NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व प्रधानमन्त्री थापालाई बुढी मर्‍योभन्दा पनि काल पल्केकोमा चिन्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 30 September 2011 16:45

काठमाडौं- पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले देश बिखन्डनतिर उन्मुख भएकोमा चिन्ता ब्यक्त गरेका छन्।



२०६८/६/१३ मा जारी एक प्रेस बिज्ञप्तीमा उनले भनेका छन्-

"ठीक बेठीक जसरी भएपनि सत्ता प्राप्त गर्ने संस्क्रिती नेपालमा बिकसित हुँदा यसबाट दूरगामी प्रभाबका लक्ष्यणहरुसमेत देखा पर्न थालेका छन्। यस अर्थमा जातीयतामा आधारित संघीयताको अबधारणा, आत्मनिर्णयको अधिकारको निती तथा बर्तमान सत्ता गठबन्धन निर्माणकोक्रममा भएका सम्झौताका केही बुँदासमेतको समस्टिगतरुपमा बिकसित प्रब्रित्तीको उत्कर्शकोरुपमा बर्तमान रक्षा मन्त्रीको अभिब्यक्तीलाई लिइनु पर्दछ।



जरोबाटै पलाएको यो बिकसित प्रब्रित्ती अन्तत: राष्ट्र बिखन्डन उन्मुख हुन सक्ने राजापाको निस्कर्श छ। कमसेकम समयमै यो बिषय जन समक्ष्य आएर सबैलाई जानकारी भयो। राष्ट्र बिखन्डनतर्फ परिलक्षित यो प्रब्रित्ती निश्चयनै चिन्ताको बिषय हो। यसलाई ढाकछोप गरेर गौड तुल्याइँदा अन्तत: पश्चातापको बिषय बन्ने छ।

यहाँ चिन्ता बुढी मरी भन्नेमा होइन काल पल्क्यो भन्नेमा हो। यसर्थ मुलुकका सबै राष्ट्रबादी दलहरु अबिलम्ब एक ठाउँमा बसेर यो राष्ट्र बिखन्डन उन्मुख प्रब्रित्तीको जडसम्म पुगेर यो प्रब्रित्ती र संस्क्रितीलाई हटाउने निर्णय लिई तत्काल व्यबहारमा अबलम्बन गर्न आबश्यक छ। अनिमात्र यस प्रब्रित्तीलाई परास्त गर्न सकिने छ। म यसतर्फ सबै दलको गम्भिररुपमा ध्यानाकर्षण गराउँदछु।"

सूर्यबहादुर थापा

अध्यक्ष
राष्ट्रिय जन शक्ती पार्टी
एबम् पूर्व प्रधानमन्त्री

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?