मिल्दैन । जब सरकारले सेना समायोजको काम थाल्छ प्रधानसेनापति रुक्माङ्गद कटवालले अवरोध सिर्जना गर्न थालिहाल्छन् । सेना समायोजनमा सबैभन्दा बाधक हुने ठानेर प्रधानमन्त्री प्रचण्डले रुक्माङ्गद कटवाललाई हटाउन चाहेका थिए । तर राष्ट्रपति र दलहरु त्यसको विरुद्धमा लागे । जव माओवादीले नागरिक सर्वाेच्चताको कुरा उठाएर सरकारबाट राजिनामा दियो त्यसपछि कथित टेप प्रकरण अगाडि सारेर नागरिक सर्वाेच्चताको विषयलाई सेनाले विषयान्तर गर्न खोज्यो । यी सबै काम सेना समायॊजन हुन नदिने अभिप्रायले गरिएका थिए । माधब नेपाल प्रधानमन्त्री बनेमा कि उनी आफैले शान्ति सम्झौतामा गरेको हस्ताक्षर विपरित सेना समायोजनको विपक्षमा उभिनुपर्ने हुन्छ कि त उनले पनि सेनाको चुनौति सामना गर्नुपर्छ । जनताको त्यत्रो मत ल्याएर विजयी भएको माओवादी र प्रचण्डले त राजतन्त्रकालीन मानसिकता बोकेको सेनाबाट हैरान भएर राजिनामा दिनुपर्यो भने के जनताबाट निर्वाचितै नभएका माधब नेपालले नेतृत्व गरेको सरकारले सेनाको चुनौति सामना गर्न सक्ला ? -Sitaram Baral in Kathmandu
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments