NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कांग्रेसद्वारा भूगोलका आधारमा ७ वटामात्र संघीय प्रदेश बनाउनुपर्ने धारणा प्रस्तुत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 09 August 2011 15:23

काठमाडौ- नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्यहरुलाई पार्टीद्धारा तैयार पारिएको राज्य पुनरसंरचना र शासकीय स्वरुप सम्बन्धी अवधारणापत्र वितरण गरेको छ ।

जारी केन्द्रीय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्यहरुलाई पार्टीले तैयार पारेको सो प्रतिवेदन अध्ययनकालागि वितरण गरिएको हो । नेपाली कांग्रेसले भूगोलका आधारमा ७ वटामात्र संघीय प्रदेश बनाउनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

जानकारीअनुसार आज वितरण गरिएको अवधारणपत्र केन्द्रीय सदस्यहरुले अध्ययन गरेपछि बिहीबार बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले त्यस प्रतिवेदन उपर आआफ्नो धारणा राख्नेछन् । आइतबार बसेको बैठकमा उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले सो सम्बन्धी अवधारणापत्र बैठकमा राखेको थियो । भूगोललाई आधार मानेर ७ संघीय प्रदेशको धारणा राखेको कांग्रेसले संघ विभाजन गर्दा पहिचान र सामथ्र्यलाई मुल आधार मानिनु पर्ने बताएको छ ।

यो अवधारणालाई पार्टी केन्द्रीय समितिले पारित गरेपछि सम्बिधान सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्ने योजना नेपाली कांग्रेसले बनाएको छ । तर कांग्रेसले अघि सारेको यो प्रस्तावको मधेशी, जनजाति समुदायले विरोध गरेका छन् । हिमालदेखि तराईसम्मका भूभागलाई एकै संघमा राख्ने कांग्रेसको प्रस्तावले नेपालमा किन संघीयता चाहियो भन्ने प्रश्नको समाधान दिन नसकेको उनीहरुको आरोप छ । कांग्रेसले यस्तो प्रस्ताव अघि सारेर संघीयतालाई कुरुप बनाउन खोजेको दावी कांग्रेसको प्रस्तावका विरोधीहरुले गर्दै आएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?