| ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली |
|
|
|
| Written by Anand Gurung & Sitaram Baral | |||
|
४४ जनाको मन्त्रिमन्डलमा ९ मधेसी, ५ महिला, ६ थारु जनजाति, ४ पहाडी जनजाति, ३ मुस्लिम मन्त्री काठमाण्डौ -एमाले नेतृत्वको वर्तमान सरकारको सय दिन मन्त्रिपरिषदको विस्तार गर्दैमा वितेको छ ।
Undated on October 13: काठमाडौं - नेपाली काङ्ग्रेस सभापति गिरिजाप्रशाद कोइराला पुत्री तथा प्रधानमन्त्री माधवकुमार नेपालको सरकार कि परराश्ट्रमन्त्री सुजाता कोइरालालाई अन्तत: सोमबार (Oct 12) देशको उपप्रधानमन्त्री बन्ने अबसर मिलेको छ। सेप्टेम्बर ११ शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपालले आठऔं पटक मन्त्री मन्डलको बिस्तार गरेका छन्। गच्छदार समुहका दुई जना सभासदहरु क्रमश: गोबिन्द चौधरीलाई शिक्षा राज्यमन्त्री र चन्दा चौधरीलाई युबा तथा खेलकुद सहायकमन्त्री बनाइएको छ। मन्त्री मन्डलको यो किस्ता पछि मन्त्री मन्डलको संख्या अब ४४ पुगेको छ। सरकार बनेको सय दिन पुगेकै दिन बुधवार प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद सातौं पटक विस्तार भयो तर मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन । बुधबार मन्त्रिपरिषदमा ११ जना थप्नका लागि कसरत भएपनि तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट सरकारका सहभागी हुने व्यक्तिका बारेमा टुंगो लागेन । तमलोपाको आन्तरिक विवादका कारण २ जना राज्यमन्त्रीले सपथ लिएनन् । अन्तत: प्रधानमन्त्रीले ९ जनालाई मन्त्रिपरिषदमा सामेल गराउनुभयो । यद्यपि बुधबार सातौं पटकको विस्तारमा मन्त्री राज्यमन्त्री र सहायक मन्त्री गरी मन्त्रिपरिषदको संख्या ४२ पुगेको छ । बुधबार मन्त्रिपरिषदमा मधेशी जनअधिकार फोरमका तर्फबाट एकजना मन्त्री र ४ जना राज्यमन्त्री र एक सहायक मन्त्री थपिए । यस्तै सदभावना र राष्ट्रिय जनशक्ति पार्टीबाट १/१ जना राज्यमन्त्री थपिए । सातौं पटकको विस्तारसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, २५ जना मन्त्री, १४ जना राज्यमन्त्री र एकजना सहायक मन्त्री भएका छन् । अझै पूर्णता पाउन बाकी रहेको मन्त्रिपरिषद नेपालकै अहिलेसम्मको इतिहासमा आकारको हिसाबले दोश्रो ठूलो बनेको छ । यसअघि २०५२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा ४७ सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो । आठौं पटक मन्त्री परिषद विस्तार गरियो भने यसको आकार नेपालको इतिहासमा सबैभन्दा ठूलो हुने सम्भावना छ । विस्तारप्रति नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ । बुधबार विस्तार गरिएको मन्त्री परिषदमा दुई जना मन्त्री ६ जना राज्यमन्त्री र एक जना सहायकमन्त्री छन् । २ जना मन्त्री नियुक्त गरिएपनि ती मध्येका एकजना चाहिँ विनाविभागीय मन्त्री छन् । सदभावना पार्टीका लक्ष्मणलाल कर्णलाई विना विभागीय मन्त्री बनाइएको छ । यसअघि नै मन्त्री मण्डल जम्बो आकारको भैसकेका बेला फेरि विना विभागीय मन्त्री थपेर राज्यलाई थप आर्थिक भार बढाउने काम भएको छ । पन्चायतकालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीलेपनि गणतान्त्रिक नेपालको दोश्रो मन्त्री मण्डलमा पहिलो पटक स्थान पाएको छ । राज्यमन्त्री भएपनि सो पार्टीका इन्द्रप्रसाद ढुंगेलले क्याविनेटस्तरीय मन्त्रीको हैसियतमा मन्त्री परिषद्मा स्थान दिइएको छ । फूल मन्त्री भएका अन्य राज्यमन्त्री भने क्याविनेट बैठकमा बस्न पाउनेछन् । बाँकी राज्यमन्त्रीहरु भने फोरम लोकतान्त्रिकका छन् । एक सहायकमन्त्रीपनि फोरम लोकतान्त्रिककै छन् । सो पार्टीकी कलावती दुसाधलाई उप्रधानमन्त्री बिजय गच्छेदारले सम्हालेको आवास भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहायक मन्त्री बनाइएको छ । गच्छेदार र दुसाधका अलवा फोरम लोकतान्त्रिककै सन्जयकुमार शाह सो मन्त्रालयका राज्यमन्त्री बनेका छन् । यस हिसावले एक मन्त्रालयमा तीनजना मन्त्री बनेका छन् । अन्य राज्यमन्त्रीहरुमा करिमा बेगम कृषि तथा सहकारी शत्रुघनप्रसाद सिंह कोइरी पर्यटन तथा नागरिक उड्डयन, रामबचन अहिर यादब महिला बालबालिका तथा समाजकल्याण छन् । सद्भावना पार्टीकै सरोजकुमार यादब बाणिज्य तथा आपूर्तिमन्त्री छन् । नब नियुक्त मन्त्री राज्यमन्त्री र सहायकमन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस मन्त्रीहरु उपस्थित भएनन् । नेपाली कांग्रेससँग कुनै सल्लाह नगरी विस्तार गरिएकाले कांग्रेस असन्तुष्ट भएको हो । बुधबारको विस्तारबाट मन्त्री मण्डल ४२ सदस्यीय भएको छ । तर तमलोपाको र अन्य केही साना दलको तर्फबाट मन्त्री मण्डलमा अझै थप गर्न बाँकी छ । बुधबार नै सो पार्टीका तर्फबाट दुई जना मन्त्रीको नाम अध्यक्ष महन्थ ठाकुरले तय गरेपनि पार्टीभित्र बिबाद देखिएपछि सो पार्टीबाट मन्त्री चयन हुन सकेनन् । जानकारी अनुसार अध्यक्ष यादवले शिक्षा राज्यमन्त्रीको रुपमा गोबिन्द चौधरी र युवा तथा खेलकूद सहायक मन्त्रीका रुपमा चन्दा चौधरीको नाम तय गरेका थिए । तर सभासद नभएका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै विरोध भएपछि सो पार्टीको तर्फबाट विस्तारित मन्त्री मण्डलमा कोहीपनि सहभागी हुन सकेनन् । संविधान सभामा फोरम लोकतान्त्रिकका २९ जना सदस्यमात्र भएपनि मन्त्री मण्डलमा भने सबैभन्दा बढि सोही पार्टीका मन्त्री भएका छन् । १ सय १४ सदस्य रहेको नेपाली कांग्रेस र १ सय ९ सदस्य रहेको एमालेबाट मन्त्री मण्डलमा ७ / ७ सदस्यमात्र छन् । तर जम्मा २९ सदस्य रहेको सो पार्टीबाट भने ९ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । यसैगरी २१ सदस्य रहेको तमलोपाबाट ६ जनाले मन्त्री बन्ने पौका पाउने भएका छन् । जानकारी अनुसार, सत्ता टिकाउनकालागि चुरे भावर, सदभावना, आनन्दीवीको गुप्ता समूह लगायतका दललाईपनि मन्त्री बनाउने योजनामा प्रधानमन्त्री छन् । ठूलो मन्त्रिपरिषद नबनाउन आएको सुझावपछि प्रधानमन्त्री नेपालले आफनो मन्त्रिपरिषद्को संख्या वढीमा ३५ सदस्यीय हुने बताउदै आउनुभएको थियो । तर गठबन्धन दललाई चित्त बुझाउन उहाले जम्बो मन्त्रिपरिषद् गठन गर्नुभएको छ । संविधान सभाबाट जेठ ९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका माधव नेपालले जेठ ११ गते पद तथा गोपनियताको सपथ लिनु भएको थियो । सपथ लिएकै दिन जेठ ११ गते उहाले आफ्नै दलका दुईजनालाई समावेश गरेर मन्त्रिपरिषद गठन गर्नुभयो । दलहरुबीच पूर्ण सहमति नजुट्दै उहाले विद्या भण्डारी र सुरेन्द्र पाण्डेलाई मन्त्रिपरिषदमा समावेश गर्नुभयो । यसो त प्रधानमन्त्री नेपालले मन्त्रीमण्डल विस्तारमा सुरु देखि नै झमेला खेप्नुपर्यो । सुरुमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने विवादले सरकार विस्तारमा गडबढी ल्याइदियो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पुत्री सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराएपछि कांग्रेस भित्र मात्र होइन सत्ता साझेदार गठबन्धनमा नै हलचल ल्याइदियो । यति हुंदा हुंदै पनि प्रधानमन्त्री नेपालले मन्त्रिपरिषदमा ८ जनालाई थपेर जेठ २१ गते मन्त्रीपरिषद विस्तार गर्नुभयो । फोरमभित्र सहमति नहुदै प्रधानमन्त्रीले विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीमा सपथ ग्रहण गराएपछि मधेशी जनअधिकार फोरममा चर्को विवाद आयो । उपेन्द्र यादव र बिजयकुमार गच्छदार बिचको विवादले मधेशी जनअधिकार फोरमले सरकारलाई लिएको समर्थन फिर्ता मात्र लिएन अन्ततः फोरम पनि फुटयो । यसैले मधेशी जनअधिकार फोरम भित्र आएको फुटको दोष प्रधानमन्त्री माधवकुमार नेपालले समेत खेप्नुपर्यो । प्रधानमन्त्री नेपालले जेठ महिनामा मात्र दुईपटक मन्त्रीपरिषद विस्तार गर्नुभयो । तर असारमा भने मन्त्रिपरिषद विस्तारको क्रम अझ बढ्यो । किनभने असार महिनामा त तीन पटकसम्म मन्त्रीपरिषद विस्तार भयो । असार ३ गते, असार १० गते र असार १९ गते मन्त्रीपरिषद विस्तार भयो । कांग्रेस र एमालेले मन्त्रालय भागवण्डामा गरेको सहमतिप्रति आपत्ति जनाउदै आएका मधेसवादी दलको अनुपस्थितीमा नै असार ३ गते मन्त्रिपरिषद विस्तार भयो । असार ३ गते एमालेका तर्फबाट ४ जना र कांग्रेसका तर्फबाट एकजनाले सपथ लिए । माधवकुमार नेपालले असार १० गते चौथो किस्तामा मन्त्रिपरिषद्को विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । चौथो किस्ताको विस्तारमा पनि सरकारमा जान खुट्टा उचालेर बसेका दलको चित्त बुझाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री नेपाल असफल हुनुभयो । मन्त्रालय छनौटको विषयलाई लिएर तमलोपाका तर्फबाट उद्योग मन्त्रीका लागि सिफारिस गरिएका महेन्द्र यादव र शिक्षा राज्य मन्त्रीका लागि सिफारिस गरिएका दानबहादुर चौधरीले सपथ ग्रहण गर्नै गएनन् । सुरुमा शिक्षा मन्त्रीमा यादवलाई र राज्य मन्त्रीमा चौधरीलाई सिफारिस गरिएपनि पछि अचानक उद्योग मन्त्री र राज्यमन्त्रीमा नाम राखिएपछि सपथ ग्रहण यादव र चौधरी सपथ ग्रहण गर्न गएका थिएनन् । तमलोपाले भने कार्य व्यस्तताका कारण यादव र चौधरीले सपथ ग्रहण नगरेको भन्दै विवाद छोप्ने प्रयास गरेको थियो । त्यसपछि साउन १४ गते छैठौपटकको विस्तारमा पनि मन्त्रिपरिषदले पूर्णता पाएन । त्यसपछि भारत भ्रमणका दिन भदौ २ गते पनि प्रधानमन्त्री नेपालको मन्त्रीपरिषद विस्तार गर्ने योजना थियो । तर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन दबाब दिएपछि प्रधानमन्त्री नेपाल मन्त्रीपरिषद विस्तार कार्यक्रम स्थगित गरी भारत तर्फ लाग्नुभयो । माधव नेपालले सातौ पटक मन्त्री परिषद् विस्तार गर्दा संविधान सभामा प्रतिनिधित्व गर्ने काँग्रेस, एमाले, फोरक लोकतान्त्रिक, तमलोपा, सद्भावना संयुक्त लगायतका दलहरुलाई त समावेश गराउनु भएको छ । तर पनि मन्त्रिपरिषदले पूर्णता पाएन । यसरी सातौं खेपमा पनि मन्त्रिपरिषदले पूर्णता पाएन । त्यसैले प्रधानमन्त्रीले सय दिनपछिका अरु दिन पनि मन्त्रि परिषदको विस्तारमा खर्चनुपर्ने भएको छ । प्रधानमन्त्री : माधवकुमार नेपाल उपप्रधानमन्त्री: विजयकुमार गच्छदार, भौतिक योजना तथा निर्माण सुजाता कोइराला, परराष्ट्र मन्त्री मन्त्रीहरु : रक्षा मन्त्री : विद्यादेवी भण्डारी पर्यटन तथा नागरिक उड्डयन मन्त्री : शरतसिंह भण्डारी गृह मन्त्री : भीमबहादुर रावल वाणिज्य तथा आपूर्ति मन्त्री : राजेन्द्र महतो अर्थ मन्त्री : सुरेन्द्र पाण्डे कानून तथा न्याय मन्त्री : प्रेमबहादुर सिंह ऊर्जा मन्त्री : डा. प्रकाशशरण महत सिंचाई मन्त्री : बालकृष्ण खाँण सूचना तथा संचार मन्त्री : शंकर पोखरेल संघीय मामिला संविधान सभा डा. मिनेन्द्रप्रसाद रिजाल शान्ति तथा पुननिर्माण मन्त्री : रकम चेम्जोङ स्थानीय विकास मन्त्री : पूर्णकुमार सेर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री : उमाकान्त चौधरी श्रम तथा यातायात मन्त्री : मोहम्मद आफ्ताब आलम सामान्य प्रशासन मन्त्री : प्रभाकर प्रधानाङग भूमीसुधार तथा व्यवस्था मन्त्री : डम्बर श्रेष्ठ शिक्षा मन्त्री : रामचन्द्र कुशवाहा वन तथा भू संरक्षण मन्त्री : दीपक बोहरा उद्योग मन्त्री : महेन्द्रप्रसाद यादव कृषि तथा सहकारी मन्त्री : मृगेन्द्रकुमार सिंह यादव युवा तथा खेलकुद मन्त्री : गणेश तिवारी नेपाली वातावरण मन्त्री : ठाकुरप्रसाद शर्मा विनाविभागीय मन्त्री : लक्ष्मणलाल कर्ण महिला बालबालिका तथा समाज कल्याण मन्त्री : सर्वदेव ओझा राज्य मन्त्रीहरु: स्थानीय विकास राज्य मन्त्री : गणेशबहादुर खड्का शान्ति तथा पुनर्निमाण राज्य मन्त्री : डिल्लीबहादुर महत सामान्य प्रशासन राज्य मन्त्री : जीतबहादुर दर्जी ऊर्जा राज्य मन्त्री : चन्द्रसिंह भट्टराई गृह राज्य मन्त्री : मुहम्मद रिजवान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री : खड्गबहादुर बस्याल उद्योग राज्य मन्त्री : दानबहादुर चौधरी भूमीसुधार तथा व्यवस्था मानबहादुर शाही विज्ञान तथा प्रवििध राज्य मन्त्री : इन्द्रप्रसाद ढुंगेल भौतिक योजना तथा निर्माण राज्य मन्त्री : संजयकुमार शाह महिला बालबालिका तथा समाज कल्याण राज्य मन्त्री : रामवचन अहिर यादव कृषि तथा सहकारी राज्य मन्त्री : करिमा बेगम पर्यटन राज्य मन्त्री : सत्रुघ्नप्रसाद सिंह आपूर्ति राज्य मन्त्री : सरोजकुमार यादव शिक्षा राज्य मन्त्री: गोबिन्द चौधरी सहायक मन्त्री: भौतिक योजना तथा निर्माण सहायक मन्त्री : कलावती सिंह दुसाध युबा तथा खेलकुद सहायक मन्त्री: चन्दा चौधरी -Anand Gurung & Sitaram Baral in Kathmandu
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments