Inside

All Time Top 50 News

जनयुद्धका क्रममा बेपत्ता पारिएका नागरिकहरुको स्थिति तत्काल सार्वजनिक गर्न सवोच्च अदालतद्वारा आदेश PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Friday, 03 April 2009 05:40
काठमाण्डौं, जनयुद्धका क्रममा बेपत्ता पारिएका करिव ५ सय नागरिकको स्थिति तत्काल सार्वजनिक गर्न सवोच्च अदालतले सरकारलाई आदेश दिएको छ । बेपत्ता नागरिकहरुको खोजी उनीहरुको स्थिति सार्वजनिक गर्न सर्वाेच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, रक्षा मन्त्रालय, नेपाली सेनाको मुख्यालय, नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरी बलको मुख्यालयलाई भनेको हो । आफ्नो देशका प्रत्येक नागरिकको स्थितिबारे जानकारी राख्नु राज्यको कर्तव्य भएको बताउँदै सर्बाेच्च अदालतले बेपत्ता नागरिकहरुको स्थिति सार्वजनिक गर्न सरकारलाई भनेको हो । न्यायाधिसद्धय अनुपराज शर्मा र प्रकाशचन्द्र वस्तीको इजलासले यस्तो निर्णय गरेको थियो । जनयुद्धका क्रममा बेपत्ता नागरिकहरुलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै नेपाल मानवअधिकार संगठनले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेको थियो । रिट दायर २०६१ सालमा गरिएको थियो । त्यो बेला बेपत्ता पारिएका ४ सय ३३ जना माओवादी कार्यकर्ताहरुको स्थिति सार्वजनिक गर्नुपर्ने माग रिट दायर गरेको मानवअधिकार संगठनले गरेको थियो । बेपत्ता भनिएकामध्ये एकाध व्यक्ति लोकतन्त्रपछि रिहा भैसकेपनि अधिकांस व्यक्तिहरु अहिलेपनि बेपत्ताको स्थितिमा नै छन् । हिरासतमा नै उनीहरुको हत्या भैसकेको अनुमानपनि गरिएको छ । सरकारको नेतृत्व माओवादीले नै गरेकाले अब सरकार उनीहरुको स्थिति सार्वजनिक गर्न बाध्य हुनेछ । बेपत्ता नागरिकहरुको स्थिति सार्वजनिक गर्न सरकारले बेपत्तासम्बन्धी आयोग गठन गर्ने घोषणापनि गरिसकेको छ । आयोग गठनकालागि अध्यादेशसमेत जारी भैसकेको अदालतले नै उनीहरुको स्थिति सार्वजनिक गर्न सरकार र उ अन्तर्गतका सुरक्षु निकायहरुलाई आदेश दिइसकेपछि तत्काल आयोग गठन गरी उनीहरुको स्थिति सार्वजनिक गर्न सरकार बाध्य हुनेछ । द्धन्दका बेला सेना तथा प्रहरीले उनीहरुलाई पक्राउ गरी बेपत्ता पारेकाले सर्वाेच्चको यो आदेशपछि यी सुरक्षा निकायहरुपनि उनीहरुको स्थितिबारे बोल्न बाध्य हुनेछन् । किनभने सर्वाेच्चको आदेशमा सरकारको अलवा सेना तथा प्रहरीलाईपनि उनीहरुको स्थिति सार्वजनिक गर्न भनिएको छ । -Sitaram Baral in Kathmandu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.