NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

देउबा र पौडेलको प्रम भन्ने काईदामा दुइटै नेतालाई फाईदा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 17 August 2011 11:59

काठमाडौ- संसदीय दलको नेता परिवर्तन गर्ने नगर्ने भन्ने सम्बन्धमा नेपाली कांग्रेसमा चर्किएको विवाद अन्तत: तत्कालकालागि समाधान भएको छ ।

आफ्नो नेतृत्वमा सहमतिको सरकार बन्ने सम्भावना रहेको बताउँदै बरिष्ठ नेता शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई अविश्वास प्रस्तावबाट हटाएर आफै संसदीय दलको नेता बन्ने प्रयास गरेपछि कांग्रेस नेतृत्व समस्यामा परेको थियो ।

सहमतीय सरकारको नेतृत्व गर्ने अवसर आएका शेरबहादुर देउवालाई कांग्रेसकोतर्फबाट प्रधानमन्त्री गर्ने सहमति हिजो कांग्रेस नेताहरुबीच भएपनि संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमतीय सरकारको प्रमको दावीपनि गरेपछि विवाद बल्झेको थियो । यो विवादका कारण आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक झण्डै पाँच घण्टा पछि मात्र हुन सक्यो ।

प्रधानमन्त्रीको उम्मेदवार आफू बन्ने दावीसहित पौडेल विरुद्ध संसदीय दलमा बहुमत पुर्याएको दावी गरेका देउवाले मंगलबार उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तैयारी गरेका थिए । पार्टीको बहुमत भएको स्थितिमा पार्टीकोतर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता हुनुपर्ने पार्टी विधानका कारण देउवाले पौडेललाई संसदीय दलको नेताबाट हटाउन खोजेका थिए ।

तर सहमतिको सरकारको नेतृत्व कांग्रेसले पाउने अवस्थामा देउवाले र बहुमतीय सरकारकालागि प्रतिस्पर्धा हुने भएमा पौडेलले प्रतिस्पर्धा गर्ने सहमति भएपछि देउवाले हिजो अविश्वास प्रस्ताव दर्ता गरेका थिएनन् ।

संसदीय दलको नेताको हैसियतले सहमतीय र बहुमतीय दुवै अवस्थामा कांग्रेसकोतर्फबाट प्रमको उम्मेदवार आफै हुन पाउनुपर्ने दावी पौडेलले दोहोर्याएपछि बुधबार फेरि विवाद सिर्जना भएको थियो । त्यसपछि मध्यमार्गी नेताहरु फेरि सहमतिकालागि जुटेका थिए । पौडेलको व्यवहारले सहमतिको वातावरण भाँडेको भन्दै देउवा पक्षले उनी विरुद्धको अविश्वास प्रस्ताव पेश गरिने चेतावनी दिएपछि पौडेल पछि हटेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?