NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कुर्ची हात पार्ने दाउ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 18 August 2011 19:01

काठमाडौ- सहमतीय सरकार गठनकालागि राष्ट्रपतिले दिएको समयावधि सकिन तीन दिनमात्र बाँकी रहँदा सरकारको नेतृत्वका दावेदार दुई ठूला दल एकिकृत नेकपा (माओवादी) र नेपाली कांग्रेसले परिणाम आफ्नो पक्षमा पार्न विहीवारपनि राजनीतिक भेटघाट र वार्तालाई तीब्रता दिएका छन् ।

यसैक्रममा एकिकृत नेकपा माओवादीले नेकपा एमालेसँग सहमतिय सरकारको नेतृत्वकालागि सहयोग गर्न वार्ता गरेको छ ।

सिँहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको वार्तामा अध्यक्ष प्रचण्ड, प्रधानमन्त्रीका प्रत्यासी डा. बाबुराम भट्टराईलगायतका नेताले कुराकानी गरेका थिए । कुराकानीमा एमाले अध्यक्ष तथा प्रम झलनाथ खनाल लगायतका एमाले नेताहरु सहभागी थिए । एमालेले शान्ति प्रकृया सफल पार्न भरपर्दाे विश्वास दिलाउन सके एमाओवादीलाई समर्थन गर्ने बताएको थियो । एमाले टोलीले शान्ति प्रकृयामा ठोश प्रगति हुने काम गर्न एमाओवादीलाई सुझाव दिएको थियो ।

नेपाली कांग्रेसले सँयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग कुराकानी गरेको थियो भने नेपाली कांग्रेसकातर्फबाट प्रमका प्रत्यासी शेरबहादुर देउवाले एमाओवादीसँग कुराकानी गरी आफूलाई सघाउन आग्रह गरेका थिए । एमाओवादीसँगको देउवाको वार्तामा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीका प्रत्यासी एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई थिए । प्रचण्डले आलोपालो नेतृत्वको प्रस्ताव राख्दै यस पटक माओवादीलाई समर्थन गरी अर्को पटक प्रमको जिम्मेवारी लिन देउवालाई आग्रह गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?