NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जनआन्दोलन प्रतिक्रान्ति रहेको पूर्व प्रधानसेनापति कटुवालको दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Sunday, 22 January 2012 08:49

'त्यो आन्दोलन क्रान्ति होइन, त्यो त प्रतिक्रान्ति पो रहेछ ।'
रुपन्देही- पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले २०६२/०६३ को जनआन्दोलनलाइ प्रतिक्रान्तिको शंज्ञा दिएका छन् । 'त्यो आन्दोलन क्रान्ति होइन' भैरहवामा आइतवार पत्रकारसंग कुराकानी गर्दै उनले भने- 'त्यो त प्रतिक्रान्ति पो रहेछ ।'

जनआन्दोलन पछिको राजनितिक अवस्थाबारे टिप्पणी गर्दै उनले जनताले केही राहत नपाएको बताए । 'जनतामा आर्थिक, सामाजिक परिवर्तन ल्याउन नसक्ने के को क्रान्ति?' उनले प्रश्न गरे । 'आफै सरकारमा बस्ने अनि आफैले आन्दोलन गर्छु भन्ने कसकालागी क्रान्ति?' उनले प्रश्न गर्दै भने- 'एउटा पार्टीले तानाशाह लाद्न खोज्ने तानाशाही प्रबृतिको उदय पनि क्रान्ति हुन सक्छ?'

Former Nepal Army Chief Rookmangud Katawal in Butwal. Photo: Chandrakanta

द्धण्द्धपिडितका नाममा राज्यले अरबौं रुपैंयाँ राज्यकोषबाट दुरुपयोग गरेको आरोप लगाउदै उनले द्धन्द्धरत माओवादी कार्यकर्तालाई द्धन्द्ध पीडितको नाममा रकम बाँडेर सरकारले बास्तविक द्धन्द्ध पीडितको घाउमा नुन छर्कने काम गरेको बताए ।

'तत्कालिन राज्य र माओवादी दुबै द्धण्द्धरत पक्ष हुन्, द्धन्द्धरत पक्षलाई नै द्धन्द्धपीडित भन्न पाइदैंन, माओवादी कार्यकर्ता द्धन्द्ध पीडित हुनै सक्तैनन्' उनले भने । जसका घरवार सकिए राज्य र माओवादी कसैबाट प्रताडित भए उनीहरु मात्र द्धण्द्धपिडितको परिभाषमा पर्ने जिकिर उनले गरे । डेकेन्द्र थापा, मुक्ति अधिकारी जस्ताका परिवारले राहत पाउन नसकेर रुदै हिडनुपरेको उनले बताए ।

प्रधानमन्त्री बाबुराम भट्टराईले अखण्ड नेपाललाई मर्ज हुने कुरा गरेर राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको उनले बताए।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?