NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काँग्रेसी पूर्व मन्त्री माओवादी प्रबेश PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 March 2010 18:15

काठमाडौं- एउटा कम्युनिष्ट पार्टीबाट अर्को कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु त स्वभाविक हो तर नेपाली कांग्रेसको तर्फबाट मन्त्री र सो पार्टीका केन्द्रीय सदस्य समेत भैसकेका एकजना दलित नेता बिहीबार दलबलसहित एकिकृत नेकपा (माओवादी) मा प्रवेश गरेका छन् ।

माओवादीमा प्रवेश गर्ने ती नेता हुन्- हरिशंकर परियार ।

पूर्व जिल्ला शिक्षा अधिकारी बलबहादुर परियारलगायत केही दलित राजनीतिक कार्यकर्तासँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट टीका लगाएर पूर्वमन्त्री परियार माओवादी प्रवेश गरेका थिए । उनी शाही शासनकाल अघि देउवा सरकारमा आवास तथा भौतिक योजना सहायकमन्त्री थिए ।

सो कार्यक्रममा एमाले झापाका जिल्ला कमिटी सदस्य कमलराज लुइँटेल, एमालेको भातृ संगठन युवा संघ नेपालका काठमाडौं जिल्ला सदस्य नरेन्द्र महर्जन र सुरेन्द्र चुँडालपनि माओवादीमा प्रवेश गरेका छन् । प्रवेश कार्यक्रममा पूर्व राज्यमन्त्री परियारले माओवादी जनयुद्धकै कारण देशमा परिवर्तन आएको बताएका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?