NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री बने एसएलसि बोर्ड फर्स्ट डा. बाबुराम भट्टराई, पौडेलको २३५ मतको बिरुद्द उनले पाए ३४० मत PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Sunday, 28 August 2011 08:15

Updated: बिशेष समाचार र टिप्पणी: काठमाडौं- चुनावी र शैक्षिक प्रतिस्पर्धामा कहिल्यै दोश्रो नभएका एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेललाई पराजित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौंथॊ तथा नेपालको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।


पटक पटक प्रधानमन्त्रीको उम्मेदवार बनेको कांग्रेस नेता पौडेलले नेपालको इतिहासमा सबैभन्दा धेरै पराजित हुने नेताकोरुपमा आफ्नो रेकर्ड आफै तोडेका छन् ।

आइतबार अपरान्ह भएको मतदानमा एमाओवादी नेता भट्टराईले खसेका कूल ५७५ मत मध्ये ३ सय ४० मत प्राप्त गरे भने पौडेलको पक्षमा २ सय ३५ मत खस्यो । १८ औं पटक पराजित हुनु परेपनि पौडेलले यसअघि भन्दा झण्डै सय मत बढि मत चाहिँ प्राप्त गरेका छन् । उनलाई एमाले राजपा राजावादी दल राप्रपालगायत केही साना दलले मत दिएका थिए । भट्टराईलाई चाहिँ आफ्नो पार्टीका अलवा मधेशी मोर्चा, एमालेबाहेकका साना वाम र अन्य दलको मत परेको थियो ।

गोर्खाको खोप्लाङ गाबिस बेल्बासमा सन् १९५४ मे २६ मा जन्मिएका नब निर्बाचित प्रधानमन्त्री डा. भट्टराई गत सम्बिधान सभामा सबैभन्दा बढि (४६,२७२ मत) ल्याएर गोर्खा क्षेत्र नं. २ बाट विजयी भएका थिए । २०२६ को एसएलसी परीक्षामा बोर्ड फस्ट भएका डा. भट्टराई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रधानमन्त्रीत्वकालमा सबैभन्दा सफल मन्त्री (अर्थ मन्त्री) को परिचय बनाएका थिए । क्याम्पस जीवनमा पनि उनी कहिल्यै दोश्रो हुनु परेन । अमृत साइन्स क्याम्पस काठमाडौंबाट आइएससिमा सर्बोत्क्रिस्ट (topper) हुन पुगेका उनले जवाहरलाल विश्व बिद्यालय, नयाँ दिल्ली, भारतबाट सन् १९८६ मा बिद्यावारीधी (पिएच्डी) गरेका थिए। सम्बिधान सभाको सफलतापछि यो उनको जीवनको दोश्रो महत्वपूर्ण जीत हो ।

 


Dr. Baburam Bhattarai. Photo archive: USNepalOnline

निर्णायक मानिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मत पाएपछि भट्टराईको जीत निश्चित भएको थियो । मोर्चाले यस पटक निकै रणनीतिक भूमिका खेलेको थियो एमाओवादी नेतृत्वमा सरकार बनाउन । मोर्चाभित्र माओवादीलाई सघाउने बिषयमा विवाद भएको देखाएर मोर्चाले भारतीय दवावलाई किनारा गराउँदै आइतबार विहानमात्र भट्टराईलाई मत दिने निर्णय गरेको थियो जसकाकारण भारतीय पक्षले एमाओवादीलाई सरकारको नेतृत्व नदिन कुनै योजना नै बनाउन पाएन ।

डा. भट्टराईको जीत निश्चित हुने भएपछि सभामुखले नेम्वाङ्गले निर्वाचन परिणाम घोषणा नगर्दै व्यवस्थापिका संसदको बैठक कक्षमा भट्टराई बधाई दिन सभासदहरु उठेका थिए । निर्वाचन परिणाम घोषणा नहुँदै बधाइकासाथ सभासदहरु उठ्न थालेपछि सभामुखले निर्वाचन परिणाम घोषणा नभएको बताउँदै सभासदहरुलाई परिणाम सुन्ने धैर्यता गर्न आग्रह गरेका थिए । वास्तवमा डा. भट्टराईको जीतको परिणाम सुन्न सारा नेपाल ब्यग्र बनेको थियो ।

Dr. Baburam Bhattarai at PLA camp in Saktikhor, Chitwan. Photos: Sitaram

माओवादी नेतृत्वमा सरकार बनाउने भित्री सहमति २-३ दिन अघि नै मोर्चा र एमाओवादीबीच भएपनि आइतबार विहानमात्र औपचारिकताकालागि एमाओवादी र मोर्चाबीच चार बुँदे सहमति भएको थियो जसमा मोर्चाले उठाएका माग पुरा गर्ने लगायत एमाओवादीले शान्ति प्रकृया र सम्बिधान निर्माणकालागि अघि सारेको प्रतिबद्धता पत्रलाई केही परिमार्जन गर्ने विषय छन् । डा. भट्टराईलाई जिताउन भएको दुई पक्षबीचको सहमति निम्न बमोजिम छन् ।

शान्ति, संविधान र संयुक्त सरकार संचालनकालागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मुख्य तथा आधारभूत विषयहरुमा भएको सहमति:

संविधान सभा व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चयनकालागि मिति २०६९ भाद्र ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसि मोर्चाका सम्बद्ध दलहरुले एकीकृत नेकपा माओवादीकातर्फबाट उम्मेद्वार रहनु भएका माननीय डा. बाबुराम भट्टराईको पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताकासाथ स्वागत गरेको छ।

मुलुकको विद्यमान सबैभन्दा मुख्य विषय नै शान्ति प्रक्रियालाई विस्तृत शान्ति सम्झौताको मर्मअनुसार सार्थक निष्कर्षमा पुर्‍याउनु र राष्ट्रिय सहमतिका आधारमा राज्यको रुपान्तरणसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान, संविधान सभाबाटै निर्माण गर्नु रहेकोमा हामी दुवै पक्षबीच सहमति कायम भएको छ।

१. माओवादी सेनाका लडाकूहरुको समायोजन र पुनर्स्थापनाबारे

नयाँ सरकारको प्रथम कार्यभार शान्ति प्रक्रिया पूरा गर्नु र नयाँ संविधान निर्माण गर्नु हो। यस सन्दर्भमा मिति २०६८ भाद्र ८ गते एकीकृत नेकपा माओवादीकातर्फबाट जारी प्रस्ताव एवम् प्रतिबद्धतामा सकारात्मक रुपमा परिमार्जन गरिनेछ। यसबारे हाल राजनीतिक सहमति हुन नसकेको मुख्य विषयहरु

१) निश्चित इकाइमा समायोजन गर्ने भनिएको २) कुन तहसम्मका लडाकू कमाण्डरहरुको समायोजन हुने, ३) समायोजन हुने यस्ता सम्भाव्य कमाण्डहरुको समायोजित हुने निकायमा तह निर्धारण ४) समायोजित हुने लडाकूहरुको संख्यालाई ७ हजारसम्म निर्धारण गर्न प्रयत्न गर्ने; ५) समायोजित सेनाको जिम्मेवारी निर्धारण ६) पुनर्स्थापनाका प्याकेज र ७) वर्गीकरण पश्चात लडाकू, हतियार र कन्टेनरको हस्तान्तरण जस्ता विषयहरुलाई थप स्पष्ट गरि आवश्यक परिमार्जन गरिनेछ। माओवादी सेनाका लडाकूहरुको समायोजन सम्बन्धी सबै निर्णयहरु संविधानमा व्यवस्था भएको विशेष समितिबाट नै गरिनेछ।

२) शान्ति प्रक्रियाका बाँकि कामहरुबारे

यस सन्दर्भमा मिति २०६८ भाद्र ८ गते एकीकृत नेकपा माओवादीका तर्फबाट जारी प्रस्ताव एवं प्रतिबद्धतामा उल्लेखित कार्यभारहरु सम्पादन गर्ने सन्दर्भमा कुनै पनि रुपमा कसैलाई पनि उसको कानुन अनुसार स्वामित्वको सम्पत्तिबाट बेदखल गरिने छैन। माओवादी युद्धकाल, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन, थारुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन र अन्य समुदायद्वारा न्यायोचित मागका लागि भएका आन्दोलनहरुका दौरान राज्यद्वारा पीडित भएकाहरुलाई विशेष राहतको व्यवस्था गर्ने ।
माओवादी युद्धकाल, युद्धकाल, मधेस आन्दोलन, जनजाति आन्दोलन, थारुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन र अन्य समुदायद्वारा न्यायोचित मागका लागि भएका आन्दोलनहरुका दौरान लगाइएका मुद्दाहरु समेतलाई खारेज गर्ने माफी दिने प्रक्रिया थालिने छ।

३) संविधानबारे

यस सन्दर्भमा मिति २०६८ भाद्र ८ गते एकीकृत नेकपा माओवादीका तर्फबाट जारी प्रस्ताव एवम् प्रतिबद्धतामा उल्लेखित कार्यभारहरु सम्पादन गर्ने र नयाँ संविधानमा लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरुप आधारभूत मानव अधिकार, जनतामा निहीत सार्वभौमसत्ता र राजकीय सत्ता, संवेधानिक सर्वोच्चता, विधिको शानस, प्रेस स्वतन्त्रता, स्वतन्त्र र उत्तरदायी न्यायपालिका, समावेशी लोकतन्त्रिक गणतन्त्र, स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकार सहितको संघीय शासन प्रणाली, नागरिक सर्वोच्चता तथा प्रतिस्पर्धातम्क बहुदलीय राजनीतिक प्रणाली, आवधिक निर्वाचन, सामाजिक न्याय, राष्ट्रिय एकता र अखण्डताको रषा तथा मुलुकको एकात्मवादी राज्यव्यवस्थामा अग्रगामी परिवर्तन जस्ता विषयहरुलाई संविधानको आधारभूत संरचनाको रुपमा राखिनेछ। संविधान सभामा राज्यको पुनर्संचना समितिद्वारा प्रतिवेदन प्रस्तुत भै संविधान सभाको क्षेत्राधिकारभित्र प्रवेश भैसकेको विषयमा अब अन्तरिम संविधानमा व्यवस्था रहेको राज्य पुनर्संचना आयवग गठनको औचित्य छैन। तर राजनीतिक पक्षहरुको सहमतिमा निकासका अन्य मार्गहरु खोजिने कुरामा हाम्रो सहमति छ।

४) साझा सहमतिका अन्य महत्वपूर्ण विषयहरु

४:१ सार्वजनिक सेवालाई समावेशीकरण गर्न यस अघिको विधेयकलाई मधेसी, जनजाति, थारु, मुसलमान, दलित, महिला र अन्य हकदार समुदायहरुको मागलाई ध्यानमा राखी परिमार्जन गरिनेछ। यसरी परिमार्जित विधेयकलाई सरकारद्वारा १५ दिनभित्र संविधानसभा प्रस्तुत गरिनेछ।

४:२ नेपालको अन्तरिम संविधान, २०६३ को भाग २० मा उल्लेखित व्यवस्था र नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बीच भएको आठ सूत्रीय सम्झौता अनुसार नेपाली सेनाको लोकतान्त्रिक संरचना र राष्ट्रिय र समावेशी चरित्र निर्माण गर्ने विषयमा प्रतिबद्ध छौं। यसका लागि नेपाली सेनामा अलग इकाइको रुपमा मधेसी समुदायको पहिचान स्थापित गर्दै १० हजारको संख्याबाट भर्ना माग गरिएको सन्दर्भमा हाल निश्चित संख्याको भर्नाबाट समावेशीकरणको तत्काल प्रक्रिया थालिनेछ।

४:३ लामो समयदेखि रिक्त रहेको विभिन्न संवैधानिक र कुटनीतिक तथा जनआवश्यकताका अन्य महत्वपूर्ण पदहरु तत्काल पूर्ति गरिनेछ। यस सम्बन्धमा नेपाल सरकारले सरकार गठनको १५ दिनभित्र विधिवत् प्रस्ताव सम्बन्धित निकायमा निर्णयका लागि पेश गर्नेछ।

४:४ चालू आर्थिक वर्षको बजेटलाई परिमार्जन गरिनेछ। यस सन्दर्भमा बजेट सुधारका लागि तत्कालीन सरकारले व्यक्त गरेको बचनबद्धता र संसदमा उठेका मधेसी दलहरुका मागहरुलाई ध्यान दिइनेछ।

४:५ नेपालका दुवै छिमेकीभित्र राष्ट्रहरुसँगको सम्बन्ध सुधारमा उच्च प्राथमिकता दिइनेछ । नेपाल र सम्बन्धित मित्र राष्ट्रहरुसँगको दुई पक्षीय सम्मान र हितलाई ध्यानमा राखेर सहमति हुन नसकेका विषयमा सहमित गरिनेछ।

४:६ तराई मधेशको सुरक्षा अवस्थामा सुधारका लागि जनउत्तरदायी सुरक्षा कार्यक्रम ल्याइनेछ । हात हतियार सम्बन्धी ऐनमा परिमार्जन गरी अर्धन्यायिक निकायबाट हुने कानुनको दुरुपयोगलाई रोकिने छ।

४:७ राष्ट्रिय पोशाकका सम्बन्धमा हाल उत्पन्न विवादलाई समाप्त गर्न मधेसी, आदिवासी जनजाति, थारु, मुसलमान लगायतका समुदायहरुको भावनाको विपरित यस अघिका सरकारबाट भएको त्रुटिपूर्ण निर्णयलाई रद्द गरिनेछ।

४:८ नेपाली जनता अहिले जनजीविकाका समस्याबाट आक्रान्त छन्। यसबाट जनतालाई राहत दिन नयाँ गठन हुने सरकार, तत्काल नै प्रभावकारी, जनकल्याणकारी विशेष जनता राहत कार्यक्रम ल्याउने विषयमा प्रतिबद्ध छ।

अन्त्यमा मिति २०६८ भाद्र ८ गते एकीकृत नेकपा माओवादीका तर्फबाट जारी प्रस्ताव एवं प्रतिबद्धता अनुसारका अन्य विषयहरुको कार्यान्वयन उदाहरणीय रुपमा तथा आमअपेक्षा अनुसार गरिनेछ। एकीकृत नेकपा मा‌ओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सम्बद्ध दलहरुको नयाँ गठन हुने सरकारले स्वीकारेका प्रतिबद्धताहरु स्वीकारिएकै समयावधिमा सम्पन्न गरेर उक्त सरकारमा नै अन्य मुख्य राजनीतिक पार्टीहरुलाई सरिक गराउँदै शान्ति तथा संविधान हासिल गरी राष्ट्रलाई नयाँ संविधान अनुसारको सरकार हस्तान्तरण गर्ने ऐतिहासिक दायित्व पूरा गर्नसक्ने विश्वास लिएका छौं।

पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष
एकीकृत नेकपा माओवादी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट

विजयकुमार गच्छदार
अध्यक्ष
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

महन्थ ठाकुर
अध्यक्ष
तराई मधेस लोकतान्त्रिक पार्टी

राजेन्द्र महतो
अध्यक्ष
नेपाल सदभावना पार्टी

जयप्रकाश प्रसाद गुप्ता
अध्यक्ष
मधेसी जनअधिकार फोरम गणतान्त्रिक

महेन्द्र प्रसाद यादव
अध्यक्ष
तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल

मितिः २०६८ भाद्र ११ गते

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?