NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'पहिला रिग्रुपिङ गर्ने भन्ने कुरा चामल विना भात पकाउने कुरा जस्तै हो'- एकिकृत माओवादी सचिव सीपी गजुरेल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 06 August 2011 10:17

काठमाडौ- प्रधानमन्त्रीले भने जस्तो साउन २८ गतेभित्र माओवादी लडाकुको रिग्रुपिङको काम कुनै पनि हालतमा हुन नसक्ने एकिकृत नेकपा (माओवादी) का सचिव सीपी गजुरेलले गरेका छन् ।



उनको भनाईमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सेना समायोजन बिशेष समितिका सदस्य मीनेन्द्र रिजाललेपनि सहमति जनाएका छन् ।

एमाओवादी सचिव गजुरेलले समायोजनको मोडालिटी र संख्या निर्धारण नभई रिग्रुपिङको काम हुनै नसक्ने बताउँदै प्रधानमन्त्रीले दिएको समयभित्र कुनै पनि हालत पनि काम गर्न नसक्ने दावी गरे । 'पहिला रिग्रुपिङ गर्ने भन्ने कुरा चामल विना भात पकाउने कुरा जस्तै हो, यो प्रक्रियागत रुपमै मिल्दैन' गजुरेलले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा भने- 'प्रधानमन्त्रीले २८ गते भित्र रिग्रुपिङको काम नसके राजिनामा दिने गरेको घोषणा जनतामा हुनै नसक्ने विषयमा भ्रम फैलाउने कुरामात्रै हो ।'

सेना समायोजन विशेष समितिले समायोजनको विषयमा कुनै काम नगरेको, केवल हल्ला मात्रै बढी भएको दावी गर्दै गजुरेलले अहिले दलहरुवीच सहमति भएर रिग्रुपिङको काम सम्पन्न गर्ने अवस्था नै नभएको ठोकुवा गरे । सरकार गठन हुँदा भएको सात बुँदे सहमति र संविधान सभाको म्याद थप्ने बेलामा भएको पाँच बुँदे सहमतिअनुसार पनि प्रधानमन्त्री झलनाथ खनाल धेरै दिन पदमा रहन नमिल्ने उनको कथन थियो ।

माओवादीले पनि अब प्रधानमन्त्री धेरै दिनसम्म पदमा रहनु नहुने निस्कर्स निकालेको बताएका उनले ठूलो दलको हैसियतले आगामी सरकार माओवादीको नेतृत्वमा बन्ने र त्यो सहमतिको सरकार हुनु पर्ने बताउँदै आगामी सरकारको नेतृत्व एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले गर्ने दावी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पनि प्रधानमन्त्रीले भनेजस्तो साउन २८ गतेभित्र कुनै पनि हालतमा लडाकुको रिग्रुपिङको काम हुन नसक्ने ठोकुवा गरेका थिए । अहिलेसम्म लडाकुको शिविरको सुपरिवेक्षणको कामसमेत हुन नसकिरहेको अवस्थामा रिग्रुपिङको काम  हुनै नसक्ने बताउँदै रिजालले लडाकूहरुको स्वेच्छिक अवकास पुनरस्थापना र समायोजनमा जाने सम्बन्धमासमेत कुनै सहमति हुन नसकेको बताउँदै रिजालले यस्तो अवस्थामा रिग्रुपिङको काम गर्नै नसकिने दावी गरेका हुन् ।

अहिलेसम्म भएका सहमति र अन्तरिम संविधानमा भएको ब्यवस्था बाहेक समायोजनका सम्बन्धमा कुनै काम हुन नसकेको बताउँदै रिजालले माओवादीले पूर्व सहमति नै गल्ती भएको भनेकाले समायोजनको काम त्यती सहज नभएको दावी गरे । विशेष समितिका सदस्यसमेत रहेका उनले सो समितिले सामान्यबाहेक समायोजनको विषयमा खासै काम गर्न नसकेको विशेष समितिका सदस्यसमेत रहेका रिजालले बताए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?