NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ज्वरोले प्रधानमन्त्री खनाललाई कार्यबाहीबाट बचायो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 09 August 2011 15:22

काठमाडौ- पार्टीमा देखिएको विवादका कारण विमारी भएको ठानिएका प्रधानमन्त्री झलनाथ खनाल साँच्चिै विरामी भएको पुष्टि भएको छ ।

तर यो विमारले उनको स्वास्थ्यमा कठिनाई उत्पन्न भएपनि राजनीतिक रुपले चाहिँ उनलाई फाइदै भएको छ । विमारका कारण साउन २१ देखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक आजसम्मकालागि सारिएपनि आजपनि बैठक खनालको विमारलाई आधार बनाउँदै स्थगित हुन पुगेको छ ।

एमाओवादीका मन्त्रीहरुलाई शपथ ग्रहण गराइएको विषयमा एमालेभित्र आलोचित प्रधानमन्त्री खनाललाई यस पटकको बैठकमा कार्वाही गरिने तैयारी माधव नेपाल-केपी ओलीपक्षले गरेको थियो । बैठकको पहिलो दिन नेपाल-ओली पक्ष अनुशासन समितिले दोषी ठहर्याएका अध्यक्ष तथा प्रम खनालले बैठकको अध्यक्षता गर्न नपाउने दावीसमेत गरेको थियो । त्यसपछि खनालको अश्वस्थतालाई आधार बनाउँदै आजसम्मकालागि बैठक स्थगित गरिएको थियो ।

प्रम सम्बद्ध श्रोतकाअनुसार, उनलाई उच्च ज्वरोले सताएको छ । ज्वरोका कारण बिगि्रएको उनको स्वास्थ्यमा अझै उल्लेख्य सुधार आउन सकेको छैन । ज्वरोका अलवा प्रम खनाललाई सोमबारदेखि डायरियाको समस्या पनि थपिएको छ । ज्वरो र डायरिका कारण प्रम खनाल अझ शिथिल बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाकाअनुसार, चिकित्सकहरुले प्रधानमन्त्री खनाललाई अझै तीन दिन आराम गर्न सल्लाह दिएका छन् ।

जेठ १४ गते भएको पाँच बुँदे सहमतिअुनसार प्रधानमन्त्री खनालले राजीनामा दिनुपर्नेमा एमाओवादीको निर्णयअनुसार नयाँ मन्त्रीहरुलाई मन्त्रिमण्डल पुनरगठन गरी शपथ ग्रहण गराएको भन्दै माधव नेपाल-केपी ओली समूहले खनाललाई पार्टी अध्यक्ष र संसदीय दल बाटै हट्न दबाब दिँदै आएकोमा विमारका कारण सम्भावित कार्वाहीबाट खनाल बचेका छन् । नेपाल-ओली पक्षका नेताहरुले चाहिँ अनौपचारिक कुराकानीहरुमा खनालले विमारी भएको नाटक गरेको आरोप लगाउने गरेका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?