Inside

All Time Top 50 News

स्व. पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानसहित अन्तिम संस्कार सम्पन्न, श्रद्धाञ्जलिमा बिदेशी पाहुनाहरुको उपस्थिति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Wednesday, 10 February 2016 23:28

Exclusive: 7 photos: काठमाण्डौ- नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानसहित अन्तिम संस्कार गरिएको छ । बुधबार साँझ पशुपतिको आर्यघाटमा कोइरालाको अन्त्येष्टि गरिएको हो । अन्तिम संस्कारअघि पूर्वप्रधानमन्त्री कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धान्जली अर्पण गरेका थिए । कोइरालाको सम्मानमा पशुपतिमै नेपाली सेनाले सलामी दिएको थियो भने यता टुंडिखेलमा १३ तोपको सलामी दिइएको थियो । कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल  र सुधांशु कोइरालाले दागबत्ती दिएका थिए । कोइरालाको काजक्रिया पनि उनका भतिजबाटै हुने भएको छ । मंगलबार राति अकस्मात भएको कोइरालाको निधनपश्चात कोइरालाका इष्टमित्र सबै अन्तिम संस्कारमा सहभागी भएका थिए ।

 

Final ritual being performed of late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at Pashupatighat, Kathmandu on February 10 who died on February 9, 2016. Photo courtesy: Anand Gurung

कोइरालाको अन्त्येष्टि कार्यक्रममा मुख्य तीन दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । कोइरालाको पार्थिव शरीरमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले अन्तिम श्रद्धान्जलीका लागि पशुपति आर्यघाट पुगेका थिए ।

Tribute to late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at his residence in Maharajgunj, Kathmandu who died on February 9, 2016. Photo courtesy: Anand Gurung

अन्त्येष्टि स्थलमा आम सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । आम सर्वसाधारणहरुले उनको आत्माको चिर शान्तिको कामना गर्दै पशुपतिमै नारावाजीसमेत गरेका थिए ।

Final ritual being performed of late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at Pashupatighat, Kathmandu on February 10 who died on February 9, 2016. Photo courtesy: Anand Gurung

श्रद्धाञ्जलिमा बिदेशी

त्यसैगरी, श्रद्धान्जली अर्पण गर्न काठमाडौस्थित विभिन्न विदेशी मन्त्री, राजदूतावास तथा कुटनैतिक नियोगका प्रमुखहरु पनि आर्यघाट पुगेका थिए ।

Final ritual being performed of late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at Pashupatighat, Kathmandu on February 10 who died on February 9, 2016. Photo courtesy: Anand Gurung

नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाकोको निधनले सार्क राष्ट्रलगाएतका मुलुकबासीलाई अत्यन्तै दुखित तुल्याएको छ । कोइरालाको अचानक भएको निधनपछि भारत, बंगलादेश, भुटानलगायतका देशबाट परराष्ट्र तथा गृहमन्त्री आएर कोइरालालाई श्रद्धाञ्जलि अर्पण गरे भने मुलुकमै भएका विदेशी प्रतिनिधिले पनि उनको योगदानको स्मरण गर्दै कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

स्व. कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न भारतीय परराष्ट्र मन्त्री सुष्मा स्वराज मंगलबारनै राजधानीको दशरथ रंगशाला पुगेर श्रद्धाञ्जलि अर्पण गरिन् ।

त्यस्तै, भूटानका गृहमन्त्री  लेण्डुप दावा ग्यालसेनले पनि बुधबार स्वर्गीय कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । बुधबार बिहान ९ बजे ड्रुक एयरबाट नेपाल आएका भूटानी गृहमन्त्री ग्यालसेनले दशरथ रंगशालामा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि अर्पणपछि गृहमन्त्री ग्यालसेनले नेपाल-भूटानबीच सदियौंदेखि गहिरो र असल छिमेकीको सम्बन्ध रहेको भन्दै पूर्वप्रधानमन्त्री कोइरालाको निधनले एक सच्चा, असल र कुशल राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिए ।

Final ritual being performed of late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at Pashupatighat, Kathmandu on February 10 who died on February 9, 2016. Photo courtesy: Anand Gurung

गृहमन्त्री ग्यालसेनले भूटानका प्रधानमन्त्रीले पठाएको शोक सन्देश काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालालाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, भारतीय समाजवादी पार्टीका पूर्वमहामन्त्री तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहका राजनीतिक सल्लाहकार डाक्टर एच एन शर्मा र भारतीय राज्यसभा सदस्य डि पी त्रिपाठीले पनि बुधबार स्वर्गीय कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

Final ritual being performed of late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at Pashupatighat, Kathmandu on February 10 who died on February 9, 2016. Photo courtesy: Anand Gurung

नेपाली राजनीति र नेपाली जनताका निम्ती कोइरालाले अतुलनीय भुमिका खेलेको भन्दै अन्तर्राष्ट्रिय जगत कोइरालाको निधनप्रति दुखित बनेको छ । अमेरिका बेलायतलगायतका ठुला देशहरुले पनि कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति सुशील कोइरालाको निधनले यतिबेला देश शोकमा डुबेको छ । कोइरालाको योगदानलाई नसम्झने कमै नेपाली होलान् । कोइरालाको योगदान मुलुकका लागि कम छैन । नेपाली राजनीतिमा इमान्दारितालाई सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरूमा सबैभन्दा सादा जीवन व्यतित गर्ने मध्येमा एक थिए ।

Final ritual being performed of late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at Pashupatighat, Kathmandu on February 10 who died on February 9, 2016. Photo courtesy: Anand Gurung

मुलुक संविधान जारी गरेर कार्यान्वयनको चरणमा प्रवेश गर्नै लागेका बेला संविधान जारी गर्न अगुवाको भूमिका निर्वाह गरेका कोइरालाको निधनले नेपाल र नेपाली जति दुखित छन्, विश्व समुदाय पनि त्योभन्दा बढी दुःखी देखिएको छ। अब कोइरालाको निधनले पुराएको क्षति उनले जारी गर्न पहल गरेको संविधानको सफल कार्यान्वयनले मात्र पूरा हुनेछ । संविधानको सफल कार्यान्वयनले मात्र उनीप्रति वास्ताविक श्रद्धाञ्जली अर्पण हुनेछ ।

-Anand Gurung in Kathmandu

Read related news:

-अलबिदा सुशिल दा ! स्व. सुशील कोइरालाको जीवनी र कार्य

-नेपालका पूर्व प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाको निधन

-न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते

-न्यू योर्कमा दोहोरो नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-प्रधानमन्त्री बने काँग्रेस सभापति सुशिल कोईराला, ७४ बर्शिय अविवाहित नेताद्वारा देश र जनताको पक्षमा काम गर्ने बाचा

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.